कटौजेपानीमा रंगशाला
पाल्पा; रैनादेवी छहरा गाउँपालिका ४, मुझुङगको कटौजेपानीमा प्रदेशस्तरीय रंगशाला निर्माणको काम सुरु भएको छ । पहाडी भेगमा निर्माण हुने यस स्टेडियममा जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलकुद आयोजना गर्न सकिने छ ।
रैनादेवी छहरा गाउँपालिकाले गएको वर्ष विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो । यस वर्ष प्रदेश सरकार र रैनादेवी छहरा गाउँपालिकाको लगानीमा स्टेडियम बनाउन लागेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । ‘तराईको गर्मीमा खेलकुद गर्न गाह्रो हुँदा पहाडमा पनि गतिलो रंग...