नेपाल नामिबियासँग ८६ रनले पराजित

नेपाल नामिबियासँग ८६ रनले पराजित
काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। बुधबार नेपाल नामिबियाको घरेलु मैदान युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा ८६ रनले पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको नामिबियाले दिएको दुई सय ७६ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपाल पराजित भएको हो। नामिबियाले दिएको दुई सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८९ रन बनाएर अलआउट भएको हो। नेपालका लागि कप्तान रोहितकुमार पौडेल ४४, दीपेन्द्र सिंह ऐरीले ३४, ...

विश्वकप क्रिकेट लिग : नेपाल स्कटल्याण्डसँग पराजित

विश्वकप क्रिकेट लिग : नेपाल स्कटल्याण्डसँग पराजित
काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित भएको हो । यस जितसँगै स्कटल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । नेपालले स्कटल्याण्डलाई जितका लागि एक सय ३८ रनको लक्ष्य दिएको थियो । जवाफमा स्कटल्याण्डले ३२ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । स्कटल्याण्डका क्रिस्टोफर मिकब्राइडले सर्वाधिक ४३ रनको योगदान दिए ...

एन्फाको कार्यसमिति बैठक कार्तिक २९ गते बस्दै

एन्फाको कार्यसमिति बैठक कार्तिक २९ गते बस्दै
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक कार्तिक २९ गते बस्ने भएको छ । एन्फाका १२ सदस्यले गत असोज २१ गते कार्यसमिति बैठकको माग गर्दै एन्फामा पत्र बुझाएका थिए । उक्त पत्र बुझाएको एक महिना पूरा भएपछि एन्फाले २९ गते ११ बजेका लागि कार्यसमिति बैठक बोलाउने तय गरेको हो । ‘एन्फाको कार्य समिति बैठक २९ गते हुने भएको छ,’ एन्फाका एक सदस्यले भने । कार्यसमिति बैठकमा विभिन्न ९ एजेण्डामा छलफल हुने भएको छ । यस्ता छन् एजेण्डाहरुः १. मार्केटिङ्ग, व्रोडकाष्टिङ्ग, डिजिटल र...

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित
काठमाडाैं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघले निलम्बन गरेको छ । लामिछाने उपर जवर्जस्ती करणी कसुरमा भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसनधान गर्नका लागी सम्मानित काठमाण्डौ जिल्ला अदालतवाट पक्राउ पुर्जी जारी भएको भन्दै संघले लामिछानेलाई निलम्बन गरेको हो । नेपाल क्रिकेट संघले प्रेश विज्ञप्ती जारी गर्दे संघको कार्यसम्पादन समितिको निर्णय अनुसार लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमवाट निलम्बन गरिएको संघका कार्यव...

चिटिक्क बन्दै टुडिखेल

चिटिक्क बन्दै टुडिखेल
तानसेन। पाल्पा सदरमुकाम तानसेनमा रहेको टुडिखेल स्तरोन्नतिको काम तिव्र गतिमा भएको छ । विगतमा विभिन्न बाहनामा रोकिएको स्तरोन्नितको काम पछिल्लो समय तिव्र गतिमा संचालन भएको हो । तानसेन नगरपालिकाले आर्थिक वर्ष ०७६।०७७ देखि गुरु योजना बनाएर दुई वर्षभित्र सक्नेगरी तीन करोड ८२ लाख ९४ हजार रुपियाँमा टेण्डर गरेर निर्माणको काम सुरु गर्को थियो । स्तरोन्नतिको काममा कोरोना महामारी र अन्य कारण देखाएर काम सुस्त भएकोमा पछिल्लो पटक भने कामले गति लिएको हो । पछिल्लो समय टुडिखेलको पैदलमार्ग...

