समाज रुपान्तरणमाको निडर मिना

कृष्ण दर्नाल

दाङ । दाङ जिल्लाको दङगीशरण गाउँपालिका १ की मिना नेपाली धेरै महिलाको गुरुआमा हो । तर उहाँले कुनै क्याम्पसमा एक पाइला पनि टेक्ने अवसर जुरेन । उहाँले २०५२ सालतिर रातीमा प्रौढ कक्षामा अक्षर चिन्ने मौका मिल्यो । उहाँ निडरमा कुनै साक्षर व्यक्ति भन्दा कम छैन ।
उहाको घरमा सिकारुको निकै भीडभाड हुन्छ । दैनिक तीन चार जना किशोरी तथा युवतीहरुले उहालाई नजानेको कुरा सोधिरहेका हुन्छन् । उनीले आफले सिकेको कुरा सिकाउन र बुझान ब्यस्त हुन्छिन् । नेपाली महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन कपडा सिलाई कटाई गर्ने महिला मात्र होइनन् । उहाँ बबई छलफल समूहको अध्यक्ष पनि हुनुहुन्छ ।

सिलाईकटाई, बाख्रापालन र तरकारी खेतीबाट उनीले मासिक ३० हजार आम्दानी हुन्छ । दिनभर सिलाईकटाई सिक्न आउने महिलाहरुसँग नै नेपाली व्यस्त हुनुहुन्छ । साँझ विहान नेपाली बाख्रापालन र तरकारी खेतीको काममा खटिनुहुन्छ । नेपाली श्रीमान, एक छोरासँग घरमा हुनुहुन्छ ।नेपाली २०५२ सालतिर कपडा सिलाउने प्रशिक्षकको रुपमा भूमिका निभ्याउनु भएको थियो । त्यसयता नेपालीले २०० सय महिलाहरुलाई कपडा सिलाउन सिकाउनुभएको छ । यसले महिलाहरुलाई आत्मनिर्भर बनाउन योगदान गर्नुभएको छ ।

सीडको सहयोगमा बबई छलफल समूह गठन भयो । समूहमा २१ जना महिला सदस्य हुनुहुन्छ । प्रत्येक महिनाको २० गते समूहको बैठक बस्छौं ।“हरेक महिना मासिक ५० रुपैया समूहमा उठाउँछौं । त्यही रकम समूहमा एकअर्काले पालैपालो वितरण गछौं । त्यसमा कसैले लगेर बाख्रापालन गर्नुहुन्छ । कसैले बगुँर पालनका लागि समूहबाट ऋण लैजाने गर्नुहुन्छ । ६ महिनापछि ऋण फिर्ता गर्ने समूहको नियम छ,” नेपाली भन्नुभयो । हामीलाई सीडले घुम्तिका कोषका लागि केही रकम पनि दिनुभएको छ । घुम्ति कोषको रकम एक वर्षको अवधिमा एक जनाले चलाउने गरेका छौं । नेपालीले भन्नुभयो “गाउँघरकै स्रोत र साधनको प्रयोग गरी मल बनाउन थालेका छौं । अहिले बजारबाट मल खरिद गरी खेतबारीमा प्रयोग गर्न निशेध गरिएको छ ।”

स्थानीय स्तरमा उत्पादित बस्तुहरुको प्रयोग गरी मल उत्पादन गरिएको छ । यसले मल खरिद गर्नुपर्ने बाध्यता टरेको छ । समयमा बचतसँगै माटोको उर्वर शक्ति जोगाइ राख्न सफल भइएको छ । मानव स्वास्थ्यका लागि विसादी हानिकार छ । विसादीको प्रयोग कृषि उत्पादन गर्न छाडिएको छ । विषादीको साटो स्थानीय स्तरमा उत्पादित गाईभैसीको पिसाव तथा पातहरु किरा मार्न थालिएको छ । यसको प्रयोग प्राणी जगतलाई फाइदा पुगेको छ । हामीलाई पहिला केही पनि थाहा दिएन । अहिले सीडले हामीलाई तालिम लिएपछि मल र विषादी बनाउन सिकेका र्छौ ।

समूहका दिदीबहिनीले बाख्रापालनमा राम्रो गर्नुभएको छ । तरकारी खेतीबाट पनि राम्रो गर्ने योजना छ । हामीले दुई बर्षदेखि व्यवसायिक तरकारी खेती गर्न थालेका र्छौ । यसरी तरकारी खेती गरेपछि आत्मनिर्भर भइन्छ । यसरी आत्मनिर्भर हुने राम्रो पक्ष हो । महिलाहरुलाई आत्मनिर्भर बनाउन सीड संस्थाले प्रयास गरिरहेको छ ।
पहिला समूह नहुँदा छोराछोरीले कापी कलम किन्न पैसा माग्दा पनि हुने थिएन । विरामी भएको समयमा पनि पैसा हुने थिएन । गाँउमा समूह गठन गरी पैसा संकलन गरी लगानी गर्न थालियो । यसले दिदीबहिनीको दैनिकीमा सकारात्मक परिवर्तन देखिएको छ ।

अहिले महिलाहरुले पनि कर्म गरी आत्मनिर्भर बन्न थालेका छन् । सानोतिनो पेशा व्यवसाय गरेपछि दुई चार रुपैयाँ देख्न सजिलो पनि भएको छ । अहिले छोराछोरीलाई पढाउन सजिलो भएको छ । बिरामी परेको बेलामा औषधि गर्न सजिलो भएको छ । ऋण खोज्न जानुपर्ने बाध्यता समूहका कारण हटेको छ ।

आर्थिक परिर्वतनसँग सामाजिक समस्या हल गर्न मिना परियार सक्रियता कमी छैन । सामाजिक परिवर्तनका लागि उनको खटन युवा पुस्ताको जस्तो छ । पहिला जातीय विभेद र भेदभाव थियो । छुवाछूत हटाई सबैलाई समान व्यवहार गरिएको छ । बालविवाह हटाइएको छ । विद्यालय उमेरका बालबालिकाहरुलाई नियमित विद्यालय अध्ययन गर्नुपर्ने अनिवार्य गरिएको छ । लैंगिक हिंसा रोक्न समूह लागि परेको छ । त्यसको लागि समूहका दीदीबहिनीको सक्रियता सधँै उस्तै छ । समूहका दीदी बहिनीहरुलाई उत्साहित बनाइरहन अध्यक्ष नेपालीको जोश, जागरण पनि युवा पुस्ताको जस्तै छ । यो समूहले सासु बुहारीका झगडा मिलाउने काम गर्छ । कसैको नागरिकता नबनाएको भए बनाउन सहयोग गर्छ । जन्मदर्ता विवाह दर्ता नबनेको भए समूहले बनाउन सहयोग गरिरहेको छ ।

तपाईको प्रतिक्रिया