हालसम्म ८१३ जना पत्रकारमा कोरोना पुष्टि, १६ जनाले ज्यान गुमाए

हालसम्म ८१३ जना पत्रकारमा कोरोना पुष्टि, १६ जनाले ज्यान गुमाए
काठमाडौं । नेपालमा हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल पत्रकार महासङ्घले दिएको जानकारी अनुसार हालसम्म ५२२ जना पत्रकार तथा सञ्चारकर्मीमा संक्रमण पुष्टि भएको हो । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरस संक्रमण भएपछि मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् । हाल  तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको महासंघले जनाएकाे छ ।

पत्रकार महासंघको भवनमा ५ बेडको आइसोलेशन कक्ष निर्माण

पत्रकार महासंघको भवनमा ५ बेडको आइसोलेशन कक्ष निर्माण
तानसेन । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले कोरोना संक्रमित संचारकर्मी राख्नका लागि आफ्नै भवनमा आइसोलेशन कक्ष निर्माण गरेको छ । पछिल्लो समय जिल्लामा उच्च गतिमा संक्रमण बढेको र अस्पतालहरुमा समेत बेड अभाव भएको हुँदा महासंघले आफ्नै भवनमा ५ बेडको आइसोलेशन कक्ष निर्माण गरेको हो । स्थानीय तहहरुको सहयोगमा निर्माण भएको आइसोलेशन कक्षमा अक्सिजनको समेत व्यवस्था गर्ने तयारी गरिएको महासंघका पाल्पा शाखा अध्यक्ष रेखिराम रानाले जानकारी दिए । विभिन्न स्थानमा घर भई हाल सदरमुकाममा डेरा...

नेपाल टेलिकमकाे लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक!

नेपाल टेलिकमकाे लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक!
काठमाडौँ । नेपाल टेलिकमले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा लागु भएसगैँ  लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक गरेको छ । निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै टेलिकमले उक्त अफर सार्वजनिक गरेको हो । अफर शुक्रबारदेखि एक महिनाका लागि लागु हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । उक्त अफरअन्तर्गत एक महिनाका लागि अनलिमिटेड ‘डे डाटा प्याकेज’ र ‘रिचार्जमा डाटा बोनस’ उपलब्ध हुनेछ । अनलिमिटेड डे डाटा प्याक अफर रु ३९ मा ...

पत्रकारका लागि ५ बेडको आइसोलेशन निर्माण गर्ने महासंघ पाल्पाकाे निर्णय

पत्रकारका लागि ५ बेडको आइसोलेशन निर्माण गर्ने महासंघ पाल्पाकाे निर्णय
तानसेन । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले अग्रपंक्तिमा रही काम गर्ने पत्रकारहरुका लागि ५ बेडको आइसोलेशन तयार गर्ने भएको छ । महासंघको बुधबार बसेको भर्चुअल बैठकले जिल्लामा कृयाशिल पत्रकारलाई कोरोना संक्रमण भएमा उपचारका लागि तानसेनस्थित मेहल्धारामा रहेको आफ्नै भवनमा ५ बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको हो । अक्सिजन सहितको आइसोलेसन निर्माण तथा व्यवस्थापनका लागि शाखा उपाध्यक्ष भरत शर्माको संयोजकत्वमा सचिव यज्ञमूर्ति तिमिल्सिना र कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपाने सदस्...

पाल्पामा बिहिबार थप ५० जनामा कोरोना संक्रमण

पाल्पामा बिहिबार थप ५० जनामा कोरोना संक्रमण
पाल्पा। पाल्पा जिल्लामा बिहिबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाल्पामा १२० जनाको पिसिआर परीक्षणमा ५० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए । कोरोना संक्रमित मध्ये अधिकाँश रैनादेबी छहरा गाउँपालिकाभित्रका रहेका छन् । रैनादेबी छहराका २० जनामा कोरोना संक्रमण देखिएको हो । त्यसैगरी माथागढीका २ जना, रामपुर नगरपालिका तथा अस्पतालका ३ जना, पुर्वखोलाका १ जना, रम्भा गाउँपालिकाका २, बगनासकाली गाउँपालिकाका १ जना,तिनाउ गाउँ...

पत्रकार महासंघ पाल्पा शाखामा नयाँ समितिलाई पद हस्तान्तरण

पत्रकार महासंघ पाल्पा शाखामा नयाँ समितिलाई पद हस्तान्तरण
पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले नव निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको छ । नयाँ समितिको अध्यक्ष रेखीराम रानासहितको कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष राजेशकुमार अर्यालले सामाजिक तथा आर्थिक अनुशासन कायम राख्न नयाँ कार्य समितिलाई शुभकामना दिए । निर्वाचनको कार्यक्रमबाट नयाँ कार्यसमिति आउँदा केही साथीहरु छुटे पनि नयाँ कार्यसमितिले सबैलाई समान व्यवहार गर्दै संस्थागत हितमा काम गर्न अर्यालले अनु...

स्थापना दिवसका अवसरमा पाल्पामा पत्रकार सम्मानित

स्थापना दिवसका अवसरमा पाल्पामा पत्रकार सम्मानित
पाल्पा । नेपाल पत्रकार महासँघको ६६ औं स्थापना दिवसका अवसरमा पाल्पामा दुई पुरस्कार वितरण गरिएको छ । पाल्पा शाखाद्धारा स्थापित राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा सूचना विज्ञ विनयकुमार कसजू (मरणोपरान्त) लाई प्रदान गरिएको छ । लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालको सहयोगमा स्थापित संस्थागततर्फ नेपाल पत्रकार महासंघ पाल्पा शाखालाई प्रदान गरिएको हो कसजूको धर्मपत्नि गंगा कसजूलाई सम्मान प्रदान गरिएको हो । पुरस्कारको रासी ५० हजार नगद रहेको छ । लुम्विनी प्रदेशसभा स...

राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा सूचना विज्ञ विनयकुमार कसजूलाई

राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा सूचना विज्ञ विनयकुमार कसजूलाई
पाल्पा । लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालको सहयोगमा स्थापित राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा सूचना विज्ञ विनयकुमार कसजू (मरणोपरान्त) लाई प्रदान गरिने भएको छ । राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ प्रदान गरिने पत्रकार महाँसघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले बताउनुभएको छ । त्यसैगरी नेपाल पत्रकार महासंघ, पाल्पा (संस्थागत) लाई राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार नगद रु ५००००।–, प्रमाण र दोसल्ला रहेको छ । पुर...

पत्रकार महासंघको चुनाव चैत २५ मा हुने

पत्रकार महासंघको चुनाव चैत २५ मा हुने
काठमाडाैं । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए । महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ । निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार ...

दलित समुदायका पत्रकार बुटवलमा भेला हुँदै महाधिवेशन

दलित समुदायका पत्रकार बुटवलमा भेला हुँदै  महाधिवेशन
बुटवल । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन फागुन २८, २९ र चैत १ गते बुटवलमा हुने भएको छ । सामाजिक तथा राजनैतिक हिसाबले समेत महत्वपूर्ण र सञ्चारमा मोफसलको राजधानीका रुपमा परिचित बुटवलमा देशैभरका ४ सय पत्रकार भेला हुने भएका हुन । संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महाधिवेशनको पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महाधिवेसन उद्घाटन अघि फागुन २८ गते ...