
पाल्पा । तानसेन नगरपालिका–६, स्वामीडाँडाका विष्णु पाण्डेयको जीवक १० वर्ष दुवईमा बित्यो । त्यहाँ होटलको काम गरेर घरपरिवारलाई पैसा पठाइ रहेका पाण्डेयको आम्दानीको स्रोत खुम्चियो । विश्वभर फैलिएको कोभिड १९ को महामहारीले पाण्डेयको व्यवसाय धरापमा परयो । महिनामा १५ दिन बिदाले आम्दानी निकै कम भएपछि पाण्डेय स्वदेश फर्किए र कुखुरापालन लागेका हुन ।
आधा महिनाको कामले आफैलाई खाना, बस्नको पैसा नै अभाव हुन थाल्यो । घर परिबारलाई आवश्यक पैसा पठाउन नसक्ने अबस्था आयो । अन्तिममा पाण्डेय स्वदेश फर्किनुभयो । लामो समय विदेशमा रहेका पाण्डेलाई सानोतिनो पेशामा हात हाल्न मनले मानेन् । विदेशमा कमाएको पैसा गोजीमा सकिन थालेपछि कुखुरापालनमा उनी निकै खटेका छन् ।
तानसेन नगरपालिका, युएनडीपीको आर्थिक सहयोगमा ग्रामीण आर्थिक विकास संघ (रेडा) द्धारा आयोजित उद्यमशिलता व्यावसायिक प्रवद्र्न तथा नवप्रवर्तन केन्द्र सञ्चालनले ज्ञान, सीप र पुँजीको अभाव रहेका यूवाहरु तथा कोरोनाले रोजगार गूमाएकाहरुलाई उद्यमशिलता परामर्शपछि कुखुरापालनपछि राम्रो आम्दानी हुने ज्ञान पाएका हुन ।
नगरपालिकाको भवनबाट सञ्चालित केन्द्रमा उद्यमशिलता कक्ष, व्यवसाय प्रवद्र्धन कक्ष र नवपवर्तन तथा आविष्कार कक्षबाट सेवा प्रदान गर्दै आएको हो । यसले नयाँ उद्योग, व्यवसायको शुरुवात, सञ्चालन र बजारीकरण गर्न सहजीकरण गर्दै आएको छ ।
उद्यमशितला कक्षबाट स्वरोजगार तथा उद्यमशित हुन चाहने व्यक्तिलाई व्यवसायिकीकरण बारे आवश्यक कार्य सेबा तथा परामर्श प्राप्त भएपछि पाण्डेय व्यावसायिक रुपमा कुखुरापालन गर्न थालेका हुन ।
पाण्डेयले कुखुरापालन व्यवसाय सञ्चालन पछि विदेशमा गूमेको रोजगारीप्रति कुनै चिन्ता छैन । गत वर्षको लकडाउन पछि कुखुरापालन थालेका पाण्डेयले अहिले विक्री गर्ने तयारीमा छन् । कुखुराको मुल्य सात सय रहेको पाण्डेयको भनाई छ । यसबाट पेशालाई लाखौ आम्दानी गर्ने योजना छ ।
कोभिड १९ को प्रतिकार्यका लागि यूवा उद्यमशीलता विकास परियोजनाका माध्यमबाट सामाजिक तथा आर्थिक पुन ; प्राप्ति कार्यक्रम अन्तर्गत पाण्डेयले डेढ सय स्थानीय जातका कुखुराका चल्ला, खोरका लागि जाली, भिटामिन लगायतको सहयोग पाएका हुन ।
अहिले पाण्डेयले व्यावसायिक रुपमा अघि बढ्ने अठोट छ । “परिबारसँगै बसेर काम गर्दाको फरक हुँदो रहेछ, अहिले चार जनाको परिबार कुखुरापालनमा नै व्यस्त छौं,” पाण्डेयले भने, “ यसै पेशाबाट भविष्य खोजिरहेका छौं ।”
रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले स्थानीय स्रोत र साधनको अधिकतम् सदुपयोग गरी स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गरी बैदेशिक रोजगारीलाई न्यूनीकरण गर्ने, नवीन विचारहरुको खोज, अनुसन्धान र परीक्षणको संस्कृति विकास गर्ने र युवा जनशक्तिको नयाँ उद्योग तथा व्यबसायको शुरुवात, सञ्चालन तथा बजारीकरण गर्न सहजीकरण गर्ने उद्देश्यका साथ परियोजना सञ्चालन गरिएको बताए ।
