माग अनुसार पाल्पाली ढाका उत्पादन हुन सकेन

तानसेन। तिहारका बेला उपहारका रुपमा धेरै प्रयोग हुने पाल्पाली ढाकाबाट बनेका सामग्रीको माग अनुसार उत्पादन भने हुन भने सकेको छैन् । वि.स. २०१५ सालमा स्वः गणेशमान मर्हजनले भारतबाट सीप सिकेर नेपालमै पहलो पटक हाते तानले बुनेर उत्पादन सुरु भएको पाल्पाली ढाकाको माग अनुसार उत्पादन नभएपछि अहिले पाल्पामै उत्पादन हुने मेसिनबाट निर्माण भएका ढाकाले बजार पाएको छ ।

तिहारमा पाल्पासंगै देशभरका विभिन्न जिल्ला र तेस्रो मुलुकमा समेत पाल्पामा उत्पादित ढाकाको ठूलो मात्रामा निर्यात पनि हुने गरेको छ । भाईटीकामा दाजुभाई र दिदी बहिनी दुवैले उपहारका रुपमा पाल्पामा उत्पादित ढाकाका सामग्रीको धेरै प्रयोग गर्ने गरेका छन् ।

विगतदेखि नै तिहारका बेला पाल्पाली ढाकाबाट बनेको टोपी, खास्टो, सललगायतका सामग्री उपहारका रुपमा दिने प्रचलन देशभर नै रहेको छ । पछिल्लो समय हाते तानले बुनेका पाल्पाली ढाकाको माग अनुसार पूर्ती हुन नसकेकपछि ढाका व्यावसायीले मेसिनबाट पनि ढाका उत्पादन गर्ने गरेका छन् ।

यसरी उत्पादन भएका ढाका देशका विभिन्न जिल्लासंगै तेस्रो मुलुकमा समेत ठूलो मात्रामा निर्यात हुने गरेको व्यवसायी सितम भण्डारीले बताइन् । खासगरी तिहारमा टीका लगाउदा शिर खाली राख्नु हुँदै भन्ने मानयताका साथ पनि ढाका टोपीको प्रयोग बढेको हो ।

नेपालमै पहिलोपटक ढाका उत्पादन सुरु भएको हुँदा पाल्पालाई ढाकाको राजधानी समेत घोषणा गरी यसको उत्पादन र प्रर्वधनको प्रयास गरिएको छ । तर, हाते तानबाट बुनेको ढाकाको छुट्टै महत्व रहेपनि माग अनुसार उत्पादन हुन नसक्दा बजारमा पुर्याउन नसकेको व्यासायीले बताएका छन् ।

हातले निर्माण गर्ने हुँदा धेरै समयमा थोरै मात्रामा मात्रै पाल्पाली ढाकाको उत्पादन हुने गरेको छ । पाल्पाली ढाकाका उद्यगी मनोज पौडेलका अनुसार एक दिनमा ८ घण्टा बुन्दा पनि २५ देखि ५० सेन्टिमिटरसम्म मात्रै उत्पादन हुने गरेको छ ।

अन्य जिल्लामा पनि ढाकाको उत्पादन हुने भएपनि पाल्पाली ढाकाको महत्व छट्टै रहेकोले यसको माग बढेको छ । अन्य ढाकाको तुलनामा महंगो हुने भएपनि आयातित र मेसिनबाट तयार पारिएको भन्दा पाल्पाली ढाका नै ग्राहकको रोजाइमा परेको व्यापारीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer