रामपुरमा जेष्ठ नागरिक स्कुल सञ्चालन
तानसेन। रामपुर नगरपालिकाले जेष्ठ नागरिकहरुको लागि रामघाट धाममा जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ । पाका पुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यका साथ नगरपालिकाले रामपुर–५ रामघाट धाममा स्कुल स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
स्कुल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरी नगरपालिकाले बुधबार देखि स्कुल सञ्चालन गरेको हो । जेष्ठ नागरिक स्कुल शुभारम्भ कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षता र नगर प्रमुख र...










