
पाल्पा । सरकारी तथा नागरिकका चिठ्ठीपत्र आदनप्रदान गर्ने सरकारी संरचना हुलाक सेवामा अहिले आकर्षण ओरालो लागेको छ । सरकारी हुलाक सेवालाई चिठ्ठीपत्र आदनप्रदान गर्ने क्षेत्र अधिकारमा खुम्चाएसँगै हुलाक सेवाप्रति नागरिकको नजर पर्न छाडेको हो । तर, पनि हुलाक सेवा प्रति सरकारको नजरमा सक्रियतामा कमी आएको छैन् । शहरी क्षेत्रमा मात्र होइन ग्रामीण क्षेत्रमा समेत हुलाक सेवाको महत्व कमी आएको छ ।
देश विदेशमा चिठ्ठीपत्र आदनप्रदान गर्ने सरकारी संरचनामा आधुनिक तरिकाबाट सेवा प्रदान गर्न नसक्दा हुलाकमा सेवाग्राहीको अभाव देखिएको हो । आधुनिक प्रविधिको प्रयोग गरी देश तथा विदेशमा रहेका आफन्तसँग सेकेन्डमा श्रव्यदृश्य माध्यमबाट कुराकानी गर्न सम्भवन भएपछि चिठ्ठीपत्र लेखन र आदनप्रदानमा न्यून हुँदै गएको हो ।
पाल्पामा जिल्ला हुलाक कार्यालय, इलाका हुलाक कार्यालय र अतिरिक्त हुलाक कार्यालयहरु अहिले प्रभावकारी सेवा प्रदान गर्न समस्या देखिएको छ । सरकारी चिठ्ठीपत्र तथा पत्रपत्रिका बोक्ने काममा हुलाक कार्यालय सिमित बनेका छन् । सुचना प्रविधिका आधुनिक साधनहरु मोवाइल, सामाजिक सञ्जालका कारण हुलाक सेवा प्रभावित बनेका छन् । जिल्ला हुलाक सेवामा हप्ता पन्ध दिनसम्म चिठ्ठीपत्र प्राप्त हुदैन । नागरिकहरु चिठ्ठीपत्र लेखन प्रक्रिया अन्त्य भएपनि सरकारले हुलाक सेवालाई अझै निरन्तरता दिदै आएको छ ।
छ महिनामा साधारण पत्र ९५२
जिल्ला हुलाक कार्यालय पाल्पाले आर्थिक वर्ष २०७७।०७८ को पौष महिनासम्म साधारण पत्र ९५२ आदनप्रदान गरिएको देखिएको हो । जिल्ला हुलाक कार्यालय १, इलाका हुलाक कार्यालय १३ र अतिरिक्त हुलाक कार्यालय ५२ रहेका छन् । जिल्ला हुलाक कार्यालयमा पौष महिनासम्म ११ हजार पाँच सय १५ रजिष्ट्रीपत्र, ९५२ साधारण पत्र, ७६७९ पत्रपत्रिका, द्रुत पत्र ३९, बैदेशिक पार्सल ५ रजिष्टी पुलिन्दा ६, बुक पोष्ट पोष्टकार्ड २९३ र बीमापत्र ५ ओटा सेवा प्रदान गरेको जिल्ला हुलाक कार्यालय पाल्पाका सूचना अधिकारी टंक भण्डारीले बताए । कोरोनाका कारण झण्डै आधा भन्दा बढी पत्रपत्रिका हुलाक कार्यालयमा नै कमी आएको सूचना अधिकारी भण्डारीले बताए ।
फेरिदो काम
जिल्ला स्तरमा सञ्चालित एफएम रेडियोको इजाजतपत्र तथा लाइसेन्स नवीकरण, रोयल्टी संकलनका काम समेत हुलाकबाट हुँदै आएको छ । हुलाक कार्यालयबाट एफएम तथा पत्रकारको काम हुन सेवाका लागि जिल्ला बाहिर धाउनुपर्ने झन्झट अन्त्य भएकोे छ । पत्रकारको प्रेसप्रतिनिधि प्रमाणपत्र, अनलाईन नवीकरणका लागि निवेदन संकलन कार्य हुन्छ । जिल्ला हुलाक कार्यालय पाल्पाका प्रमुख देव बहादुर थापा सारुका अनुसार हुलाक कार्यालयले तथा डाँक सेवाबाट सम्पादित कार्यहरु बाहेकका सहुलियत दरमा पत्रपत्रिका दर्ता र नवीकरण, हुलाक बस्तुको आयत र निर्यात, नयाँ पोष्टबक्स नम्वरको नविकरण र विस्तार, टिकट विकीका कार्यहरु हुँदै आएको छ ।
११ लाख राजश्व संकलन
जिल्ला कार्यालय पाल्पाले चालुआवको पौष महिनासम्म झण्डैंै ११ लाख ९० हजार ७४ रुपैयाँ राजश्व संकलन गरेको छ । सूचना अधिकारी भण्डारीका अनुसार हुलाक टिकट विक्रबिाट ६ लाख ९० हजार नौ सय, पोष्टबक्स दुई हजार छ सय ३५ रुपैयाँ, पत्रपत्रिका नवीकरण तथा दर्ता शुलकबाट दुई हजार सात सय ६५ रुपैयाँ, काउन्टर अनलाईन दर्ताबाट ८७ हजार ६ सय ८७ रुपैँया, जिल्लाको तीन ओटा केवुल नेटवर्कको नवीकरण ३ हजार सात सय ५० रुपैयाँ, केवुल रोयल्टीबाट ३ लाख २५ हजार १ सय ९० रुपैयाँ, एफ एम रोयल्टीबाट ७५ हजार ७ सय ९७ रुपैयाँ, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरणबाट १ हजार ३ सय ५० रुपैयाँ राजश्व संकलन भएको हो ।
बचत बैकमा ८१ लाख
जिल्ला हुलाक कार्यालयमा बचत बैक सेवा कार्यक्रममा झण्डै ८१ लाख पुजी रहेको छ । सर्वसाधारणबाट ६७ प्रतिशत ब्याजदरमा रकम बचत गर्ने व्यवस्था गरेपनि हालसम्म सरकारी कर्मचारीलाई मात्र लगानीय गरिएको छ । ८ प्रतिशत ब्याजदरमा सरकारी कर्मचारीले ऋण पाउने व्यवस्था गरिएपनि हालसम्म सर्वसाधारण नागरिकका लागि यो सेवाबाट बञ्चित रहेका छन् ।
पुरानो ऐनमा हुलाक
देश संघीय शासन व्यवस्यामा प्रवेश गरेपनि हुलाक सेवा ऐन वि.स. २०१९ र हुलाक सेवा नियमावली २०२०, हुलाक सेवा कार्यविधि निर्देशिका २०६३, अतिरिक्त हुलाक नियमावली २०३४ अनुसार नै सेवा प्रदान गर्दा हुलाक कार्यालयको अस्थित्वमाथि प्रश्न उठन थालेको छ ।
कर्मचारी बढी सेवा कम
जिल्ला हुलाक कार्यालयका अनुसार हाल ८५ जनाको दरबन्दी रहेको छ । ४२ जना स्थायी कर्मचारी रहेका छन् । करार कर्मचारीका रुपमा १५ जना कार्यरत रहेको छन् । जिल्लाका अतिरिक्त हुलाक कार्यालयमा १५१ जना कर्मचारीबाट सेवा प्रदानका लागि राखिएपनि हुलाक सेवाप्रति नागरिकको आकर्षण ओरालो लागेको छ ।