नेपाल भ्रमण वर्ष –२०२० का लागि पर्यटन प्रर्बद्धन तैयारीहरू

रिचय : हाम्रो देश नेपाल अनेकौँ पर्यटकीय क्षेत्र र भौगोलिक सम्पदाहरूको समष्टि रूप हो यस सुन्दर देशको मध्य भागमा अवस्थित प्राकृतिक, सांँस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाले सम्पन्न चितवन जिल्ला कृषि, उद्योग, वाणिज्य, शिक्षा एवम् स्वास्थ्य क्षेत्रमा जति अग्रणी मानिन्छ पर्यटकीय दृष्टिले पनि त्यति नै महत्वपूर्ण गन्तव्यको रूपमा परिचित छ । समुद्री सतहबाट करिव १४१ मिटरदेखि १९४७ मिटरसम्म उचाइमा रहेको तथा २२३८ वर्ग किलोमिटर क्षेत्र भएको यस जिल्लाका चुरे भावर प्रदेश, तराई प्रदेश, महाभारत लेक गरी ३ किसिमका भू–भाग छन् जसमध्ये विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रि«य निकुञ्जलगायत वन्यसम्पदाले करिब ६२.६९५ क्षेत्रफल ओगटेको छ । यसका अतिरिक्त पर्यटन विकासका पूर्वाधारहरूले परिपूर्ण आकर्षण क्षेत्र, यातायात, आवास, एवम् विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू भएको, अग्ला पहाड, हरिया घना जङ्गल, नदी तथा तालहरु, फराकिला फांँटहरु, सिमसार क्षेत्र, दुर्लभ वन्यजन्तु, वनस्पति, चराचुरुङ्गी एवम् जैविक विविधताले भरिपूर्ण यो जिल्ला चौतर्फी विकासका धेरै सम्भावना लिएर उदाएकोे प्राकृतिक सम्पत्ति मानिन्छ । अनुपम आनन्द प्रदान गर्न सक्ने प्रकृतिको सुन्दर उपहार यस रमणीय चितवनले सौन्दर्यप्रेमी र मनोरञ्जनतर्फ उन्मुख भइरहेको आजको विश्वलाई आकर्षित गर्न सक्षमता एवम् सफलता प्राप्त गरिरहेको छ ।
देशको केन्द्रीय राजधानी काठमाडा,ै पर्यटकीय स्थल पोखरा ,व्यापारिक केन्द्र वीरगञ्ज, सांस्कृतिक केन्द्र लुम्बिनीको बिचमा नजिक चीन र भारत जोड्ने छोटो ठोरी–केरुङ्ग मार्ग, पूर्व­पश्चिम राजमार्गको मध्य भाग तथा प्रदेश नं. ३ को मुख्य आर्थिक केन्द्र एवम् हवाई ,स्थल तथा जलमार्गबाट आउन सकिने चितवन जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरूले फरकफरक क्षेत्रहरूमा ंअलगअलग पर्यटकीय क्रियाकलापहरूद्वारा मनोरञ्जन प्राप्त गर्दछन् । वर्तमान सरकारले सन् २०२० मा २० लाख र आगामी १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सो उद्देश्य प्राप्त गर्न स्थानीय सरकार, प्रादेशिक सरकार तथा संघीय सरकारबीच समन्वय गर्दै योजनाबद्घ तरिकाले भौतिक पूर्वाधार निर्माणदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक तरिकाले प्रवद्र्घन गर्नुपर्दछ । चितवन जिल्लाले आगामी ४ वर्षमा कम्तीमा ६ लाख बाह्य पर्यटक भित्र्याउन सात वटै एकीकृत पर्यटन योजनामार्फत संयुक्त पर्यटन विकास गर्नुपर्दछ ।
