चितवनको घटनाले संसदमा चर्काचर्की
हेटौँडाः ३ नम्बर प्रदेशसभाको बुधबारको वैठकमा चितवनको घटनलाई लिएर चर्काचर्की परेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा गत शुक्रबार भएको आगजनी र तोडफोड घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर घाइते भएको विषयले संसदमा हंगामा मच्चाएको हो। प्रदेशसभामा विशेष समय लिएर नेकपाको तर्फबाट संसदीय दलका सचेतक रामेश्वर फुँयालले चितवनको घटनाको दोषीलाई कुनै पनि हालतमा कारबाही गर्न माग गरेका थिए। सरकारको ध्यानाकर्षण गराउँदै...