पाल्पाको एसईई नतिजा : एक जनाले ल्याए चार जिपिए, १०९ जनाको ए प्लस

पाल्पाको एसईई नतिजा : एक जनाले ल्याए चार जिपिए, १०९ जनाको ए प्लस
पाल्पा।राष्ट्रिय परिक्षा बोर्डले बिहीबार प्रकाशित गरेको एसईई परिक्षा २०७९ को रिजल्टमा पाल्पाबाट   एक जनाले चार जिपिए ल्याएका छन्  । पाल्पा पोलस्टार  सेकेन्डरी स्कुलका एक विद्यार्थीले  चार जिपिए ल्याएका हुन् । यस्तै जिल्लाबाट १सय ९ जना विद्यार्थीले ३.६ देखी माथी जिपिएका साथ ए प्लस  ल्याएका छन्  ।  २ सय २५ जना विद्यार्थीले ३.२ देखी ३.६ सम्म जिपिए ल्याई ए ल्याएका  छन्  । यस्तै ४ सय ७५ जनाले  २.८ देखी ३.२ सम्म जिपिए ल्याई वि प्लस, ७ सय ४३ जनाले २.४ देखी २.८ सम्म जिपिएका साथ वि...

एसईईको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी
तानसेन। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको हाे । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी...

रैनादेवीमा विद्यालय व्यवस्था सम्बन्धि एक दिने तालिम

रैनादेवीमा विद्यालय व्यवस्था सम्बन्धि एक दिने तालिम
तानसेन ।पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका भित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूका लागि  विद्यालय व्यवस्थापन सम्बन्धी एक दिवसिय क्षमता विकास तालिम सञ्चालन भएको छ । गाउँपालिका भित्रका ६२ विधालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई विद्यालयको समग्र शैक्षिक एवम भौतिक गुणस्तर वृद्धिमा परिवर्तन गर्ने उदेश्यले तालिमको आयोजना गरेको गाउँपालिकाले जनाएको छ । सहभागी व्यवस्थापन समितिका अध्यक्षहरूलाई सहजिकरण गदै जिल्ला शिक्षा विकास समन्वय इकाई,...

निस्दीमा १२ पास गरी विहे गर्ने २५ महिलालाई नगदसहित सम्मान

निस्दीमा १२ पास गरी विहे गर्ने २५ महिलालाई नगदसहित सम्मान
तानसेन। पाल्पाको निस्दी गाउँपालिकामा २० वर्ष उमेर पुगेर कक्षा १२ उत्तीर्ण गरी विवाह गर्ने २५ जना महिलालाई नगदसहित सम्मान गरिएको छ । गाउँपालिकाले सात वटै वडाका महिलालाई प्रोत्साहनस्वरूप ८ हजार नगदसहित सम्मानपत्र प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार एक महिनाअघि नै सूचना जारी गरी वडागत रुपमा परेका आवेदनका आधारमा त्यस्त महिलालाई सम्मान गरेको हो। निस्दी जिल्लामै धेरै बालविवाहको समस्या रहेको पालिका भएक कारण बालविवाह न्यूनीकरण गरी महिलालाई शिक्षामा ...

एक महिने निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सम्पन्न

एक महिने निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सम्पन्न
पाल्पा। एक महिने निशुल्क लोकसेवा आयोग तयारी कक्षा बुधबार रामपुर पाल्पामा सम्पन्न भएको छ ।  लोक सेवा आयोगमा अभिरुची राख्ने र परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालन गरिएको कार्यक्रम बुधबार एक कार्यक्रमका विच समापन गरिएको हाे । समापन कार्यक्रममा बोल्दै रामपुरका नगर प्रमुख रमणबहादुर थापाले  निजामती सेवामार्फत जनताको सेवा गर्न ईच्छुक विद्यार्थीहरुलाई आधार स्तम्भ निर्माणका लागि कार्यक्रम सञ्चालन गरिएको बताए। उनले उत्साह र मेहनतका साथ अध्ययन गर...

