सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसदले शंकर पोखरेलको साथ छोडे

सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसदले शंकर पोखरेलको साथ छोडे
काठमाडौं । लुम्बिनी प्रदेशका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् । कपिलवस्तु–२ (२) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् । सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन् । धर्मबहादुर कपिलबस्तु २ (ख) र अजय पश्चिम नवलपरासी (ख)बाट निर्वाचित...

पर्यटनमन्त्री ढकाल दम्पत्तिमा कोरोना

पर्यटनमन्त्री ढकाल दम्पत्तिमा कोरोना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र धर्मपत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालको सचिवालयका अनुसार उनीहरुको आइतबार गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । दुबै जना अहिले निवासमा आइसोलेसनमा रहेको सचिवालयको भनाइ छ । पर्यटनमन्त्री रामनवमीका दिन माडीमा हजारौं मानिसको सहभागितामा आयोजित राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी थिए ।

लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी, ४२ सांसदको हस्ताक्षर

लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी, ४२ सांसदको हस्ताक्षर
रुपन्देही। नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् । यसमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव ...

आर्यभञ्ज्याङ्ग क्षेत्र बैशाख २४ गतेसम्म शिल

आर्यभञ्ज्याङ्ग क्षेत्र बैशाख २४ गतेसम्म शिल
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका-३, आर्यभञ्ज्याङ्गलाई शिल गरिएको छ । आर्यभञ्ज्याङ्ग बजार क्षेत्रमा केही ब्यक्तिहरुलाई कोरोना संक्रमण देखिएको अबस्थामा यस क्षेत्रमा चहलपहल देखिएकोले हुँदा शिल गरिएको हो । गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले जिल्लामा निषेधाज्ञाको अबधिमा आर्यभञ्ज्याङ्ग बजारमा आबतजाबत तथा खुल्ला रहेको थप संक्रमण फैलिन नदिन आइतबार देखि बैशाख २४ गतेसम्म शिल गरिएको बताए ।

लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । तीन वर्षअघि धारा १६८ (२)अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत!

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत!
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष  पेश गरेको राजीनामा आईतबार बिहान  स्वीकृत भएकाे प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जानकारी दिए । संविधानको धारा १६९ को १ को क अनुसार मुख्यमन्त्री पदबाट पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरेका हुन् । पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध ने...

पाल्पामा चट्याङ्ग लागेर एक जनाको मृत्यु दुईजना घाईते !

पाल्पामा चट्याङ्ग लागेर एक जनाको मृत्यु दुईजना घाईते !
तानसेन । पाल्पामा चट्याङ्ग लागेर एक जनाको ज्यानको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका वडा नं.१ कचलस्थित मुहान टोलका प्रेम बहादुर बगालेको मृत्यु भएको जिल्ला प्रहहरी कार्यालय पाल्पाले जनाएको छ । गएराती तिनाउ गाउँपालिकाको कचलमा कर्ण बहादुर उचईको घरमा परेको चट्याङले लागेर घाईते भएका बगालेलाई उपचारका लागि अस्पताल पर्याउदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पामा सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए । यस्तै चट्याङ लागेर थप दुईजना घाईते भएक छन् ।...

पाल्पामा थप २८ जनामा कोरोना पुष्टि

पाल्पामा थप २८ जनामा कोरोना पुष्टि
तानसेन। पाल्पामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार शनिबार गरिएको ५६ जनाको पिसिआर परीक्षणका क्रममा १९ जना पुरुष र ९ जना महिलामा कोरोना संक्रण पुष्टि भएको हो । थपिएका संक्रमितसंगै हालसम्म पाल्पामा २ हजार ३८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पनथीले बताए । यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षणमा थप २० जनामा कोरिना पोजेटिभ देखिएको सूचना अधिकारी पन्थीले बताए । संक्रमित मध्...

पाल्पामा आजदेखि निषेधाज्ञा !

पाल्पामा आजदेखि निषेधाज्ञा !
तानसेन । पाल्पामा आजदेखी २४ गतेसम्मका लागि निषेधाज्ञा जारी भएको छ । शुक्रबार राति १२ बजेदिखि निषेधाज्ञा जारी भएकामा हाल जिल्ला सदरमुकाम तानसेनसंगै ठूला बजारहरु सुनसान भएका छन् । निषेधाज्ञामा अत्यावश्यक बाहेकका सवारी नचल्ने भएपनि केही सर्वसाधारण हिडेरै गन्तव्यमा पुग्ने गरेका छन् । निषेधाज्ञा अवधीमा एम्बुलेन्स, बिरामी बोक्ने सवारी, शान्ती सुरक्षा, प्रेस, खानेपानी, दुधजन्य पदार्थ, डिजल पेट्रोल बोक्ने सवारी बाहेक अन्य सवारीसाधन चलेका छैनन् । अहिले विवाहका सवारी पनि के...

लुम्बिनी प्रदेशमा जसपाका चार प्रदेशसभा सदस्य पदमुक्त

लुम्बिनी प्रदेशमा जसपाका चार प्रदेशसभा सदस्य पदमुक्त
बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो । सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१ं) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१)बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् । उनीहरु चारै जना हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री छन् । नेपाली ...