वर्ष २०१९ मा गर्नुपर्ने कार्यहरू :
चितवन जिल्लाका सात वटै स्थानीय तहको एकीकृत पर्यटन विकास गर्न हरेक तहका पर्यटन फोकल पर्सन निजी क्षेत्रतथा पर्यटनविज्ञहरूसहितको “बृहत्तर चितवन पर्यटन विकास परिषद्” गठन गर्ने । उद्योग वाणिज्य संघ चितवनको पर्यटन प्रवद्र्धन समितिले तैयार गरेको पर्यटन निर्देशिकामा सूचीकृत भएका ५० गन्तव्यहरू समेटेर नेपाली र अङ्ग्रेजी भाषामा डकुमेन्ट्री तैयार गर्ने । गन्तव्य स्थलको आकर्षण एवम् सुविधाहरू उल्लेख गरी ब्रोसर, पम्पलेट, पर्चा, स्टिकर, टोपी, टि–सर्ट, क्यालेण्डर आदि बनाउने । विभिन्न देशका पत्रकार, खेलाडी, कलाकार, ट्राभल एजेन्सी, टुर अपरेटर आदिलाई जिल्लाको भ्रमण गराउने । वर्ष २०१९ बाटै मासिक रूपमा पर्यटकीय क्रियाकलापहरू समेटेर पर्यटन पत्रिका प्रकाशन गर्ने । भविष्यमा कार्य सम्पादन गर्दा आउन सक्ने चुनौतीहरू जस्तैः भौतिक पूर्वाधार होटल, हवाइजहाज, यातायात, पर्यटक सूचना केन्द्रको अभाव, बजेटको अभाव, जनसहभागिताको कमी, अपूर्ण कार्य, बजेटको दुरुपयोग, असान्दर्भिक कार्यक्रममा खर्च आदि बारे तयारी गर्दै प्रभावकारी नियन्त्रण प्रणाली स्थापित गर्नुपर्दछ ।
एन. आर.एन., राजदूतहरू, विदेशमा अध्ययनरत विद्यार्थीहरू, सद्भावना दूतहरू आदिलाई व्यावहारिक रूपमा प्रवद्र्धनमा सहभागी बनाउनु पर्दछ । पर्यटन वर्ष –२०२० को लगि चितवन जिल्लाले अलगै नारा (  Slogan ) तैयार गरी विदेशमा रहेका हरेक सरोकारवाला नेपालीले एक जना पर्यटक २०२० मा पठाउन प्रोत्साहन गर्नुपर्दछ । नेपाल पर्यटन वोर्डले आफ्ना संयन्त्रहरू उचित तरिकाले प्रयोग गर्दै सरकार र निजी क्षेत्रलाई पर्यटन प्रवद्र्धनमा सक्रिय सहभागिता हुने वातावरण वनाउनु पर्दछ ।
नेपाल सरकारले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने आर्थिक समृद्धि आधार पर्यटन क्षेत्रलाई स्वीकार गर्दै सन् १९९६ April १२ तारिखका दिन नेपालको Image अझ वृद्धि गरी पर्यटनको विशेष गन्तव्य बनाउन नेपाल भ्रमण वर्ष –१९९८ ( – Visit Nepal –1998 ) घोषणा गरेको थियो । यस राष्ट्रिय कार्यक्रमले पछिल्ला वर्षहरूमा पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको देखिन्छ ।

यसै गरी कहिले लुम्बिनीलाई केन्द्र बनाएर र कहिले हिमाली क्षेत्रलाई प्राथमिकता दिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वजारमा गरिएका प्रवद्र्धनात्मक कार्यक्रमहरूले पर्यटन क्षेत्रलाई सकारात्मक प्रभाव पारेको छ । सन् २०११ म आयोजना गरिएको अर्को बृहत् कार्यक्रम “- Visit Nepal –2011” ले नेपाललाई बाह्य संसारमा अझै परिचित गरायो । यसै गरी निजी क्षेत्र तथा सरकार मिलेर आयोजना गर्न लागिएको “- Visit Nepal –2020” लाई सफल बनाउन चितवन जिल्लामा निम्नलिखित कार्यक्रम आयोजना गर्नुपर्दछ :
