
पाल्पा । वर्षदिनलाई खाने खेतिको रुपमा लगाईने वर्षे धानका लागि युरिया मल राख्न नपाएपछि पाल्पाका किसानहरु चिन्तित बनेका छन । धान गोडमेल गरेर रासायनिक मल राख्ने समयमा सरकारले वितरण गर्ने भनेको सहुलियतको युरिया मल अभाव हुदाँ किसानहरु मर्कामा परेका हुन ।
सरकारले किसानका लागि सहुलियतमा उपलब्ध गराउने मल नपाएपछि किसानहरुले निजी एग्रोभेटका चर्को मुल्य तिरेर मल खरिद गर्न बाध्य भएका छन । सरकारले अनुदानमा दिने भनेको मलको कुनै टुङ्गो छैन, निजी बिक्रेताहरुसंग समेत मल किन्न नपनउदा आफूहरु मर्कामा परेको तानसेन ७ बाँसटारीका किसान हेमबहादुर जिसीले बताए ।
उनिमात्र होईन पाल्पाका सबै किसानहरु यतिबेला युरिया मलको अभावका कारण वर्षे धान उत्पादनमा गिरावट आउनेमा चिन्तित छन । किसानहरु युरिया मल किन्नका लागि भारतको नजिकमा हेका छिमेकी जिल्लाहरु रुपन्देही, कपिल्बस्तु र नवलपरासी सम्म पुगेर दोब्बरमा युरिया मल किन्ने गरेका छन । तर भारतबाट आउने मलको गुणस्तर कम हुने हुदाँ खेति राम्राे हुनुको सट्टा झन बिग्रिदै गएको किसानको गुनासो छ ।
सरकारले अनुदानमा उपलब्ध गराउने युरियामल किसानलाई सहकारी मार्फत वितरण गर्ने प्राब्धान रहेको छ जिल्लाभरका जम्मा ५९ सहकारीमध्ये कुने सहकारीमा पनि मल उपलब्ध छैन । सरकारी कृषि सामाग्री कम्पनी लिमिटेडमा मल आवश्यक पर्ने सिजनमा नै मल नपाईने समस्या रहेको किसानको गुनासो छ ।
खेतको धान गोडमेल गरेर मलको खोजिमा हिडेकी इन्दिरा अधिकारीले सहकारीले मल आउने टुङ्गो नभएको बताएपछि अब धान खेति बिग्रिने चिन्ता व्यक्त गरिन ।
कृषि सामाग्री लिमिटेडमा मल आयो की ? कहिले आउछ ? भनेर दैनिक ३० बढी किसानले फोन गर्ने गरेको कृषि सामग्री कम्पनी लि. पाल्पा कि प्रमुख सुमन पनथीले बताईन ।
धान रोप्ने समयमा डि.ए पी मलको अभाव नभएपनि अहिले भने लिमिटेडमा एक बोरा पनि मल नरहेको उनले बताईन । साउन महिना पछि मलको अभाव भएको उनको भनाई छ ।
बिरगञ्ज नाकाबाट भैरहवा हुदै मल आउने प्रकृया सुरु भएको हुदाँ असोजको पहिलो सातासम्ममा मल आउने अपेक्षा गरेको पनथीको भनाई छ । यतिबेला गोडेर धान पसाउने बेला भएका कारण किसानलाई अत्यधिक मात्रा युरिया मलको अभाव भएको छ ।
पाल्पाको कुल क्षेत्रफल मध्ये ८ हजार ७ सय ५० हेकटर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । अहिले जिल्लाको पूर्वी भेग रामपुर क्षेत्र, माडी फाँट, झडेवा, कचल, अर्गली, बाँसटारी लगायतका फाटँहरुमा धानखेति गरिएको छ ।
किसानले अन्य खेतिहरु नगरेपनि वर्षेधान लगाउने गरेको र उन्नत जातका धानका लागि युरिया मल अत्यावश्यक पर्ने हुदाँ उत्पादनमा ह्रास आउने चिन्ता बढेको छ ।
किसानले आवश्यक पर्ने समयमा मल नपाएपनि स्थानीय तह र जिल्ला समन्वय समिति लगायत सरोकारवाला निकायले भने यस विषयमा कुनै चासो देखाएका छैनन ।