पाल्पा।सरकारले आगामी आर्थिक वर्ष ०७६÷०७७ को बजेटमार्फत सामाजिक सुरक्षा भत्ता ५० प्रतिशतसम्म वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसद्मा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा मासिक एक हजार रुपियाँका दरले वृद्धि गरेको हो ।
सामाजिक सुरक्षा कार्यक्रममा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, एकल महिलाको भत्ता मासिक दुई हजारबाट वृद्धि गरेर प्रतिव्यक्ति तीन हजार रुपियाँ पु¥याइएको छ ।
सामाजिक सुरक्षा भत्ता कार्यक्रमअनुसार हाल ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका एकल (विधवा) महिलालाई मासिक दुई हजार रुपियाँ, आंशिक अपाङ्गता भएकालाई ६०० रुपियाँ, लोपोन्मुख आदिवासी जनजातिलाई दुई हजार र बालबालिकालाई मासिक ४०० रुपियाँ दिँदै आएको थियो ।
सामाजिक सुरक्षा कार्यक्रममा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, एकल (विधवा) महिला, ६० वर्ष उमेर पुगेका दलित र कर्णालीका ज्येष्ठ नागरिक, पूर्ण तथा आंशिक अपाङ्गता र लोपोन्मुख आदिवासी÷जनजाति र बालबालिका समेटिन्छन् ।
सामाजिक सुरक्षा शीर्षकमा भत्ता लिने नागरिकको सङ्ख्या चालू आर्थिक वर्षको फागुनसम्म २८ लाख १४ हजार ८४ पुगेको छ । जसमा ज्येष्ठ नागरिकको सङ्ख्या १२ लाख ७६ हजार १३७, एकल महिलाको सङ्ख्या सात लाख १६ हजार ९३३, पूर्ण र आंशिक अपाङ्गता भएका एक लाख १७ हजार ९५ जना र लोपोन्मुख आदिवासी÷जनजातिको सङ्ख्या २४ हजार २०४ तथा बालबालिका छ लाख ७९ हजार ७१५ जना छन् ।
नेपालमा पहिलोपटक सामाजिक सुरक्षा कार्यक्रम २०५१ सालमा तत्कालीन नेकपा एमाले नेतृत्वले सुरु गरेको थियो । तत्कालीन अर्थमन्त्री स्व। भरतमोहन अधिकारीले प्रारम्भमा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७५ वर्ष उमेर नाघेका वृद्धवृद्धाका लागि मासिक १०० रुपियाँ दिने घोषणा गर्नुभएको थियो ।
यो कार्यक्रम लोकप्रिय भएपछि स्वर्गीय अधिकारीले २०६० सालमा सो रकम बढाएर १७५ रुपियाँ पु¥याउनुभएको थियो । २०६५ सालमा माओवादी सरकारका अर्थमन्त्री डा.बाबुराम भट्टराईले ५०० पु¥याउनुभएको उक्त रकम २०७१ सालमा नेपाली काँग्रेस सरकारका अर्थमन्त्री डा. रामशरण महतले एक हजार रुपियाँ पु¥याउनुभयो भने २०७२ सालमा एमाले अर्थमन्त्री विष्णु पौडेलले सो रकम मासिक दुई हजार रुपियाँ पु¥याउनुभएको थियो । यस्तै सरकारले वृद्धवृद्धाका लागि एक लाख बराबरको स्वास्थ्य बीमा निःशुल्क उपलब्ध गराउने भएको छ ।