सत्यवती क्षेत्र दालचिनीको गाउँ

पाल्पाः तिनाउ गाउँपालिका–४, सत्यवतीमा व्यवसायिक दालचिनी खेतीबाट राम्रो आम्दानी गर्न सफल बनेका छन् ।

मसलाका रुपमा खपत हुन थालेपछि दालचिनीको माग बढेको हो । खेतबारी, नीजि तथा सामुदायिक वनमा उत्पादित दालचिनीको कारोबारबाट वार्षिक तीन लाखसम्म आन्दानी गर्न सफल भएका छन् ।

सत्यवती लगाडका यम बहादुर रानाले १० रोपनी नीजि खरायनमा दालचिनीको व्यवसायिक खेती गरे । दालचिनीको बोक्रा, पातको बेचेर वार्षिक तीन लाख आम्दानी हुने रानाको भनाई छ । स्थानीय बजारमा दालचिनीको बोक्रालाई प्रतिकिलो एक सय रुपैयाँ र पातलाई ३५ रुपैयाँमा कारोबार हुँदै आएको छ ।

रानाको पाँच जनाको परिवार रहेको छ । रानाको परिवारका लागि आवश्यक लालनपालनको खर्चको जोहो दालचिनीको खेती जुटाउछन् । रानाले मात्र होइन, व्यवसायिक दालचिनी खेती गर्ने स्थानीय दिलमाया सुनारीले करिब ३ रोपनी जग्गामा व्यवसायिक दालचिनी खेतीबाट एक लाख ५० हजारको हाराहारीमा वार्षिक आम्दानी हुने बताए । करिब ३० वर्ष अघिदेखि व्यवसायिक दालचिनी खेती गर्दै आएका छन् ।

सत्यवतीको सय घर परिवारले व्यवसायिक दालचिनी खेती गर्दै आएकका छन् । दालचिनी रोपेको पाँच सात वर्षको अवधिमा आम्दानी लिन सकिने भएपछि यस क्षेत्रमा व्यवसायिक दालचिनीको खेतीप्रति आकर्षण बढेको हो ।

पहिला बारीका कान्लाहरु घाँस मात्र हुने क्षेत्रमा अहिले दालचिनी रोपेर आम्दानी लिन थालेको भनाई छ । पाल्पाको प्रसिद्ध सत्यवती ताल पुग्नेहरुले दालचिनी खरिद गरी लैजाने गर्दछन् ।

पाल्पाको भुम्सामा दालचिनी संकलन केन्द्र रहेको छ । तिनाउ गाउँपालिका क्षेत्रभित्र उत्पादित दालचिनी यहाँ संकलन हुँदै आएको छ ।
यहाँ संकलन गरिएको दालचिनी भारती बजार लैजाने गर्दा राम्रो मुल्य पाउन सफल भएको छन् । पाल्पाको तिनाउ, रैनादेवी छहरा गाउँपालिका क्षेत्र भित्र व्यवसायिक खेतीबाट स्थानीय किसानले राम्रो आम्दानी लिन सफल भएको दावी छ ।

तपाईको प्रतिक्रिया