नगर प्रमुख अशोक कुमार शाहीले बेरोजगार तथा रोजगारी गूमाएका व्यक्तिहरुलाई उद्यमशितला बनाउन शुरुवात गरिएको यो कार्यक्रम देशभरकै नमुनाको रुपमा आउनु सकारात्मक भएको बताए । उनले युबाहरु व्यावसायिक सोचका साथ अघि बढेमा समृद्धिको यात्रा सफल हुने बताए ।
नगरमा सञ्चालित उद्यमशितला कक्षबाट स्वरोजगार तथा उद्यमशित हुन चाहने व्यक्तिलाई व्यवसायिकीकरण बारे आवश्यक कार्य सेबा तथा परामर्श प्राप्त हुने छ । व्यवसायका लागि दर्ता प्रक्रिया, वित्तीय व्यवस्थापन एवम् सीपमुलक तथा उद्यमशितला कार्यक्रमका लागि जानकारी प्राप्त गर्दै आएको छ ।
व्यवसाय प्रवद्र्धन कक्षबाट उद्यमी हुन चाहने व्यक्तिले व्यावसायिक विज्ञबाट व्यावसायिकीकरण लागि परामर्श र अनुभवहरु आदनप्रदान गर्ने सक्नेछन् । साथै व्यवसाय दर्ता, व्यवसायिक योजना निर्माण, कर्जाका लागि बैक वित्तीयहरुसँग सहजीकरण लगायत व्यवसाय सुरु गरी सफल रुपमा सञ्चालन गर्ने प्रक्रियासम्म लागि आवश्यक तालिम र सहयोग प्राप्त गर्न सकिनेछ ।
नवीन उद्योगी सफल उद्यमी, व्यवसायिक विज्ञ, लगानीकर्ता सल्लाहकार समिति, वित्तीय संस्था र सरोकारवाला संस्थाहरुको सञ्जालसँग पहुँच प्राप्त गरी निरन्तर रुपमा अन्तरक्रियाका रुपमा नवपवर्तन र आविष्कार कक्षले काम गर्नेछ ।
यी कक्षाबाट कोभिडले रोजगारी गूमाएका तथा बेरोजगार युवालाई उद्यमशिलत हुन चाहना भएकालाई ज्ञान, सीप र पूँजीको व्यवस्थापन सम्वन्धि परामर्श प्रदान गरिएको इविकका संयोजक हिरामणि पराजुलीले बताए । केन्द्रले ज्ञान, सीप र पूजीको प्राप्ति लागि अन्य निकायलाई सिफारिस पछि २५ जना उद्यमी बनेका छन् ।
यता, तानसेन नगरपालिका ७ शिखरडाँडाकी चन्द्रकला पाण्डेय कंडेलको पनि जीवनशैलीमा फेरबदल आएको छ । कोभिडले सप्लार्यसको व्यवसाय सञ्चालन समस्या भएपछि सो व्यवसाय नै बन्द भयो । आम्दानीको स्रोत गूमाएपछि परिबारमा आर्थिक समस्या देखिएको हो । त्यसपछि देबर रामप्रसाद कंडेल उद्यमशिलता व्यावसायिक प्रवद्र्दन तथा नवप्रवर्तन केन्द्रमा पुगेपछि बाँझो जमिन तरकारी खेती गर्दै आएको पाण्डेयले बताइन ।
१२÷१५ वर्ष बाँझो रहेको जमिन बार्षिक ३ हजार भाडामा सम्झौता गरी अहिले व्यावसायिक रुपमा तरकारी खेतीमा जुटेका छन् । अहिले अरुको जग्गामा तरकारी आम्दानी गर्दै आएको देबर कंडेलले बताए । चन्द्रकलाले तरकारी खेतीका लागि मल्चिङ्ग प्रविधिको खेतीका लागि प्लास्ट्रिक, प्लास्ट्रिक पोखरी तथा बीउ बीजनमा सहयोग पाएका हुन । कृषि कर्ममा दिनभर खटी उज्जबल भविष्य खोजिरहेको कंडेलले बताए ।
![]()
कार्यक्रमले कुल १५ करोड चालीस लाख बराबरको आम्दानी गरी दुई वर्षको अवधिमा २१८३ जना लक्षित समुहले लाभान्वित भएका छन् । बाँसबाट फर्निचर, पाल्पाली करुवा, पाल्पाली ढाका सम्वन्धि, माछापालन, पृष्प खेती, दुध प्रशोधन, टपरी बनाउने तालिम प्रदान गरिएको इविकको संयोजक पराजुलीले बताए ।
त्यसैगरी फापर खेती, मरिज खेती, कौशी खेती, बँगुरपालन, कुखुरापालन, ओखर खेती, सुर्यमुखी फूलको खेती, बेमौसमी तरकारी खेती, खुर्सानी अलौची खेत, विभिन्न प्रकारका डाले तथा भुई घाँस, कागती तथा सुन्तलाको नर्सरी सम्वन्धि तालिम, बीउ विजन प्रदान गरेको इविक संयोजक पराजुलीले बताए ।