गर्मीका कारण रामपुरका विद्यालयमा पाँच दिन बिदा

गर्मीका कारण रामपुरका विद्यालयमा पाँच दिन बिदा
तानसेन । अत्यधिक गर्मीका कारण पाल्पाको रामपुर नगरपालिकाले पाँच दिनका लागि पालिकाभरका सबै विद्यालयको पठनपाठन बन्द गराएको छ । दैनिक गर्मी बढेपछि अभिभावक र विद्यालय संगठनहरुको दबावमा वर्षे र हिउँदे बिदा मिलान हुने गरी रामपुर नगरपालिका शिक्षा शाखाले विद्यालय बिदा दिने निर्णय गरेको हो । पाल्पाको रामपुर नगरपालिका क्षेत्रमा ४० डिग्रीसम्म तापक्रम पुगेको छ । शिक्षा शाखा प्रमुख विकल काफ्लेका अनुसार गर्मीका कारण विद्यालय संचालनमा कठिनाइ भएकोले बिदा दिएको हो। शिक्षा शाखाको निर्णय अनुस...

स्ववियू कोषको रकम सार्वजनिक नगरे कडा कदम चाल्ने चेतावनी (विज्ञप्तिसहित)

स्ववियू कोषको रकम सार्वजनिक नगरे कडा कदम चाल्ने चेतावनी (विज्ञप्तिसहित)
तानसेन । स्वतन्त्र विद्यार्थी युनियन पाल्पाले स्ववियू शुल्कमाफर्त उठेको रकम सार्वजनिक गर्न माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै त्रिभुवन बहुमुखी क्यापस पाल्पाले स्ववियू शुल्क शीर्षकमा प्रत्येक विद्यार्थीबाट उठाउदै आएको रकमको तत्कालै सार्वजनिक गर्न माग गरेको हो । नयाँ समिति चयन भएको तीन महिना हुनलाग्दा पनि मौखिक तथा लिखित रुपमा रकमबारे सार्वजनीकरणको माग गर्दासमेत क्यापस प्रशासनले बेवास्ता गरेको आरोप अध्यक्ष कृष्ण अर्याल र सचिव ताराबहादुर रायमाझीले हस्ताक्षर गरेको विज्ञप्ति...

रामपुरमा निःशुल्क लोक सेवा तयारी कक्षा

रामपुरमा निःशुल्क लोक सेवा तयारी कक्षा
तानसेन। लोक सेवाको तयारीका लागि रामपुरमा निःशुल्क कक्षा सञ्चालन गरिएको छ । रामपुर नगर सरकारले लोक सेवामा सबैको पहुँच पुु¥याउने उद्देश्यले नगर भित्रका व्यक्तिहरुलाई एक महिने निःशुल्क लोक सेवाको कक्षा सञ्चालन गरेको हो । तयारी कक्षाको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कार्यक्रममा रामपुर नगरपालिका– ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले लगनशिलताका साथ अध्ययन गरेर निजामति सेवामा प्रवेश गर्न लोक सेवाको तयारीमा जुटेकाहरुलाई अनुरोध गरे । लोक सेवाको परीक्षामा उत्तिर्ण भएर निजामति ...

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ६७ हजार विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ६७ हजार विद्यार्थी सहभागी
भक्तपुर । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा देशभरबाट चार लाख ६७ हजार विद्यार्थी सहभागी छन् । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षाका लागि देशभर एक हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिए । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुँदैछन् । उनीहरूले जति विषय...

विद्यालयको स्वर्ण महोत्सवमा गाउँपालिकास्तरीय हाजिरजवाफ प्रतियोगिता

विद्यालयको स्वर्ण महोत्सवमा गाउँपालिकास्तरीय हाजिरजवाफ प्रतियोगिता
पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ७ बतासेमा रहेको श्री कालिका माविले आफनो स्वर्ण महोत्सवको उपलक्ष्यमा गाउँपालिकास्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोलखबहादुर कार्कीको अध्यक्षतामा र गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कार्कीले विद्यालयले गरेको राम्रो कामको प्रशंसा गर्दै सामुदायिक विद्यालयमध्ये यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउन...