तानसेनदेखि काठमाडौंका लागि छुटेको बस दुर्घटना

तानसेनदेखि काठमाडौंका लागि छुटेको बस दुर्घटना
तानसेन।  पाल्पामा ब्रेकफेल भएर रात्रिबस दुर्घटना भएको छ । तानसेनदेखि काठमाडौका लागि छुटेको लु २ ख १४०३ नम्बरको नाइट बस तानसेन नगरपालिका वडा नं. ४ स्थित बारुदखानमा दुर्घटना भएको हो । बस ब्रेकफृल भएर एक घरमा ठोक्किएको स्थानीयले बताएका छन् । दुर्घटनामा परी कम्तीमा २५ जना घाइते भएको दुर्घटनाका प्रत्यक्षदर्शी पत्रकार माधवप्रसाद अर्यालले जानकारी दिए । घाइतेलाई उपचारका लागि युनाइटेड मिसन अस्पतालमा लगिएको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

शिक्षा विधेयक : यी गल्ती गरेमा हुन सक्छन् सेवाबाट बर्खास्त

शिक्षा विधेयक : यी गल्ती गरेमा हुन सक्छन् सेवाबाट बर्खास्त
काठमाडाैं। शिक्षक मादक पदार्थ सेवन गरी विद्यालय आए सेवाबाट बर्खास्त गर्न सकिने व्यवस्था विद्यालय शिक्षासम्बन्धी विधेयकले गरेको छ । बुधबार संसद्मा‌ दर्ता गरिएको विधेयकको दफा ८८ को (ङ) मा शिक्षक विद्यालयमा मादक पदार्थ सेवन गरी आएको प्रमाणित भएमा सेवाबाट हटाउन सकिने व्यवस्था छ । बहुबिवाह गरेमा पनि शिक्षकलाई सेवाबाट हटाउन सकिने प्रबन्ध उल्लेख छ । यस्तै प्रश्नपत्रको गोपनीयता भंग गरे, परीक्षामा अमर्यादित काम गरेमा, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनमा लापरबाही गरे पनि पदबाट...

रामपुरबाट अवैध सालको काठ बरामद 

रामपुरबाट अवैध सालको काठ बरामद 
तानसेन । पाल्पा प्रहरीले अवैध सालको काठ बरामद भएको छ। जिल्लाको रामपुर नगरपालिका १०, गेझा बर्दलेबाट प्रहरीले अवैध सालको गोलिया काठ  बरामद गरेको हो । गेझा बर्दले बस्ने लीला गाहाले संचालन गरेको जनता फर्निचर नजिकै खसालेको अवैध सालको काठ प्रहरीले गोप्य सूचनाको आधारमा बरामद गरेको हो । पाल्पा प्रहरीका सूचना अधिकारी सन्तोष चन्दका अनुसार प्रहरी चौकी हुंगी र इलाका प्रहरी कार्यालय रामपुरको टोलीले गोप्य सूचनाको आधारमा  ९५.०८ क्युफिट सालको गोलिया बरामद गरेको हो । अनुसन्धान अधिकृत...

रामपुरमा निर्माण भएकाे गौशालिकको अनावरण

रामपुरमा निर्माण भएकाे गौशालिकको अनावरण
पाल्पा।  रामपुर नगरपालिका–६, मिलनचोकमा निर्माण भएको गौशालिकको सोमबार अनावरण गरिएको छ । रामपुर नगर गौशाला समितिले निर्माण गरेको कामधेनु गाईको शालिक वैदिक विधि पूर्वक प्राण प्रतिष्ठा गरी अनावरण गरिएको हो । गौशालिक निर्माण संगै मिलनचोकलाई गौशाला चोक नामाकरण गरिएको छ । गाई र दुध खाँदै गरेको बाच्छोसहितको गौशालिक अनावरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले पछिल्लो समय धार्मिक विवादहरु बाहिर आईरहेको सन्दर्भमा सहिष्णुता कायम गरि एकले अर्को धर्मको सम्मान गर्दै अघि बढ्...

