जातकै आधारमा कोठाभाडामा नदिएको विषयमा पाल्पाका दलित अधिकारकर्मीहरुले दोषी उपर कारबाहीको माग
पाल्पा । सञ्चारकर्मी रुपा सुनारलाई जातकै आधारमा कोठाभाडामा नदिएको विषयमा पाल्पाका दलितअधिकारकर्मीहरुले दोषी उपर कारबाहीको माग गरेका छन् ।
दलित भएकै कारण कोठा भाडा नपाउनु नेपालको संविधानको मर्म विपरित भएको दलित अधिकारकर्मीहरुले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको हो ।
दलित अधिकारका लागि साँझा अभियान पाल्पा, नेपाल दलित संघ, उत्पीडित जातयि मुक्ति समाज, दलित मुक्ति मोर्चा, राप्रपा निकट दलित संगठन, दलित महिला संघ लगायतका संस्थाले कोठाभाडा नदिने काठमाडौंको सरस्वती प्रधानलाई...