सरकारको कृषिमा लगानी, खेतीयोग्य जमिनमा घडेरी !

पाल्पा । पछिल्लो समय खेतीयोग्य जमिनमा भैतिक संरचना निर्माण भएपछि उत्पादनमा कमी आएको छ ।

एकातिर सरकारले कृषि क्षेत्रमा आधुनिकिरण गरेर उत्पादन बढाउन लागि परेको छ भने अर्कोतर्फ उत्पादनशिल क्षेत्रमा नै बस्ती विस्तार हुन थालेपछि खेतीयोग्य जमिन प्रत्येक वर्ष कमी हुँदै आएको हो ।

पाल्पा लगायतका पहाडी जिल्लाहरुमा पछिल्लो केही वर्षयता डाँडाका बस्तीबाट बेसीमा बसाइसर्ने क्रम बढिरहेको छ।

पहिले अन्नबालि लगाउन बेसी झर्नेर डाँडामा बसोबास गर्ने समुदाय अहिले भने बेसीमै बसाई सर्ने गरेका छन् । अन्नबलि लहलहाउने खेतीयोग्य फाटहरुमा तिब्र गतिमा घरहरूले भरिदै गइरहेको छ।

खेतियोग्य जमिनमा बढ्दो शहरिकरणसंगै खेतीयोग्य जमिनको अभाव हुन थालि सकेको छ । यसरी बढ्दो शहरीकरणलाई रोक्ने कुनै नीति नभएका कारण पनि खेतीयोज्य गमिनमा बस्ती बसेको माथागढी गाउँपालिका ३ कसेनीका किसान तीकारमा रानाले बताए ।

पछिल्लो समय कृषि प्रति मानिसहरूको लगाव बढ्दै गए पनि सोही अनुपातमा कृष्यिोग्य जमिन घट्दै जाँदा सरकारको लगानी वालुवामा पानी जस्तो बनेको छ ।

सरकारले कृषि कार्यक्रममार्फत ठूला फाटहरुमा चक्लाबन्दी खेती गरर उत्पादन बढाउन लागि परेको भएपनि खेतीयोग्य जमिन घडेरीमा रुपान्तरण गरेर बिक्री गर्ने बढ्दो क्रमसंगै रोक्ने नीतिको अभावले वर्षेनी खेतीयोग्य जमिन घट्दै गएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए ।

पाल्पाको माडीफाट रामपुर, अर्गली, झडेवा लगायतका ठूला खेतीयोग्य फाटहरुमा यति बेला तिब्र गतिमा निजी आवास बन्ने क्रम बढिरहेको छ।

खेतीयोग्य जमिनको संरक्षण गर्दै कृषिलाई व्यवसयिक गर्ने नीति कागजमा मात्र सिमित हुनु र सरकारको स्पष्ट आवास नीतिको अभावमा अव्यवस्थित वस्ति बिस्तार भइरहेको हुँदा यसतर्फ सरोकारवाला निकाएले वेलैमा ध्यान दिनुपर्ने भनाई विज्ञहरुको छ ।

तपाईको प्रतिक्रिया