वर्षाका कारण ४५ जिल्ला बाढीको जोखिममा

वर्षाका कारण ४५ जिल्ला बाढीको जोखिममा
काठमाडाैं। आज देशभरीका दश नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान् छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार आज नारायणी, त्रिशुली, मर्स्याङ्दी, कर्णाली, भेरी, पश्चिम सेती, महाकाली, बागमती, पश्चिम राप्ति नदीमा जलसतह सतर्कता तह आसपास पुग्ने सम्भावना छ। बबई नदीमा जलसतह सतर्कता तह नाघ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन  आग्रह गरेको छ। त्यस्तै ४५ जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार ईलाम, झापा, सिन्धुपाल्च...

सुरुङमार्गको प्रवेश विन्दुमा पहिरो खसेपछि सिद्धार्थ रागमार्ग अवरुद्ध

सुरुङमार्गको प्रवेश विन्दुमा पहिरो खसेपछि सिद्धार्थ रागमार्ग अवरुद्ध
तानसेन। सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिबाट पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको तिनाउ गाउँपालिका वडा नं. ३ ड्यामसाइटस्थित सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो। प्रहरीका अनुसार लेदोसहितको ठूलो पहिरो खसेको हुँदा विहानैदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो। निरन्तरको वर्षासंगै खसेको पहिरो हटाउन...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
पाल्पा।  नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पनि सरदर  स्थान  भन्दा  उत्तरतिर  अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, ब...

आज पाल्पासहित यी जिल्लामा वर्षाको सम्भावना

आज पाल्पासहित यी जिल्लामा वर्षाको सम्भावना
पाल्पा।आज पाँच नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान् छ। बाढी पूर्वानुमान् महाशाखाले तमोर, तामाकोशी, सुनकोशी, कन्काई र बाग्मती नदीको बहाव उल्लेख्य बढ्ने जानकारी दिएको छ। अन्य प्रमुख तथा सहायक नदीहरूको बहाव पनि सामान्य बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। त्यस्तै दोलखा र सिन्धुपाल्चोक भएर बहने केही स-साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। पाल्पासहित संखुवासभा, सोलुखुम्बु,...

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
पाल्पा। गएरातिदेखि वर्षासंगै पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा खुलेको छ । उक्त राजमार्गको तानसेन बुटवल सडक खण्डको तिनाउ गाउँपालिका वडा नं. ३ दोभानस्थित हेडबक्स नजिकै खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको प्रारम्भिक विन्दुमाथिबाट पहिरो खसेको थियो । रातिदेखि नै ढुंगासहितको पहिरोले अवरुद्ध भएको सडक एकतर्फी रुपमा खुलाएर सवारी आवागमन सुरु...

नारायणगढ मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

नारायणगढ मुग्लिन सडक खण्ड पुनः अवरुद्ध
काठमाडाै। पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको प्रवक्ता पण्डीतले बताए । पहिरोका कारण यस सडक खण्डमा दैनिक रुपमा पटक पटक आवागमन बन्द हुँदै आ...

सुरुङमार्ग पहिरोः ढुंगासहितको पहिरो हटाउने क्रम जारी

सुरुङमार्ग पहिरोः ढुंगासहितको पहिरो हटाउने क्रम जारी
तानसेन।  निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिल्लो भागबाट खसेको पहिरो हटाउने क्रम जारी छ । सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन–बुटवल खण्डको तिनाउ गाउँपालिका–३, दोभानस्थित ड्यामसाइडमा खसेको पहिरो दुवैतर्फबाट हटाउने प्रयास भएपनि ठूलो ढुंगासहितको पहिरो खसेको हुँदा हालसम्म पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार दुवै तर्फबाट पहिरो हटाउने प्रयास चलिरहेको छ । तर, लेदोसहित ठूला ढुंगाले सडक अवरुद्ध गरेको हुँदा बिह...

लुम्बिनीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

लुम्बिनीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडाैं। नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार  हाल देशभर आंशिकत देखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम...

पहिराले सिद्धबाबा सुरुङ मार्गको दुवै भागको रिब भत्कियो, पहिरोको जोखिम कायमै

पहिराले सिद्धबाबा सुरुङ मार्गको दुवै भागको रिब भत्कियो, पहिरोको जोखिम कायमै
तानसेन। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागमा पहिरो खसेको छ । केही दिन अघि परेको वर्षासंगै दुवै भागको टनेल खनेको स्थानमा पहिरो खसेको हो । वर्षासँगै खसेको पहिरोले सुरुङ निर्माणको दुवैतर्फको प्रारम्भिक चरणको भागको रिब भत्किएको आयोजनका प्रमुख राम पुकार जयसवालले जानकारी दिए। पहिरोका कारण हाल दोभानतर्फको भागमा पहिरोले सडक नै एकतर्फी भएको आयोजाले जनाएको छ । यस्तै माथिल्लो भागबाट पहिरो झर्ने क्रम नरोकिएको आयोजनाका कामदारले बताएका छन् । आकार लिएको सुरूङमाथि पहिरो झरेपछ...

तल्लो सिद्धबाबास्थित निर्माणाधीन सुरुङ्ग मार्गको टनेल पहिरोले भत्कियो

तल्लो सिद्धबाबास्थित निर्माणाधीन सुरुङ्ग मार्गको टनेल पहिरोले भत्कियो
तानसेन। मंगलबार दिउँसो वर्षासङ्गै पहिरो खखेपछि पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको सुरूङमार्गको काममा अवरोध भएको छ । पहिरोले सुरुङ्ग मार्गको ‘पोर्टल’ नै भत्किएपछि काम रोक्किएको हो । अविरल वर्षासँगै झरेको पहिरोले तल्लो सिद्धबाबा क्षेत्रमा बन्दै गरेको सुरुङमार्ग पुरिएको छ। आयोजनाका कर्मचारीले दिएको जानकारी अनुसार तल्लो सिद्धबाबा क्षेत्रमा निर्माण थालिएको टनेलमा ठूलो क्षति पुगेको छ । आकार लिएको सुरूङमाथि पहिरो झरेपछि काममा अवरोध आएको आयोजना पक्षले जनाएको छ...