पूर्वखोला गाउँपालिकामा ७ सय बढी जेष्ठ नागरिकले लगाए कोरोना बिरुद्धको खोप

पूर्वखोला गाउँपालिकामा ७ सय बढी जेष्ठ नागरिकले लगाए कोरोना बिरुद्धको खोप
पाल्पा। पूर्वखोला गाउँपालिका भित्रका ७ सय ७० बढी जेष्ठ नागरिकले कोरोना बिरुद्धको खोप लगाएका छन् । कोरोनाबिरुद्धको खोप अभियानको दोस्रो चरण अन्तरगर्त पहिलो प्राथमिकतामा परेका ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई गत २४ फागुन देखि शुरु खोप लगाउन सुरु गरिएको थियो । जस अन्तरगत गाउापालिका भित्रका ६ वटा खोप केन्द्रबाट ७ सय ७० जना जेष्ठ नागरिकले खोप लगाएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक मोहन ढकालल जानकारी दिए । पालिकाभित्र ६५ बर्ष माथिको लक्षित जनसंख्या १ हजार ११९ जना रहेकोमा ६८.८१ प...

तानसेनको कमलपोखरीमा भेटिएको शव कसको ?

तानसेनको कमलपोखरीमा भेटिएको शव कसको ?
पाल्पा । पाल्पाको तानसेन नगरपालिका ७ कमलपोखरीमा भेटिएको शवको अझै सनाखत हुन सकेको छैन । तीन दिनअघि बेवारिसे अवस्थामा भेटिएको शवको सनाखत हुन नसकेको हो । करिव ३५ वर्षीय पुरुषको कमलपोखरीको पानीमा डुवीरहेको अवस्थामा स्थानीयबासिन्दाले लेखेका थिए । शवको तानसेनस्थित पाल्पा जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रमेश्वर त्वातीले बताए ।

रैनादेवी छहरामा दुई छोरी मात्र जन्माउनेलाई सम्मान

रैनादेवी छहरामा दुई छोरी मात्र जन्माउनेलाई सम्मान
पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले ‘दुई छोरी मात्र जन्माउने दम्पतीलाई सम्मान गरिएको छ । गाउँपालिकभित्र २ छोरी जन्माई परिवार नियोजन गर्ने दम्पतीलाई गाउँपालिकाले सम्मान गरेको हो । १११आ‍ैँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा गाउँपालिकाले कार्यक्रम आयोजना गरी ९ जना दम्पतीलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष चेतकुमारी थापाले बताइन् । पछिल्लो समय बढ्दो लैंगिक विभेदलाई अन्त्य गरी विभेदरहित समाज निर्माणका लागि २ छोरी दम्पती सम्मान कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष थापाको भन...

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रतियोगीता

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रतियोगीता
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रतियोगीता सम्पन्न भएको छ । आजको परिस्थितिमा महिलाको भूमिका, चुनौती र अवसर विषयक वतृत्वकला प्रतियोगितामा रिब्दीकोट गाउँपालिका ८ की विष्णु खत्री, दोस्रो स्थानमा रिब्दीकोट गाउँपालिका ३ की विनु गौतम, तेस्रो स्थानमा ५ की विष्णु सुनार, भैरवस्थानकी मन्जु कार्की सान्त्वना स्थान प्राप्त गरेकी छन् । प्रतियोगीतालाई प्रमाणपत्र हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्...

वडा स्तरीय भलिबल प्रतियोगीता सम्पन्न

वडा स्तरीय भलिबल प्रतियोगीता सम्पन्न
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका २ नम्वर वडा स्तरीय भलिबल प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा झरना युवा क्लब प्रथम, झ्याला दोस्रो र शिवगुफा युवा क्लव तृतीय बनेका छन् । तिनाउ गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष राजेश श्रेष्ठले युवाहरुलाई खेलकुद र उद्यमशिलता विकासमा गर्ने बताए ।

रैनादेवी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा

रैनादेवी गाउँपालिकामा  कोभिड अस्पताल सञ्चालनमा
पाल्पा । रैनादेवी गाउँपालिकामा  ५ शैयाको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएको छ । छहरा स्वास्थ्य चौकीको पुरानो भवनबाट कोभिड अस्पतालले सेवा प्रदान गर्ने गरी गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले उद्घाटन गरे । गाउँपालिकाबाट २ लाख र संघीय सरकारबाट ८ लाख गरि कुल १० लाख बजेटमा अस्पताल सेवा सुरु गरेको हो । गाउँपालिकाभित्रका कोरोना संक्रमित विरामीहरुको उपचारका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने समस्या अस्पताल सञ्चालनमा आएपछि हटेको छ । गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले अस्प...

दोभानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

दोभानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
पाल्पा । तिनाउ गाउँपालिकाभित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । फागुन २५ गतेदेखि दोभानमा प्रतियोगीता हुने प्रवक्ता राजेश श्रेष्ठले बताए । खेलमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरु सहभागी बन्न पाउने छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्वन्धी पालिका स्तरीय बैठकले प्रतियोगीता गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

पाल्पामा खोप समन्वय समिति तथा सञ्चारकर्मीसँग अन्तर्क्रिया

पाल्पामा खोप समन्वय समिति तथा सञ्चारकर्मीसँग अन्तर्क्रिया
पाल्पा । स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा जिल्ला स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड १९ खोपले गर्छ भन्ने मूल नाराका साथ खोपको महत्व र यसका असर सम्वन्धी जानकारी निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरेले खोप अभियानलाई सफल बनाउन सकारात्मक सहयोग हुने बताए । सूचना अधिकारी ओम प्रकाश बस्यालले केन्द्रका निर्देशन अनुसार खोप लगाउने ...

गुल्मीमा सडेको अवस्थामा बेवारिसे शव फेला

गुल्मीमा सडेको अवस्थामा बेवारिसे शव फेला
पाल्पा । गुल्मीको मालिकामा एक बेवारिसे शव फेला परेको छ । मालिका गाउँपालिका– ३ जुकेनमा अन्दाजी ३७ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मंगलवार गुल्मीसँगै छिमेकी जिल्ला प्युठान र बाग्लुङ सिमानामा भेटिएको शव अत्यन्तै सडेको अवस्थामा भएकाले पहिचान नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शवलाई पोष्ट मार्टक गर्न गुल्मी अस्पताल तम्घास ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिए । ...

बगनासकाली खरका छानामुक्त गाउँपालिका बन्यो

बगनासकाली खरका छानामुक्त गाउँपालिका बन्यो
पाल्पा । बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७६।०७७ मा फुसरहित घर अभियान शीर्षकमा ३९ लाख बजेट विनियोजन ग¥यो । सोही बजेटबाट फुसरहित घरका छाना विस्थापित गरी जस्ता पाताका छानाले ११४ घर टल्किएका छन् । आर्थिक रुपमा विपन्न परिवारहरु फुसका छानाहरु हटाउन र जस्तापाताले घरका छाना टल्काउन आर्थिक रुपमा समस्या खेपेका थिए । विस २०७२ सालमा नेपालमा संविधान जारी भयो । सोही संविधानमा नेपालको शासन केन्द्र, प्रदेश र स्थानीय सरकारबाट हुने उल्लेछ छ । स्थानीय सरकार नागरिकको नजिकको र सहज पहुँच ह...