पाल्पा । शिक्षा, रोजगारी र अवसरको खोजीमा अधिकाँश मानिसहरु शहरी क्षेत्रमा छिर्नेहरु बर्षेनी बढ्दो छ । पहाडी जिल्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट ग्रामीण क्षेत्र त्यागेर रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायतका शहरी क्षेत्रमा अवसरको खोजीमा बसाईसराई गरिरहेका छन् ।
ग्रामीण क्षेत्रमा पनि मेहनत गर्नेहरुकै लागि प्रशस्त आर्थिक पार्जन गर्न शहर तथा विदेश भौतारिन नपर्ने उदाहरणीय व्यक्ति बनेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवाका सन्तोषराज नेपाल अहिले ग्रामीण क्षेत्रमा फर्केर रिसोट, कृषि तथा पशुपालन व्यवसायबाट अरुलाई रोजगारी र आफु चाहि स्वरोजगार बनेका छन् ।
ग्रामीण बस्तीबाट अवसरको अभावमा शहरी क्षेत्रमा युवाहरुको आकर्षक गन्तव्य बनेपछि गाउँका घरहरु रित्तो भएकै छन् । पछिल्ला वर्षहरुमा ग्रामीण क्षेत्रमा प्रशस्त अर्थपार्जनका सम्भावनाले ग्रामीण क्षेत्रमा फर्किरहेका छन् ।
पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवाका सन्तोषराज नेपाल चार वर्ष अघि बाउबाजेको पुख्यौली गाउँ फर्केका छन् । आफनो गाउँ आफै बनाऔं भन्ने नाराका साथ गाँउ फर्केर रिसोट, कृषि तथा पशुपालन व्यवसयामा व्यस्त छन् ।
चालीस रोपनी जग्गामा कागती, लिची, मुला, साग खेती गरिएको छ । फेस्रभ्याली एग्रो फाम प्रालिमा लिची र कागती अर्को बर्षबाट उत्पादन गर्ने छ । मुलाबाट यस वर्ष चार लाख आम्दानी भएको नेपालले बताए ।
मेहनत गरी गाउँमा पनि प्रशस्त आम्दानी गर्ने वातावरण शहरमा भन्दा ग्रामीण क्षेत्रमा झने ठूलो अवसर रहेको छ । शहरी क्षेत्रमा पैसा कमाउन ठुलो प्रतिष्पर्धा गर्नुपर्ने र लगानी पनि बढी लगाउनुपर्ने बाध्यता रहेको नेपालको भनाई छ । ग्रामीण क्षेत्रमा कृषि, पशुपालन तथा होटल व्यवसायमा सानो लगानी र विना प्रतिष्पर्धामा काम गर्ने वातावरण रहेको नेपालको भनाई छ ।
नेपालको कृषि फामबाट नजिकै रिसोट र उन्नतजातको बाख्रा र स्थानीय जातका कुखुरापालन व्यवसाय छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरु पशुपालन व्यवसायबाट विस्थापित छन् । तर, नेपालले स्थानीय जातका दुई सय कुखुराबाट दुई लाख र उन्नत जातका बाख्राबाट ४ लाख आम्दानी भएको नेतपालको भनाई छ ।
स्याङ्जाका दिपक पाण्डेय कोभिड अवधिका कृषि पशुपालन व्यवसायमा आकर्षित भए । तानसेन नगरपालिकाको कैलाशनगरबाट रिब्दीकोट गाउँपालिकाको देउरालीमा फर्किएका पाण्डेयले ४ ओटा भैसी र दुई ओटा दुहुनो गाई दैनिक ४० लिटर दुध विक्री गर्दै आएका हुन ।
उहाँले गाई तथा भैँसीको दुध विक्रीबाट वार्षिक दश लाख आम्दानी गर्नुभएको छ । उहाँले व्यवसायिक गाईभैँसी बाख्रासँगै तरकारी उत्पादन गर्दै आएका छन् ।
७५ लाख लगानी रिसोट सञ्चालनका लागि संरचना निर्माण गरिएको छ । करिब दुई करोड लगानीमा रिसोटको सबै काम पुरा हुनेछ । एक वर्षभित्र रिसोटको काम सम्पन्न गरी सञ्चालन गर्ने तयारीमा रहेको छ । कोभिडका कारण संरचना निर्माणमा समस्या देखिएको छ ।
आर्थिक अवसरहरुको खोजीमा शहरमा प्रवेश गरी आम्दानी गर्ने मान्यता हटेको छ । कृषि तथा पशुपालनका क्षेत्रमा अधिकाँश युवाहरु विदेशबाट फर्केका सक्रिय रहेका छन् । पछिल्ला वर्षहरुमा शहरमा बसोबास गर्नेहरु ग्रामीण क्षेत्रमा फर्केर कृषि तथा पशुपालन, रिसोट सञ्चालन गर्ने क्रम बढेको छ । यसले मेहनत गरी ग्रामीण क्षेत्रमा प्रशस्त आम्दानी गर्ने सम्भावनाको ढोका खोलेको छ ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले ग्रामीण क्षेत्रका मानिसलाई रोजगार तथा स्वरोजगार बनाउन कृषि तथा पशुपालनका क्षेत्रमा अनुदानको व्यवस्था गरिएको बताए । पहिलाको तुलनामा अहिले कृषि तथा पशुपालनका क्षेत्रबाट ठुलो प्रगति भएको, तरकारी, मासु, दुधमा विस्तारै गाउँपालिका आत्मनिर्भर भएको अध्यक्ष जिसीले बताए ।