कोटिहोममा आर्थिकसँगै जग्गा दान गर्दै भक्तजन

कोटिहोममा आर्थिकसँगै जग्गा दान गर्दै भक्तजन
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सहभागी भक्तजनले जग्गा दान गरेका छन् । केही न केही सहयोग गरौँ भन्ने भाव बोकेर कोटिहोम आउने गरेका भक्तजनहरू महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको अभियानबाट प्रभावित भए पछि मानव सेवामा जोड्न जग्गा नै दान गरेका छन् । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार विराट महायज्ञमा अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित विष्णु जैसीले ३ रोपनी ३ प...

दोस्रो तानसेन महोत्सवको तयारी पूरा

दोस्रो तानसेन महोत्सवको तयारी पूरा
तानसेन। शुक्रबारदेखि सुरु हुने दोस्रो तानसेन महोत्सवको तयारी पूरा भएको छ । आयोजक पाल्पा व्यापार संघले तानसेनमा पत्रकार सम्मेलन गरेर मेलाको तयारी पूरा भएको जनाएको हो। मेलामार्फत तानसेनसहित समय जिल्लाको पर्यटन, व्यापार, रोजगारी, कृषि, उद्योगको विकास र विस्तारमा महत्वपूर्ण टेवा पुर्याउने उद्देश्य रहेको पालपा व्यापार संघका अध्यक्ष विष्णु बहादुर कार्कीले बताए । पछिल्लो समय खस्कदो आर्थिक गतिविधिलाई चलायमान बनाउन स्थानीय सरकार र व्यवसायीसंगको सहकार्यमा सुरु हुन लागेको महोत्सवम...

दश जिल्ला समेटिएको गीत ‘बैनीको घर कहाँ पर्यो’

दश जिल्ला समेटिएको गीत ‘बैनीको घर कहाँ पर्यो’
तानसेन। रोइला गायकका नामले परिचित कलाकार पुरुषोत्तम गैरेले हालै सार्वजनिक गरेको लोक गीतले दर्शकको मन जित्न सफल भएको छ। गैरेसंगै सिम्रन परियार र रुपी सिंजालीको स्वर रहेको गीतको भिडियो एक सातामै १४ लाख दर्शकले हेर्न सफल भएका हुन् । गीतको शब्द संगीत गैरे स्वयमकै रहेको छ। पाल्पासहित १० जिल्लाको नाम जोडेर तयार परिएको गीतको भिडियोमा तेजश रेग्मी, सिम्रन परियार, आकाश नेपाली, रचना न्यौपाने र श्रेया गैरेले अभिनय गरेका छन् । स्मृती तिमिल्सिनाको (गुरुआमा)को निर्देशनमा तयार भएको गीत...

‘आउनेलाई स्वागत जानेलाई बाइबाई छ’ बजारमा

‘आउनेलाई स्वागत जानेलाई बाइबाई छ’ बजारमा
पाल्पा। गुरुआमा फिल्मस् प्रा.लिले सार्वजनिक गरेको नयाँ गीतले बजार तताएको छ। खेम सेन्चुरी र देवी घर्ती मगरको स्वरमा रहेको 'आउनेलाई स्वागत जानेलाई बाइ बाइ छ 'बोलको गीतले दर्शक र स्रोताको मन जित्न सफल भएको हो। गुरुआमा फिल्मस् प्रा.लिका प्रबन्धक स्मृती तिमिल्सिनाका अनुसार अहिले उक्त गीतको टुक्कामा टिकटक र फेसबुक रिलसहित सामाजिक सञ्जालमा निकै रुचाइएको हो। युट्युवमार्फत पनि चार दिनमै साढे दुई लाख बढीले भिडियो हेरेको यो गीतको भिडियाे माया पिरतीमा आधारित भएर निर्माण गरिएको छ । ...

श्रीनगर सास्कृतिक डबली संचालन

श्रीनगर सास्कृतिक डबली संचालन
तानसेन। तानसेनस्थित कैलाशनगर निर्माण सम्पन्न भएको श्रीनगर सांस्कृतिक डबली सञ्चालनमा आएको छ ।लुम्बिनी प्रदेश सरकारको लगानीमा बनेको डबली स्थानीय सरकार तानसेन नगरपालिकाले संचालनमा ल्यायाएको हो । स्थानीय कला संस्कृति प्रस्तुत गर्नका लागि खुला नाचघरका रुपमा लुम्बिनी प्रदेश सरकारले छ करोड ८२ लाख ५६ हजार बढीको लागतमा निर्माण सम्पन्न गरी गरेको डबली १५ महिना अघि तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको थियो । स्थानीय सरकारले संचालनका कार्यविधि बनाएर डबली संचलानलमा ल्याएको हो । डबलीम...

