पाल्पा । नेकपा पाल्पाको वन, वातावरण तथा खनिज विभागले पाल्पामा खनिज पदार्थको उत्खनन मापदण्ड बमोजिम सञ्चालित भएको वा नभएको भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने भएकोे छ ।

विभागले खानी सञ्चालन सम्वन्धि ऐन तथा कानुनको अध्ययन पछि पाल्पामा सञ्चालित खानीको स्थितिका बारेमा प्रतिवेदनमा सार्वजनिक गर्न लागेको हो । पाल्पामा सञ्चालित खानीका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर परिरहेका छ । मावन स्वास्थ्य, कृषि उत्पादन, मानव बस्तीमा खानीका कारण जोखिममा छ ।

विभागका प्रमुख राजेश श्रेष्ठका अनुसारका पाल्पामा सञ्चालित खानी विभागको अनुमति तथा मापदण्ड अनुसार सञ्चालन सम्वन्धि अध्ययन प्रतिवेदन तयार गर्न लागेको हो । विभागको प्रतिवेदनका आधारमा समितिका काम अघि बढ्ने छ ।

नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश पाँचका साँसद तुलाराम घर्ती मगरले खानी सञ्चालनले वन, वातारणलाई असर पुरयाउन नहुने बताए । खानी सञ्चालनका क्रममा वन तथा बातावरणीयमा असर बढदो छ । खानीका कारण बातावरणमा प्रतिकुल असर नगर्ने गरी काम अघि बढाउन आवश्यक रहेको नेकपा पाल्पा अध्यक्ष तथा प्रदेश साँसद नारायण आचार्यले बताए ।

नेकपाका प्रदेश सदस्य चक्रव्युह थापा, नेकपा जिल्ला सचिव गिर बहादुर थापाा(वीरवल) ले खानी सञ्चालनका नाममा विकास भन्दा विनास बढ्दो रहेकोले वातावरण प्रदुर्षण नहुने र मानव बस्तीलाई असर हुने गरी काम गर्नु राम्रो पक्ष नभएको बताए ।

विभागले खानी सञ्चालन सम्वन्धि केन्द्रको अनुमतिले स्थानीय तहको सवैधानिक अधिकारमाथि हस्तक्षेप भएको छ । यस सम्वन्धि ऐन तथा नियमको अध्ययन गरी खानी सरक्षणका लागि विशेष ध्यान विभागको छ ।

विभागमा प्रमुखमा राजेश कुमार श्रेष्ठ, उपप्रमुखमा गीता पाण्डे, सचिवमा कृष्ण श्रेष्ठ, सदस्यमा रेवन्त छहरी, रोमन सिह गाहा, कासीका गैरे, कृतिनाथ श्रेष्ठ, लिलाबल्व न्यौपाने र दुर्गा देवी राना रहेका छन् ।

तपाईको प्रतिक्रिया