कोटिहोममा जेठकाे दोस्रो साता वाचिका राधिका दासी आउने
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवी भागवत कथा वाचिका तथा समाजसेवी राधिका दासी आउने भएकी छन् ।
ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा जेठ १४ गते देखि जेठ २२ गतेसम्म प्रवचन गर्न राधिका दासी आउने कार्यक्रम तय भएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोममा सहभागी हुन समस्त भक्तजनलाई आयोजकले आग्रह गरेको छ । नौ दिनको...