प्रतिनिधिसभा निर्वाचनः काँग्रेसबाट पाल्पा १ मा राना र २ बाट पाँच जना सिफारिस
तानसेन। प्रतिनिधिसभा सदस्यका लागि पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ सन्दीप रानाको नाम सर्वसम्मत सिफरिस भएको छ । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि बसेको क्षेत्रीय समितिको बैठकले रामपुर नगरपालिका–७, निवासी रानाको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
क्षेत्रीय सभापति झमन राज मगरका अनुसार पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा समानुपातिकतर्फ लुम्बिनी प्रदेश सदस्य कृष्णप्रसाद अधिकारी र एक जना महिला थप गर्ने गरी उम्मेदवार सिफारि...








