पाल्पा । पाल्पाका महिलाहरु अब सुरक्षित गर्भपतन बारे सचेतना जगाउने कार्यमा खटेर लाग्ने भएका छन ।
एक कार्यक्रमका अवसरमा पाल्पाका अगुवा महिला तथा अन्तर पार्टीी महिला संजालका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन ।
स्वास्थ्य कार्यालय पाल्पाको आयोजना र आइपास नेपालको संमन्वयमा भएको यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन संम्बन्धि अन्तरक्रियामा महिलाहरुले आफुहरुले गर्भपतनलाई पापको रुपमा बुझेको भएता पनि अब बिशेष अवस्थामा सुरक्षित ठाँउमा सुरक्षित रुपले गर्भपतन गर्न सकिने बारे जानकारी पाएको बताएका छन् ।
सोही अवसरमा आइपास नेपालका प्रतिनिधि लक्ष्मण केसीले कुन कुन अवस्थामा गर्भपतन गर्न सकिन्छ ? कस्तो अवस्थामा गर्भपतन गराएमा कानुनी सजाय हुन्छ ? सुरक्षित गर्भपतन भनेको हो ? असुरक्षित गर्भपतनले निम्ताउने समस्या लगायतका बिषयमा सहजीकरण गरेका थिए।
नेपालको कानून अनुसार गर्भवती महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भलाई नेपाल सरकारले तोकेको सरक्षित स्वास्थ्य संस्थामार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीको सहायतामा गर्भपतन गराउन सकिने छ ।
पाल्पामा २४ वटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतनको सेवा दिएका छन ।