१. 1st Nepal Jungle Safari and Eco Tourism Mart 2020– International Expo

२. सफारी म्याराथुन
३. फेम ट्रिप
४. पर्यटन र खेलकुद जस्तैः समुद्री बिच खेलहरू, मनोरञ्जनात्मक खेलहरू, साहसिक खेलहरू, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने ( भलिबल, दौड, फुटबल, हात्तीपालो आदि )
५. सेमिनार तथा कार्यशाला गोष्ठी
६. “जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पार्ने प्रभाव” बारे वक्तृत्वकला प्रतियोगिता
७. पर्यटन र कविता –जैविक विविधता संरक्षण बारे
८. फोटोग्रापीm प्रतिस्पर्धा
९. विभिन्न उत्सवहरू : धान दिवस आषाढ १५, विश्व पर्यटन दिवस असोज ११, विश्व वातावरण दिवस जेष्ठ १८, विश्व सिमसार दिवस माघ १९, जडिबुटी दिवस, विश्व वन्यजन्तु दिवस फागुन १९, राष्ट्रिय गोही दिवस, विश्वसम्पदा दिवस वैशाख ५, अन्तर्राष्ट्रिय जैविक विविधता दिवस जेष्ठ ८, विश्व बाघ दिवस साउन ३, आदि
१०. जलपर्यटनका क्रियाकलापहरू
११. विभिन्न क्षेत्रलाई पर्यटनसँग जोड्दै EXPO Center मा प्रदर्शनीको आयोजना
१२. कार ¥याली, साइकल दौड प्रतियोगिता आयोजना गर्ने
१३. सरसफाइ कार्यक्रम : हरेक महिना अलगअलग क्षेत्रमा जस्तै : नदी, सामुदायिक वन, ताल, गाउँ, सहरी क्षेत्र आदि
१४. वृक्षरोपण तथा फूुलबारी विस्तार कार्यक्रम
चितवन जिल्लाका पर्यटकीय क्रियाकलापहरू
१. हात्ती तथा जिप सफारीबाट दुर्लभ वन्यजन्तु एवम् चराचुरुङ्गी अवलोकन
२. हात्तीसँगै नुहाउने तथा हात्ती प्रजनन केन्द्र अवलोकन,
३. ¥याफ्टिङ तथा बोटिङ्ग,
४. जैविक सूचना केन्द्र तथा जातीय सङ्ग्रहालय अवलोकन
५. पहाडी तथा आदिवासी जनजाति सांस्कृतिक कार्यक्रम अवलोकन,
६. सूर्योदय तथा सूर्यास्त दृश्यावलोकन
७. ऐतिहासिक तथा धार्मिक स्थलहरुको अवलोकन
८. जङ्गलवाक तथा गाढाबाट गाउँ भ्रमण,
९.साइक्लिङ, क्यानोनिङ तथा सामुद्रिक खेलहरु,
१०. हाइकिङ तथा ट्रेकिङ्ग,
११.ताल–तलैया तथा गोही प्रजनन केन्द्र अवलोकन,
१२. गढी, गुफा, झरना तथा सिमसार क्षेत्रको अवलोकन,
१३ फुड फेस्टिवल, हात्तीपोलो, हात्ती महोत्सव तथा प्रदर्शनी,
१४. होटल तथा रिर्सोटका क्रियाकलापहरू,
१५ पहाड तथा हिमश्रृङ्खलाहरूको दृश्यावलोकन
१६. क्याम्पिङ्ग तथा टावर स्टे
१७. पार्क, दरवार, कुण्ड तथा आर्गनिक कृषि फर्म,
१८. होमस्टेमा आफैँ खाना बनाउने तथा जातीय संस्कृति अनुरूप वैदेशिक जोडीको विवाह ।
दिगो पर्यटन विकासका लागि सुझावहरू
