युवालाई गाउँमै काम गर्ने वातावरण मिलाउने छुः राना
पाल्पा। पाल्पा क्षेत्र २ (१) का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार वीरबहादुर रानाले गाउँमै युवा उद्यमशीलता र रोजगारी सिर्जना गर्ने बताएका छन् । शनिबार क्षेत्र २ (१) का विभिन्न टोलवस्तीमा पुगेर घरदैलो तथा सभालाई सम्बोधन गर्दै रानाले युवाहरुलाई गाउँमै उद्यशीलता र रोजगारी सिर्जना गर्ने बताएका हुन् ।
लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिचाँई मन्त्री समेत रहेका रानाले निर्वाचनपछि पछि बन्ने गठबन्धनको सरकारले गाउँमै कृषि, घरेलु उद्योगहरुको स्थापना गरी युवाहरुलाई उद्यमीशील...










