आगलागी नियन्त्रणमा समस्या

पाल्पा, १४ जेठ। गर्मी बढेसंगै तराईका घना जंगलका साथै चुरे, महाभारत क्षेत्रका राष्ट्रिय, निजी र सामुदायिक वन क्षेत्रमा प्रत्येक वर्ष आगलागी भइरहन्छन् । पाल्पामा पनि प्रत्येक वर्ष आगलागीको समस्या रहिआएको छ । विपद् थाहै नदिई आउछ । तर, त्यसको व्यवस्थापनका लागी हामी आफैले पूर्वतयारी गर्नुपर्दछ ।

विपद् व्यवस्थापनका लागी विगतमा जिल्ला विपद् व्यवस्थापन समिति र अहिले स्थानीय तहमा समिति गठन भएको छ । पाल्पाका १० स्थानीय तहहरुमध्ये अहिलेसम्म नौ तहमा विपद् व्यस्थापनका लागी कुनै सामाग्री खरिद भएको छैन । पाल्पाको रिब्दीकोट गाउँपालिकाले मात्र केही सामाग्री खरिद गरेको छ । स्थानीय सरकार आएपछि जनताका समस्या स्थानीय तहबाटै गर्ने काम भएपनि विपद् व्यबस्थापनमा भने यसको प्रभावकारीता देखिएको छैन । जिल्लाका विभिन्न वन जंगलमा दैनिक जसो आगलागी भैरहेका छन् ।

स्थानीय सरकारका प्रमुखले आगलागी भएको ठाउँमा अवलोकन र पिडितलाई सहानुभुती दिदै त हिडिइरहेका छन तर, विपद् न्यूनीकरणका सामाग्री खरिद तर्फ ध्यान दिन सकेका छैनन् । दैनिकजसो हुने आगलागी निगन्त्रणका लागी पर्याप्त सामाग्री नहुदा विपद् व्यवस्थापनमा समस्या भएको छ । सामाग्री अभावमा आगो निभाउन हातमा झाडी र घाँसको स्याउला लिएर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीहरु जंगलमा कुद्नुपर्ने बाध्यता रहेको छ । नेपाली सेनाको पाल्पास्थित गोरखदल गणले आगोलागी भएका बेलामा आफूसंग भएका सिमति साधनको अधिकतम उपयोग गरेर लागको गोरखदाल गणका प्रमुख सेनानी सुरेश थापाले जानकार िदिनुभयो ।

आफूसंग भएको सिमित साधनले मात्रै व्यवस्थापन गर्न कठिन भएको हुदाँ स्थानीय सरकारले यसमा चासो दिनुपर्ने उनको भनाई छ । सुरक्षाकर्मीसंग भएका साधनले मात्र आगो निभाउन समय लाग्ने र चाहे जतिको क्षति कम गर्न समेत नसक्ने समस्या रहेको छ । विपद् व्यवस्थापनको जिम्मा स्थानीय सरकारको काधमा गएका बेला सम्पूर्ण स्थानीय तहले चासो दिनु जरुरी रहेको पाल्पाका प्रहरी प्रमुख विश्वमणी पोखरेल बताउनुभयो । विपद्मा परेका परिवारका लागी स्थानीय तहले उचित सम्बोधन गरेको बगनासकाली गाउँपालीका प्रमुख कृष्ण बस्यालले बताउनुभयो ।

गाउँपालिकाको बैठक बसी विपद् व्यवस्थापनका लागी सामाग्री खरिदका लागी २ लाख बराबरको रकम समेत विनियोजन गरीएको र अब छिटै सामान खरिदको प्रकृयामा जाने बस्यालले बताउनुभयो । वनको विनास र क्षयीकरण हुनुमा डढेलो एक प्रमुख कारण मानिन्छ । डढेलोकै कारण पानीका मुहान सुक्ने देखि बसाइसराई गर्नुपने सम्मका समस्या हुने गरेका छन । तर यसको नियन्त्रणमा वर्षेनि लाखौं बजेट खर्च भइरहँदा पर्याप्त सामाग्री खरिद नहुँदा भने आगलागी नियन्त्रणमा समस्या हुने गरेको हो ।

विपद् व्यवस्थापनका लागी यसतर्फ बेलैमा स्थानीय सरकारकोध्यान पुग्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया