स्थापना दिवसकाे अवसरमा असहायलाई एक छाक भोजनदान
तानसेन। प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर स्थापना दिवस मनाएको छ । शनिवार युनियनको ३२ औं स्थापना दिवस मनाउन युनियनमा आवद्ध पत्रकारले निलसागरका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिलाई एक छाक भोजन गराएको हाे
उक्त आश्रममा रहेका २२ जना असहाय, बेसहारा, वृद्धवृद्धाहरुलाई एक छाक भोजन गराएको हो । श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणका लागि २०४८ जेठ १...