‘जनलहरले गठबन्धनको विजय देखाएकाे छ’
तानसेन। आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि पाल्पाका जनताले गठबन्धनको पक्षमा मतदान गर्ने गठबन्धन दलमा आवद्ध नेताहरुले बताएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका सभा तथा घरदैलोका क्रममा गठबन्धनका पक्षमा जनलहर देखिएको हुँदा गठबन्धनकै उम्मेदवारले विजयी हासिल गर्ने उनीहरुले बताएका हुन् ।
मंगलबार जिल्लाका विभिनन स्थानमा भएको घरदैलोका क्रममा यसअघि नेकपालाई बहुमत दिएर सरकारमा पठाए पनि काम गर्न नसकेर बनेको गठबन्धनलाई देशको रक्षाका लागि मतदान गर्न उम्मेदवारहरुले आग्रह गरेका ह...