समाचारघर साप्ताहिक सार्वजनिक

समाचारघर साप्ताहिक सार्वजनिक
तानसेन। पाल्पाबाट साप्ताहिक पत्रिकाको रुपमा समाचारघर साप्ताहिक पत्रिकाको प्रकाशन सुरु भएको छ । तानसेनमा एक कार्यक्रमका बीच समाचारघर साप्ताहिकको सार्वजनिक गरिएको हो । समाचारघरको वर्ष १३ अंक १ जिल्ला समन्वय समिति पाल्पा उपप्रमुख काशीका गैरेले सार्वजनिक गरिन । उपप्रमुख गैरेले पत्रकारिता क्षेत्रलाई अगाडी लैजान जिल्ला समन्वय समितिले सहकार्य गर्ने बताइन् । पाल्पा आवाज पाक्षिक पत्रिकाका रुपमा प्रकाशन हुँदै आएको पत्रिका किसिम परिर्वतन गरेर समाचारघर साप्ताहिकका रुपमा प्रकाशन भएक...

नेम्वाङकाे निधन शोकमा बिहीबार सार्वजनिक बिदा

नेम्वाङकाे निधन शोकमा बिहीबार सार्वजनिक बिदा
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ । हेर्नुहाेस् गृह मन्त्रालयले निकालेकाे विज्ञप्तिः

अनेरास्ववियू (क्रान्तिकारी)काे तीज विशेष कार्यक्रम

अनेरास्ववियू (क्रान्तिकारी)काे तीज विशेष कार्यक्रम
तानसेन।  अनेरास्ववियू (क्रान्तिकारी) त्रिभुवन बहुमुखी क्याम्पस इकाई समिति पाल्पाले  हरितालिका तीज  २०८० को शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ । त्रिभुवन बहुमुखी क्याम्पसका सभाहलमा कार्यक्रम सम्पन्न भएकाे हाे । नेपाली हिन्दु नारीले  महान् चार्डका रूपमा मनाउने तीजकाे  अवसरमा महिला विद्यार्थीहरूका बीचमा कार्यक्रम गिरएकाे अायाेजकले बताएकाे छ । कार्यक्रममा बाेल्कोदै  प्रमुख अतिथि तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले तीज पर्वलाई मर्य...

पाल्पामा बढे स्क्रब टाइफसका बिरामी, ११९ जनामा संक्रमण

पाल्पामा बढे स्क्रब टाइफसका बिरामी, ११९ जनामा संक्रमण
तानसेन।  पाल्पामा स्क्रब टाइफसका बिरामी बढेका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार दैनिक रुपमा यो रोगका संक्रमित बढेका हुन् । जिल्लाका विभिन्न चार अस्पतालमा गरिएको परीक्षणका क्रममा हालसम्म ११९ जनामा स्क्रब टाइफस संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय पाल्पाका सरुवारोग फोकल पर्शन मधुसुधन भट्टराईका अनुसार पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र रामपुर अस्पतालमा हालसम्म गरीको परीक्षणमा मात्रै सो संख्यामा संक्रमण देखिएको हो । यसका अलवा निजी क्लिनिक र मेडिक...

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद
काठमाडौं। त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ । प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो । उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद सुनबारे थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ।

माण्डु हाइड्रोपावरको आइपिओ बाँडफाँट, नतिजा हेर्नुहोस्

माण्डु हाइड्रोपावरको आइपिओ बाँडफाँट, नतिजा हेर्नुहोस्
काठमाडाैं। माण्डु हाइड्रोपावरको आइपीओ आज (आइतबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १ लाख २० हजार ५३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल १० लाख १६ हजार ७१४ जनाले आवेदन दिएकोमा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ। योग्य ८ लाख ७२ हजार ८३७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो।  कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म प्रिमियम मूल्यमा आइपिओ बिक्री गर...