पाल्पा । साहित्यकार आर. बी. निश्चलकाे छैटाैँ कृति उल्टो धार पाल्पामा भव्य कार्यक्रमका बिचमा सम्पन्न भयो । कार्यक्रमकाे प्रमुख अतिथि प्राज्ञ तथा वरिष्ठ साहित्यकार बुँद राना हुनुहुन्थ्यो । सर्वप्रथम पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमकाे आरम्भ भयो । प्रमुख अतिथि लगायत मञ्चासीन व्यक्तिहरूले संयुक्त रूपमा कृतिको लाेकार्पण गर्नुभएको हाे । परम्परा र रूढ मान्यतामाथिकाे विमति उक्त सङ्ग्रहका कवितामा समेटिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ तथा वरिष्ठ साहित्यकार बुँदा रानाले साहित्यलाई भित्रै हृदयदेखि माया गर्नेहरूप्रति सम्मान व्यक्त गर्नुभयो । निश्चल शब्दको व्यापक अर्थसन्दर्भका साथमा कृतिकार आर. बी. निश्चल आफ्नाे साेच र दृष्टिकोणकाे अडानमा रहेकाले उपनाम सार्थक रहेको स्पष्ट पार्नुभयाे । ”लेख्नै नपर्ने न गीत याे अन्तिम, जित्नै नपर्ने न याे जीत अन्तिम” गजलकाे सेरका साथमा कृतिकारलाई बधाई ज्ञापन गर्नुभयो उहाँले । उल्टो धार भित्रका पागलहरू र प्रमाण पेश गरूँ शीर्षकको कविता वाचन गरी त्यसकाे मर्म पनि प्रकाश पार्नुभयाे । जाे जिउँदो बाँच्न सक्दैन ऊ क्षणक्षणमा मरिरहेकाे हुन्छ भन्ने भाव उहाँले व्यक्त गर्नुभयो ।
साहित्यलाई मनपराउने समाज सभ्य र सुसंस्कृत रहेको यथार्थ पनि प्रस्तुत गर्नुभयो । हातका मैला सुन हाे भन्थ्याै सुनकाे भाउ छ झरेछ खरी तै मनभरि ठाेक्दै छु मादल हिजका तिमी हाै भने म हुँ आजको पागल” जस्ता पंक्तिका साथमा दर्शक श्राेतालाई जुरुक्क उचाल्ने शैलीमा मन्तव्य दिनुभयो । आर बी निश्चल भाइले माया गरेर बाेलाएकाे, आफू धेरै पटक धवलमा आएको, २०२८ सालतिर श्रीनगर शीर्षकको कविता लेखेको पनि स्मरण गर्नुभयो उहाँले । विद्रोहकाे बाटोमा बढ्दै गर्दा स्पष्ट दृष्टिकोणका साथ दह्रो पैताला र अविचलित अठाेट चाहिने कुरा व्यक्त गर्नुभयो । निश्चलभित्रकाे सुषुप्त आगाे निरन्तर मुखरित हाेस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले आफ्ना गजल पनि वाचन गर्नुभयो । कृतिमाथि टिप्पणी गर्ने काम डा. शंकरप्रसाद गैरेले गर्नुभयो । उहाँले ‘उल्टाे धार’ कृतिकाे आवरण पृष्ठ तथा भावगत मर्मलाई प्रकाश पार्नुभयाे । निश्चलका कवितामा रहेकाे कवित्वगत धर्मलाई प्रकाश पार्नुभयाे उहाँले । माैलिक बिम्ब प्रतीकका माध्यमबाट कविताको ओेेज बढाउने काम कविले गरेको विचार व्यक्त गर्नुभयो । आकारमा सानाे भए पनि उक्त कृतिमा विचार र चिन्तनमा निखार आएको पनि उहाँले स्पष्ट पार्नुभयाे । उहाँले कविताकाे स्वरूप र शीर्षकीकरणका बारेका सन्दर्भ पनि जाेड्नुभयाे ।
जातीय दृष्टिकोणले पछाडि पारिएकाहरूकाे मर्मलाई कृतिमा जाेड दिइएको विचार उहाँले व्यक्त गर्नुभयो । कृतिकार आर बी निश्चलले परम्परागत रूपमा मानी आएको सत्यमाथि नयाँ विचार आउँदा उल्टाे धारका रूपमा आउने रहेछ भन्ने विचार व्यक्त गर्नुभयो । उहाँले कृति प्रकाशनमा सहयोग पुर्याउने व्यक्ति र संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । सुरुदेखि नै कवितामा अगाडि बढ्दा मिलेको हाैसला र उत्प्रेरणाले यहाँसम्म आएको कुरा स्वीकार्नुभयो । कृतिभित्रकाे ‘आह्वान’ शीर्षकको कविता पनि उहाँले पाठ गर्नुभयो ।
धर्म र दर्शनकाे रङ र प्रतिबिम्ब हाम्रा व्यवहारमा नझल्कियाेस् भन्ने मर्म कविताका माध्यमबाट व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित केही व्यक्तिहरूले लेखकलाई बधाई ज्ञापन गरी निरन्तर साधनाकाे शुभकामना व्यक्त गर्नुभयो । सञ्चारकर्मी तथा साहित्यकार मन गहिरेले शुभकामना मन्तव्य राख्नुभयाे । आर. बी. निश्चलकाे कलम अझ सशक्त बन्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । सम्पूर्ण साहित्यिक संस्थाका तर्फबाट साहित्यकार रामप्रसाद अर्यालले आर. बी. निश्चल पाल्पाको गाैरव रहेको विचार व्यक्त गर्नुभयो ।
कवितामा आर. बी. सरकाे पहिचान आफ्नै माैलिक किसिमको रहेको मर्म व्यक्त गर्नुभयो । भैरहवाबाट आउनुभएका साहित्यकार तिलक लामिछानेले कृतिकार आर. बी. निश्चललाई शुभकामना व्यक्त गर्नुभयाे । ‘रगतका फूलहरू’ शीर्षकको आफ्नै कविता वाचन गर्नुभयो उहाँले । कार्यक्रममा ‘उल्टो धार’ कृतिभित्रका केही कविताहरू वाचन गरिए । ‘डिप फ्रिज पठाउनू है छाेरा’ शीर्षकको कविता विश्व लाेहनीले वाचन गर्नुभयो । यसैगरी साहित्यकार आयाम कार्कीले ‘उल्टाे धार’ शीर्षकको कविता पाठ गर्नुभयो । साहित्यकार महेन्द्र पन्थीले ‘अर्को ब्रह्माण्ड चाहियो’ शीर्षकको कविता पाठ गर्नुभयो ।
कार्यक्रममा उपस्थित व्यक्तिहरूलाई स्वागत गर्नुका साथै कवि आर. बी. निश्चलकाे परिचय उठाउने काम डा. टंकप्रसाद पन्थबाट भयो । माेफसलमा बसेर शिक्षण प्रशासनकाे झमेला भाेग्दै सिर्जना कर्ममा खटिनु प्रशंसनीय कार्य रहेको यथार्थ उल्लेख गरिएको थियोे । कार्यक्रम धवल पुस्तकालयका अध्यक्ष युवराज पाैड्यालकाे अध्यक्षतामा भएको हाे । कार्यक्रमकाे सञ्चालन पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले गर्नुभए को थियोे ।