
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, तिलकथान पार्कमा पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।
गाउँपालिकाको लगानीमा भौतिक संरचनाको निर्माण थालिएसँगै आन्तरिक पर्यटकहरु टहलिन थालेका हुन । तिलकस्थान पार्कबाट हिमालय तथा तराईका सुन्दर फाँटहरुको दृश्यावलोकन गर्न मनोरम क्षेत्र हो ।
गाउँपालिकाले पोखरी, प्रतिक्षालय र बालबालिकालाई खेल्न पिङ्ग, पैदल मार्ग, रेलिङग, तिलकथान मन्दिर, भवन लगायतका संरचनाले आन्तरिक पर्यटकलाई लोभ्याएको हो । स्थानीय बासिन्दा भुवन रायमाझीका अनुसार अग्लो डाडोबाट अन्य स्थानहरु अवलोकन तथा घुमफिरका गर्न रुचाउनेहरु अहिले यस क्षेत्र चहलपहल भएको छ ।
बालबालिकालाई खेल्न पिङ्ग मानिसहरु पार्क क्षेत्रमा पुग्ने गरेका छन् । जिल्लाको पश्चिम क्षेत्रमा हेर्ने लायकको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा तिलकथान पार्कको विकास गरिएको वडाध्यक्ष प्रवक्ता विष्णु पोखरेलले बताएका छन् ।
गर्मीमा शीतल, जाडो महिनामा घमाइलो हुन्छ । तिलकथानमा वन भोजका निम्ति उपयुक्त रहेकोले पर्यटकहरु टहलिने छन् । कोरोना संक्रमणले गर्दा आन्तरिक पर्यटकहरुमा कमी देखिएको हो । आन्तरिक पर्यटकहरुको चहलपहल ल्याउन प्रचारमुखी कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको प्रवक्ता पोखरेलले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीले तिलकथान पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थप बजेटको व्यवस्था भएको बताए । दुई वर्षदेखि तिलकथानको विकासका लागि बजेट खर्चिएको छ ।
चालु आर्थिक वर्ष पार्कलाई कम्पाउन्ड घेर्ने योजना रहेको छ । प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीका अनुसार गाउँपालिकाले धार्मिक तथा पर्यटकीय महत्व बोकेका रैनादेवी, बल्ढगढी देवी, कालिका मन्दिरलाई थप विकास गर्न अध्ययन गरी काम अघि बढेको छ ।
गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले रैनादेवी छहरा गाउँपालिकालाई धार्मिक तथा कृषि पर्यटन क्षेत्रको विकास गर्ने योजना अनुसार काम भएको बताउनुभयो । गाउँपालिकाभित्र तरकारी, सुन्तला, काफीमा उत्पादनमा पाल्पामा नै अगाडि रहेको र तरकारी तथा सुन्तला करोड भन्दा बढी रुपैयाँको निकासी हुँदै आएको बताए ।
शान्तिका प्रतिक गौतम बुद्ध भूमि लुम्विनी–बल्ढेङगढी सडकलाई कालोपत्रे गर्ने काम सुरु भएको छ । यसले लुम्विनी भ्रमणका लागि आउने पर्यटकहरुलाई पहाड ल्याउन सहज हुने अध्यक्ष कार्कीले बताए ।
उहाँले बल्ढेङगढी हुँदै रुरु क्षेत्र रिडीस्थित ऋषिकेश मन्दिरसम्म सडक कालोपत्रे हुने बताउनुभयो । गाउँपालिकाभित्रका धार्मिक पर्यटकीय क्षेत्र जोडने सडकको स्तरोन्ति गर्ने, कालोपत्रे गर्ने काम सम्पन्न भएपछि लुम्विनी देखि लुम्विनीसम्म पर्यटकहरुको चहलपहल हुने देखिएकोे छ ।
लुम्विनी देखि नजिक रहेको पहाडी जिल्ला पाल्पा हो । त्यसैले लुम्विनी आएका पर्यटकलाई रैनादेवी छहरा क्षेत्र अवलोकन गराउन भौतिक संरचनाको थप विकास गर्न आवश्यक रहेको स्थानीयबासिन्दाको भनाई छ ।