बहुप्रतिभाका धनी तानसेनका किरण
पाल्पा । किरण चित्रकार-जिल्लामा परिचित नाम हो । उनी बहुआयामिक छन्, त्यसैले उनलाई चिन्ने परिचय धेरै छन् – रेस्टुरेन्ट व्यवसायी, समाजसेवी, कलाकार इत्यादि ।
किरणको सदरमुकाम तानसेनको बसपार्कमा आफ्नै नामको रेस्टुरेन्ट छ । किरण श्रीनगर यातायात व्यवसायी समिति, पाल्पा उद्योग वाणिज्य संघ, विभिन्न क्लब तथा समूहमा सक्रिय छन् ।
कलाकार किरणको सबैभन्दा महत्त्वपूर्ण परिचय हो भने कलाकारिता सबैभन्दा रुचिको क्षेत्र । किरणले मोफसलमा रहेर २ दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।
...