यू-१७ राष्ट्रिय फुटबल टिमका लागि खुला छनोट गरिने

यू-१७ राष्ट्रिय फुटबल टिमका लागि खुला छनोट गरिने
 काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खुला छनोट प्रणालीबाट यू -१७ राष्ट्रिय फुटबल टिम बनाउने भएको छ । एन्फाले आसन्न साफ यू-१७ च्याम्पियनसिप र अर्को वर्ष हुने एएफसी यू-१७ एसियन कप छनोटलाई मध्यनजर गर्दै खुला छनोट गर्न लागेको हो । एन्फाका अनुसार यही साउन ९ गतेदेखि छनोट प्रक्रिया सुरु हुनेछ । सन् २००६ जनवरी १ (२०६२ पुष १७ गते) यता जन्मेका खेलाडी मात्र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छनोटमासहभागि हुन पाउनेछन् । इच्छुक खेलाडीहरुले फर्म भरेर एन्फा कम्प्लेक्समा ...

१३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेन नगरपालिकालाई

१३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेन नगरपालिकालाई
पाल्पा। शनिबारदेखि पाल्पामा शुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको छ । १९ स्वर्ण १० रजत र २२ काँस्य गरि कुल ५१ पदक जित्दै  तानसेन नगरपालिकाले  यस वर्षको रनिङ शिल्डको उपाधि हात पारेको छ । त्यस्तै ७ स्वर्ण ५ रजत र ६ काँस्य गरि कुल १८ पदक जित्दै  रम्भा गाउँपालिका दोस्रो भयो ।  ५ स्वर्ण १० रजत र ४ कास्य   गरि कुल १९  पदक जित्दै  तिनाउ गाउँपालिका  तेस्रो भयो । ५ स्वर्ण ७ रजत र ७ काँस्य गरि कुल १९ पदक जित्दै  माथागढी चौथो , ४ स्वर्ण ३ रजत र ३ काँस्य गरि कुल १० पदक जित्...

पाल्पाको भलिबल संघमा नयाँ नेतृत्व चयन

पाल्पाको भलिबल संघमा नयाँ नेतृत्व चयन
तानसेन। जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । संघको तानसेन सम्पन्न तेस्रो अधिवेशनले चार वर्षे कार्यकालका लागि राजु गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो। जसको उपाध्यक्षमा नारायण शारू तथा देबबहादुर गाहा चयन भएका छन् । यस्तै संघको महासचिवमा कृष्णबहादुर आले, कोषाध्यक्षमा दिलबहादुर गाहालाई चयन गरिएको संघले जनाएको छ । संघको सदस्यहरूमा दिपक चौहान,सुशीला गोदार, कमल राना, हिमाल हिस्की, चिरन फाल, प्रिति शाह, तारा बहादुर थापा, पदेना सदस्यमा पदम ...

प्रथम सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई

प्रथम सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई
तानसेन। पाल्पाको रानीमहलमा सम्पन्न प्रथम सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबलको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । कालीगण्डकी किनारमा तीन दिनसम्म चलेको खेल अन्तरगत शनिबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिसले उपाधि जितेको हो । फाइनलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० सेटमा पराजित गरेको थियो । पहिलो सेटमा २१–८ र दोस्रो सेट २१–१७ ले पछि पार्दै नेपाल पुलिस क्वबका कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती...

प्रथम सञ्जय स्मृति महिला बिच भलिबलको आज फाइनल खेल हुँदै

प्रथम सञ्जय स्मृति महिला बिच भलिबलको आज फाइनल खेल हुँदै
तानसेन । पाल्पाको रानीमहलमा संचालित प्रथम सञ्जय स्मृति महिला बिच भलिबलको आज फाइनल खेल हुँदैछ। हिजो भएको खेलमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेसंगै आज बिहान ११ बजेदेखि फाइनल खेल हुने छ । शुक्रबार गण्डकी प्रदेशविरुद्ध २१–१९, २१–१४को नतिजामा जित निकाल्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको थियो । यस्तै सेमिफाइनल समीकरण अन्तर्गत पहिलो खेलमा समूह ‘ए’को विजेता एपिएफलाई समूह ‘सी’को उपविजेता लुम्बिनीले १७–२१, १३–२१ को नतिजामा हराउँदै सेमिफाइनल प्रवेश गरेको हो...