संञ्चारकर्मी थापाको पहिलो लोकदोहरी गीत गैह्राबारी बजारमा

संञ्चारकर्मी थापाको पहिलो लोकदोहरी गीत गैह्राबारी बजारमा
पाल्पा । सञ्चारकर्मी राजन थापाको पहिलो लोक दोहोरी गीत गैह्राबारी सार्वजनिक भएको छ । सामुदायिक रेडियो मुक्तिनाथमा कार्यरत थापाले माया पिरतीमा आधारित लोकदोहरी एलब्म बजारमा ल्याएका हुन् । थापासंगै महिला आवाजमा चर्चित गायिका शान्तीश्री परियारले स्वर दिएकी छिन् । सुषास खत्रीको लय तथा शब्द गरेको गीतको भिडियो काठमाण्डौका विभिन्न स्थानमा छायाकङ्कन गरिएको छ । निशान बानियाले निर्देशन गरेको भिडियोमा राजन थापासहित अन्य अन्य कलाकारले अभिनय गरेका छन् । राजन थापाको आफ्नै युट्युव च्यान...

कालीगण्डकीमा ढुंगा सरर

कालीगण्डकीमा ढुंगा सरर
तानसेन। तीन जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा माघेसंक्रान्ति मेलाको अवसरमा ढुंगा सवार गर्नु पर्यटकका लागि आर्कषक बनेको छ । कालीगण्डकी स्नान गरी मनोरञ्जन गर्ने पर्यटकका लागि ढुंगा सवार रोजाइमा परेको हो । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा माघे संक्रान्तिको अवसरमा एक गतेदखि अहिलेसम्म पनि मेला लागेको छ । नदीमाथी ढुंगा सवार गरी तीन जिल्लाका भागहरू र मेला लागेका स्थानमा सवार गर्न पाउँदा रमाइलो लागेको धार्मिक पर्यटक प्रवीन गहतराजले बताए। ...

टक्सारमा मनाइयाे यमरी महोत्सव [तस्वीरसहित]

टक्सारमा मनाइयाे यमरी महोत्सव [तस्वीरसहित]
तानसेन ।  तानसेनको टक्सार टोलमा एक दिने यमरी महोत्सव तथा फुड फेस्टिवल सम्पन्न भएको छ । मैत्री क्लब र तानसेन नगरपालिका वडा नं. ३ को संयुक्त आयोजनमा एक दिने मोत्सव सम्पन्न भएको हो । नेवार समुदायमा प्रचलनमा रहेको यमरी रोटीको प्रचार गर्दै यसको संरक्षण र सीप हस्तान्तरण गर्नका लागि चौथो पटक महोत्सव आयोजना गरिएको मैत्री क्लबका अध्यक्ष मनिता शाक्यले बताइन् । नेवार समुदायमा प्रचलित यमरी एक प्रकारको रोटी हो । यमरीको अर्थ य भनेको मनपर्ने र मरी भनेको रोटी भन्ने अर्थ लाग्छ । चामलको ...

तानसेनको टक्सारमा शनिवार यमरी महोत्सव हुने

तानसेनको टक्सारमा शनिवार यमरी महोत्सव हुने
तानसेन। तानसेनको टक्सार टोलमा मंसिर २२ गते यमरी महोत्सव हुने भएको छ । मैत्री क्लब तानसेनको आयोजनामाचौथो यमरी महोत्सव तथा फुड फेस्टिवल हुने भएको हो । यमरी रोटीको प्रचार गर्दै यसको संरक्षण र सीप हस्तान्तरण गर्नका लागि यमरी महोत्सव गर्न लागिएको क्लबका अध्यक्ष मनिता शाक्यले जानकारी दिइन् । क्लवले बिहीबार पत्रकार सम्मेलन गरेर नेवार समुदायमा प्रचलित यमरीको प्रचारप्रसार गरी यसको स्वादबारे जानकारी दिन महोत्सव गर्न लागिएको अध्यक्ष शाक्यले बताइन् । यमरी एक प्रकारको रोटी हो । महोत...

मौलिक लोक भजन संरक्षणको पहल

मौलिक लोक भजन संरक्षणको पहल
तानसेन। पाल्पामा लोप हुने अवस्थाको लोक भजन, कृतन र टुक्का संरक्षणको पहल गरिएको छ । परम्परागत रुपमा गागिने लोक भजन लोप हुन थालेपछि सार्वजनिक सभा समारोहमा प्रस्तुत गर्ने र नयाँ पुस्तालाई सिकाउने कार्य गर्दै आएको रैनादेवी छहराका स्थानीयले बताएका छन् । पालिकास्तरका विभिन्न कार्यक्रममा यस्ता भजनको पनि प्रस्तुती राख्ने र प्रचारप्रसार गर्ने तथा युवा पुस्तलाई सिकाउने कार्य गर्दै आइएको रैनादेवी छहरा-३ का वडा अध्यक्ष प्रदीप पौडेलले बताए। मेला-महोत्सवमा सहभागी हुने समूहलाई स्थानीय...