चितवन पर्यटन विवर्धन समथ्र्य र सुविधाको दृष्टिले आकर्षक र प्रतिस्पर्धात्मक बनाउन मानवसंसाधन व्यवस्थापन, आर्थिक व्यवस्थापन तथा भौतिक पूर्वाधार विकासमा वातावरण मैत्री रणनीतिहरु तर्जुमा गर्नुपर्दछ । प्रादेशिक सम्पदाको संरक्षण गर्दै टुर प्याकेज बनाएर लक्षित बजारमा सम्प्रेषण गरी वैकल्पिक पर्यटन, कृषि पर्यटन, खेल पर्यटन आदिलाई समेत प्राथमिकता दिनुपर्दछ ।

बजार विस्तारका लागि गन्तव्यको कनेक्टिभिटी स्थापना गरी गुणस्तरीय सेवाबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिन्छ । पर्यटन विकासमा देखिएका समस्या र चुनौतीहरुको समाधान सरोकारवालाहरुले गर्नुपर्छ । लुम्बिनी, पोखारा र काठमाण्डौसँग चितवनले सम्पर्क सञ्जाल विस्तार गर्दै धार्मिक पर्यटन सर्किट, इकोट्रेल, होमस्टे सर्किट, सांस्कृतिक अवलोकन मार्गलगायत पर्यटकीय क्रियाकलापहरू थप गर्दै जानुपर्दछ ।

प्रतिस्पर्धात्मक विश्वव्यापी बजारमा सफलता प्राप्त गर्न पर्यटकलाई सन्तुष्टि प्रदान गर्ने क्रियाकलामा जोड दिनुपर्दछ । यसका लागि सहज प्रवेश आज्ञा, सस्तो सुरक्षित हवाई सुविधा र उचित आवास व्यवस्था हुनुपर्दछ । यसैगरी दिगो पर्यटन विकासका लागि सरकार, सामाजिक समुदाय र निजी क्षेत्रको भूमिका स्पष्ट हुनुपर्दछ । स्थानीय स्रोत र साधन परिचालन गरी थोरै पुँजी लागानी गर्न सकिने पर्यटन क्षेत्रमा लगानीको उचित वातावरण बनाउनुपर्दछ ।

पर्यटन क्षेत्रलाई अन्य उद्योग सरह मान्यता दिएर सरकारी तहबाट नीतिगत सुविधा प्रदान गर्नुपर्दछ । पर्यटनको प्रतिफल स्थानीय जनतालाई वितरण गर्न पालिका स्तरीय पर्यटन गुरुयोजना तर्जुमा गरी भौतिक पूर्वाधार विकास गर्नुपर्दछ । नयाँ गन्तव्यको पहिचान गरी पर्यटकीय क्रियाकलापहरू विस्तार गरेमा पर्यटकको सङ्ंख्या र बसाई अवधि वृद्धि गर्न सकिन्छ । यसबाट चितवनलाई व्यापारिक केन्द्रको रूपमा स्थापित गरी प्रदेश नंं ३ को समृद्ध शहरमात्र नभै देशकै आर्थिक राजधानी बनाउन सकिन्छ ।
निष्कर्ष :
पर्यटन वर्ष –२०२० लाई सफल बनाउन राष्ट्रिय रूपमा केन्द्रले एबम् क्षेत्रीय रूपमा प्रदेशले गर्नुपर्ने बृहत् परियोजना तथा तयारी समयमै गर्नुपर्दछ । वर्ष २०१९ मा योजनाबद्ध पूर्वाधार विकास कार्यक्रमहरू सम्पादन गरी वर्ष २०२० मा हरेक महिना गरिने कार्यक्रमको क्यालेण्डर बनाएर पर्यटन वर्षलाई भव्य र सव्य रूपमा मनाउनु हामी सबैको साझा कर्तव्य हो त्यसैले पर्यटन सरोकारवालाहरूलाई सहकार्य र सहभागिताका लागि हार्दिक निवेदन छ । समग्र पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न समय व्यवस्थापन गरौँ “प्रत्येक दिन पर्यटनलाई एक छिन”। –लेखक चितवन  पर्यटन विकास समितिका महासचिव हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया