अघि विदेश, पछि स्वदेशको मोह

पाल्पा । बगनासकाली गाउँपालिका–७, का कहलाबारीका धनबहादुर क्षेत्री गाउँघरमा रोजगार र स्वरोजगारका लागि सम्भावना नदेखेपछि विदेश पलायन भए । विदेशको भूमिका १३ वर्षसम्म श्रम र पसिना बगाए । कमाई र मान सम्मान राम्रो भएपछि परिवार छाडेर विदेशी भूमिमा श्रम गर्दा मनमा घरपरिवारको यादले सताउन थाल्यो । यूएइमा नेपालीहरुको हितमा काम गर्ने पाल्पाली समाज युएई संस्था खोले । पछि सो संस्थाका क्षेत्री महासचिव पदमा समेत पुग्ने अवसर मिल्यो । पैसा कमाउन परिवार छाडेर विदेशमा पुगेपछि सो संस्था मार्फत पाल्पाका हितका काम गर्न थाले ।

पाल्पाली समाज युएयमा पूर्व महासचिव क्षेत्री आफ्नै भूमिका केही गर्नुपछ भन्ने मान्यताका साथ नयाँ काममा हात हाले । क्षेत्रीले विदेशबाट फर्केर कृषि फार्म सञ्चालनमा ल्याएका छन् । युइएमा १३ वर्षसम्म काम गरी बसेपनि क्षेत्री कृषि फार्म तथा भान्सा घर सञ्चालनमा ल्याएर विदेशमा भन्दा राम्रो गर्ने लक्ष्य छ । सन् २००३ देखि २०१८ सम्ममा युइएमा कुकुम्यानका रुपमा कायरत रहेका थिए ।

विदेशमा महासचिवको हैसियलले काम, दाम र नाममा कमी थिएनन् । घरमा एउटी श्रीमति र दुई छोरी तानसेनमा उच्च शिक्षा अध्ययनका लागि बसोबास गर्दछन् । घरमा श्रीमति मात्र, महासचिवका हैसियतले विदेशमा रहेका बेला स्वदेशमा नै केही काम गर्नुपर्छ, भनेर विदेशको ६०।७० हजारको मासिक आम्दानी त्यागियो ।

बगनासकाली गाउँपालिका ७ का गाइघाटमा विदेशबाट फर्केर स्वदेशमा नमस्ते कृषि फार्म तथा भान्सा घर सञ्चालनमा छ । आर्गनिक खाना तथा खाजा खान पाउँने सुविधाले आन्तरिक तथा बाह्य पर्यटकका मन लोभिन्छ । करिब दुई महिना अघि देखि भान्सा घर सञ्चालनमा आएको हो । कृषि फार्मको काम अघिदेखि सञ्चालन आएपनि भान्साघर ढिलो गरी सञ्चालनमा ल्याएको हो ।

गाईघाट नेपालको ताजमहलका रुपमा परिचित प्रेमको प्रतिक रानीमहल जाने सडकमा पर्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई स्वच्छ, ताजा खाजा खुवाउन पाउँदा खुसी छन् ।स्वदेशमा केही गर्दा युवा रोजगार सिर्जना हुने र केही पैसा समेत आम्दानी हुने भएपछि विदेश छाडेर स्वदेशमा श्रीमतिका साथ नयाँ व्यवसाय अगालेको हो ।

कृषि फार्म उस्तै मेहनतः
करिब दश लाखमा कृषि फार्म तथा भान्सा घर सञ्चालित छ । गाइघाटमा विदेशबाट फर्केर करिब २० रोपनी जग्गामा स्थानीय प्रजातिका मौसमी तथा बेमौसमी तरकारी बाली उत्पादन भइरहेका छन् । गोलभेडा, काउली, खुर्सानी, आलु, प्याज, लसुन लगायतका स्थानीय जात तरकारीहरु खेतमा उत्पादन भइरहेको छ । आर्गनिक तरकारी उत्पादनका लागि श्रीमान र श्रीमति नै खटनुहुन्छ । तरकारी उत्पादनले बाह्रै महिना हरियाली हुदाँ निकै सुन्दर यस क्षेत्रमा पर्यटक टहलिन्छन् ।

भान्सा घरमा स्थानीय स्वादः
स्थानीय जातका परिकारहरु नमस्ते कृषि फार्म तथा भान्सा घरमा पाक्छ । ग्रामीण क्षेत्रमा बसोबास गरी शहरमा बसोबाँस गर्न बाध्य हुनुभएकाहरुलाई गाउँघरको झल्को मेटाउँछन् । कोदो, फापर, मकै, रोटिएको परिकार पाइन्छ । ढिडो, गुन्द्रुक, मसौरा, लोकल कुखुरा, खसीबोका, माछाको स्वाद लिन पर्यटकसँगै स्थानीयबासिन्दा पनि त्यहाँ पुग्छन् । दुध, दही ध्युको स्वादले पर्यटक सधै यतातिर तानिन्छन् । गुन्दी र काम्लामा बसेर पर्यटकले खाना खुवाउने व्यवस्था छ ।

पशुपन्छीपालनमा जागर :
पर्यटकले स्थानीय जातका कुखुरा, खसीबाका खोरबाट रोज्न पाउँछन् । कृषि फार्ममाम खसीबोका, कुखुरा पालन व्यवसायमा उतिकै मेहनत गर्छन् । जसले गर्दा विदेशको रहेर पाएको सम्मान समेत बिर्सायो । गाउँले जनजीवनमा फर्केर कृषि पेशासँग भान्सा घर सञ्चालनलाई सहयोगी बन्यो ।

माछापालनमा सबैको नजर :
माछा खान चाहना भएका पोखरीको माछा निकालेर खुवाउने व्यवस्था छ । जसका कारण ताजा माछा खान पाउने भएपछि मानिसहरु त्यहाँ पुग्छन् ।यसरी दैनिक मानिसहरु कृषि फार्मको अवलोकनसँग आर्गनिक खाजा खान त्यहाँ पुग्छन् । अहिले त्यस क्षेत्रका मानिसहरु माछापालनको अवलोकन गर्न समेत पुगेको भेटिन्छ ।

मिनी संहग्रालय आकर्षक :
एउटा घरमा मिनी संहग्राहलय उतिकै आकर्षक रहेको छ । संग्रहालयमा प्राचिनकालीन सिक्का देख्नपाइन्छ । नेपाली पर्यटकका लागि विशेष गरी सिक्का देखेर लोभिन्छन् । विदेशी पर्यटकका लागि हलोजुवा, ढिकीजाँत, ढिकी, हतासो लगायतका परम्परागत प्रविधिप्रति आकर्षक छन् ।

गाईघाटमा चहलपहल : करिव दुई वर्ष अघि संचारकर्मी बसन्त कुँवरले रिसोट सञ्चालनमा ल्याएसँग त्यस क्षेत्रमा खाजाघरहरु बढेका छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो खाजा खाने र केही बेर टहलिन सहज भएको छ । स्थानीयबासिन्दाहरु साँझ विहान त्यहाँ आउँदा रमणिय क्षेत्रका रुपमा बदलिएको छ ।

तपाईको प्रतिक्रिया