एमाले उम्मेदवार मत माग्दै घरदैलोमा
तानसेन। नेकपा एमाले पाल्पाका उम्मेदवार बुधबार पनि घरदैलो कार्यक्रममा व्यस्त छन् । आउदो मंसिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवारी दिएका पाल्पा दुई निर्वाचन क्षेत्रका ६ जना उम्मेदवार आफ्नो पक्षमा मत माग्न घरदैलोमा व्यस्त भएका हुन् ।
घरदैलोका क्रममा पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद आचार्यले समृद्ध नेपाल सुखी नेपाली अभियानको लागि एमालेले सुरु गरेको तर, अपूरा रहेका राष्ट्रिय योजनाहरु पूरा गर्न मंसिर ४ गतेको निर्वाचनमा एमालेलाई मतदान गर्न अनुरोध ...






