खाना महोत्सवको आम्दानीबाट अपाङ्गता भएका व्यक्तिलाई सहयोग

खाना महोत्सवको आम्दानीबाट अपाङ्गता भएका व्यक्तिलाई सहयोग
तानसेन। सहकारी बजार प्रतिनिधि समूहले अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । तानसेनस्थित टुडिखेलमा आयोजित खाना महोत्सवमा स्टल राखेर आम्दानी भएको रकम पाल्पा शिविआरमा रहेका अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरेको हो । तानसेनमा रहेका सहकारी संस्थामा कार्यरत बजार प्रतिनिधिको समूहले गत पुसमा सम्पनन खाना महोत्सवको आम्दानीबाट १३ जना अपाङ्गता भएका व्यक्तिलाई नौ हजार १०५ रुपैयाँ नगद र एक क्यारेट अन्डा तथा विस्कुट वितरण गरेको हो। समूहकी अध्यक्ष सविता भाटका अनुसार समूहले सामाजि...

माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको आठौँ साधारण सभा सम्पन्न

माथागढी बहुउद्देश्यीय सहकारी संस्थाको आठौँ साधारण सभा सम्पन्न
पाल्पा । जिल्लाको माथागढी गाउँपालिका–१ चिदीपानीस्थित माथागढी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौँ साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं. १ चिदीपानीका अध्यक्ष राजकुमार पन्थीले सहकारी संस्था स्थानीय आर्थिक समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्नुभयो। उहाँले सहकारीलाई उत्पादन, रोजगारी र उपभोक्ता हितसँग प्रत्यक्ष जोड्दै पारदर्शिता र सुशासनका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। संस्थाका अध्यक्ष भ...

पाल्पा व्यापार संघको आठौं साधारणसभा सम्पन्न

पाल्पा व्यापार संघको आठौं साधारणसभा सम्पन्न
तानसेन। पाल्पा व्यापार संघको आठौं साधारणसभा सम्पन्न भएको छ । शनिबार तानसेनमा आयोजित साधारणसभालाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जिल्लाको विकासका लागि एकीकृत व्यवसायिक योजना अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले व्यवसायीक उत्पादनलाई विश्व बजारमा पुर्याउन डिजिटल माध्यमको प्रयोग गर्नु सुझाव दिए । मन्त्री सारुले प्रदेश सरकारले उत्पादनका आधारमा अनुदानको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउदै तीनै तहका सरकारसंग समन्वय गरेर अघि बढ...

जलेश्वरको महायज्ञ क्षेत्र : सरसफाईमा जुटे स्थानीय बासिन्दा

जलेश्वरको महायज्ञ क्षेत्र : सरसफाईमा जुटे स्थानीय बासिन्दा
पाल्पा । रिब्दीकोट गाउँपालिका वडा नं. ५ स्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र जलेश्वर मन्दिर (धाम) को सर्वाङ्गीण विकासका लागि आगामी माघमा सञ्चालन हुन लागेको शिव पुराण महायज्ञको तयारीलाई तीव्र पारिएको छ । यही आउँदो माघ २२ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने महायज्ञलाई भव्य रूपमा सफल पार्न स्थानीय बासिन्दाहरूले स्वतः स्फूर्त रूपमा सरसफाइ तथा व्यवस्थापनका कार्यहरू सुरु गरेका हुन् ।  महायज्ञ क्षेत्रको झाडी तथा बनमारा फडानी गरी महायज्ञ क्षेत्रलाई सुन्दर बनाउन स्थानीयबास...

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च
पाल्पा। आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड तोडेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक...

जनताको धन: डबकामा ६० घरमा रातो रङ

जनताको धन: डबकामा ६० घरमा रातो रङ
पाल्पा। 'एउटै मन, एउटै रङ, आफ्नै गोजीको धन' भन्ने नाराका साथ पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७, डबकाका स्थानीय जनताको सक्रिय सहभागिता र लगानीमा ६० वटा घरको छानोमा रातो रङ लगाउने कार्य सम्पन्न भएको छ। जनताको आफ्नै पहलमा करिब १२ लाख ३३ हजार रुपैयाँ को लगानीमा भएको यो कार्यको आज एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको छ। स्थानीय जनताको सक्रियता र सहयोगी संस्थाहरूको साथले गाउँको मुहार फेर्न यो अभियान सफल भएको हो। यस कार्यलाई सहयोग गर्न रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण ...

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
काठमाडौं। सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी भने तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५८५ रुपैयाँमा कायम भएको छ । गत बुधबार चाँदी हालसम्मकै उच्च ३ हजार ६५५ रुपैयाँ पुगेको थियो । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख...

फेरी घट्यो सुनको मूल्य

फेरी घट्यो सुनको मूल्य
पाल्पा। सोमबार नेपाली बजरमा सुनको मूल्य घटेर खरिद विक्री भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक हजार ९ सय रुपैयाँ घटेको हो । घटेको मूल्य अनुसार सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ७ सय रुपैयाँ तोकेको छ । यस्तै अघिल्लो दिन दुई लाख ४४ हजार ६ सयमा कारोबार भएको थियो । चाँदीको मूल्यमा भने तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ३१३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३११५ रुपैयाँमा झरेको हो ।

पाल्पालाई ‘खोरेत रोगमुक्त’ बनाउने अभियान सम्वन्धी अभिमुखीकरण

पाल्पालाई ‘खोरेत रोगमुक्त’ बनाउने अभियान सम्वन्धी अभिमुखीकरण
पाल्पा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले जिल्लाका पशुपालन व्यवसायलाई सुरक्षित र दिगो बनाउने लक्ष्यसहित ‘खोरेत रोगमुक्त जिल्ला अभियान’ थालनी गरेको छ । खोेरेत रोगले पशुको उत्पादन क्षमता र किसानको आम्दानीमा ठूलो क्षति भएको छ ।पशुलाई खोपका मार्फत निरोगी बनाउदै किसानको नोक्सानी घटाउने गरी यो अभियान सुरुवात भएको हो । ‘खोरेत रोगमुक्त जिल्ला अभियान’ अन्तर्गत जनप्रतिनिधि र खोपकर्ताहरूसँगको समन्वयात्मक तथा अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । जिल्लाभर खो...

पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएको निगमले जनाएको छ । तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्रै वृद्धि गरेको विज्ञप्तिमार्फत जनाएकाे छ ।

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer