पाल्पाका महिला स्वास्थ्य स्वयम्सेविकाहरुको गुनासो : काम अनुसारको सुविधा छैन्

पाल्पा । काम अनुसारको सुविधा नभएपछि स्वयम्सेविका भोकभौकै काम गर्न बाध्य भएका हुन ।

दैनिक एक दुई घण्टा पैदल हिडेर स्वयम्सेविकाहरुले सेवा प्रदान गर्दै आएपनि प्रयाप्त सुविधाको अभाव रहेको गुनासो छ । महिला स्वास्थ्य स्वयम्सेविकाहरुले भोकभोकै सेवा गर्न बाध्य भएका छन् ।

चालु आर्थिक वर्ष २०७७।०७८ को पुस महिनासम्म कुनै पनि सुविधा नपाउँदा स्वयम्सेविकाहरु समस्या खेपेका छन् ।

“यातायातको खर्च तथा सञ्चार खर्च समेत आफै गर्नुपर्ने बाध्यता छ । महिना महिनामा प्रतिवेदन बुझाउनुपर्छ । महिना महिनामा एक हजार सुविधा मात्र पाइन्छ,” पाल्पाको रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ्गकी स्वास्थ्य स्वयम्सेविका गोमा कार्कीको गुनासो पोखिन ।

काम गरौं भने सुविधा छैन् काम नगरेमा दीदीबहिनीको ज्यान जोखिम पर्छ । गर्भवती महिलाको सुचना स्वास्थ्य चौकी पुरयाउने काम हाम्रो हो । हामीले काम गर्छौं, पुरस्कार पाउने बेला स्वास्थ्यकर्मी पाउने गुनासो छ ।

महिनाभरी काम गरेपनि यातायात खर्च, सञ्चार खर्च, उचित तलबको व्यवस्था नहुँदा यस अभियानका लागेका महिलाहरुको आर्थिक समस्यामा बल्झिएका छन् ।

स्वास्थ्य स्वयम्सेविकाहरुलाई सुविधाका नाममा पोशाक खर्च दश हजार, मासिक एक हजार सुविधा भएपनि चालु आर्थिक वर्षको पुस महिनासम्मको कुनै पनि सुविधा नपाएकोे गुनासो छ ।

स्वयम्सेविकाले प्रत्येक महिना आमा समुहको बैठक सहजीकरण गर्ने, गाउँघर क्लिनिक, खोप क्लिनिक, हजार दिनका आमा आइरन चक्की, बालबालिकालाई बालभिटा, जीवनचल लगायतका सुविधा प्रदान गर्दै आएको गोमा कार्कीले बताइन ।

महिलाहरु गर्भवती भएको चार महिना पछि स्वास्थ्य चौकीमा परीक्षणका लागि जान परामर्श गर्छन ।

स्वयम्सेविकाहरुले हजार दिनका आमाका लागि पोषणयुक्त आहारा कसरी खाने, कसरी शिशुलाई आहारा खुवाउने भन्ने विषयमा समेत परामर्श प्रदान गर्र्दै आएका छन् ।

मातृशिशुको स्वास्थ्य जस्तो जिम्मेवारी बोकेका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई दुई वर्ष देखि आधारतभूत तालीम समेत व्यवस्था हुन सकेको छैन ।

स्वय्सेविका मीना थापाका अनुसार आफुलाई सामाजिक काममा बढी समय घरासी काम हुन गर्न समस्या हुँदा आर्थिक समस्या बढेको छ । सरकारी काम गरेपनि प्रयाप्त मात्रामा सुविधा नभएकोले काम गर्न जागर कम हुँदै गएको थापाले बताइन ।

स्थानीय सरकारले आफुलाई मासिक तलबको व्यवस्था गरी काम गर्न हौसला प्रदान गर्न महिलाहरुको माग रहेको छ । गाउँपालिकाभित्र ७२ जना स्वास्थ्य स्वयम्सेविकाहरु रहेका छन् ।

रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक सुनिल अधिकारीले महिला स्वास्थ्य स्वयम्सेविकाले यातायात खर्च संघीय सरकारको सहयोगमा वार्षिक छ हजार र गाउँपालिकाको छ हजार गरी वार्षिक १२ हजार यातायात खर्च प्रदान गर्दै आएको बताए ।

नेपाल सरकारद्धारा सञ्चालित भिटामिन तथा पोलियो खुवाउने कार्यक्रममा दैनिक चार सय रुपैयाँ यातायात भत्ता उपलब्ध गराउदै आएको अधिकारीले बताए ।

स्वास्थ्य बीमा कार्यक्रममा पनि ५० प्रतिशत रकममा गाउँपालिकाले सहयोग गर्दै आएको छ ।

रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार प्रदेश सरकारले वार्षिक ३ हजार, गाउँपालिकाबाट ९ हजार प्रदान गर्ने बताए । प्रमुख रानाले वर्षमा दुई पटक ६।६ महिना सेवा सुविधा प्रदान गरेको बताए ।

तपाईको प्रतिक्रिया