पाल्पामा लम्पी स्किन रोग विरुद्ध खोप लगाउन सुरू

पाल्पामा लम्पी स्किन रोग विरुद्ध खोप लगाउन सुरू
तानसेन। पाल्पाका दुई हजार पशुचौपायामा लम्पी स्किन रोग विरुद्धको खोप लगाउन थालिएको छ । लम्पी स्किन रोगको नियन्त्रणका लागि पशुहरूमा खोप लगाउन सुरु गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गाप्रसाद खनालका अनुसार पाल्पाका लागि प्राप्त दुई हजार खोप विभिन्न स्थानका पशु फर्ममा रहेका गाई,गोरु र भैसीहरुमा लगाउन थालिएको छ । अहिलेसम्म करिव पाँच सयबढी पशुचौपायामा खोप लगाइएको कार्यलय प्रमुख खनालले बताए । जिल्लामा गत फागुन महिनादेखि लम्पी स्किन रोग ...

सव डिभिजन वन कार्यालयद्धारा रामपुर नगरपालिकालाई नर्सरी हस्तान्तरण

सव डिभिजन वन कार्यालयद्धारा रामपुर नगरपालिकालाई नर्सरी हस्तान्तरण
पाल्पा । डिभिजन वन कार्यालय  पाल्पाले रामपुर नगरपालिकालाई विरुवा सहितको नर्सरी हस्तान्तरण गरेको छ । डिभिजन वन कालार्यलय पाल्पाले सव डिभिजन वन कार्यालय रामपुर पाल्पाले तयार पारेको बिरुवासहितको नर्सरी मंगलबार रामपुर नगरपालिकालाई हस्तान्तरण गरेको हो । वन कार्यालयले करिब ३ महिनाको अवधिमा तयार पारेको १४ प्रकारका ३२ हजार ६ सय ४० वटा विरुवा सहितको नर्सरी हस्तान्तरण गरेको हो । वन कार्यालय पाल्पाको एक पालिका एक वन नर्सरी कार्यक्रम अन्तर्गत तयार पारिएको नर्सरी नगरपालिकालाई रेखदेख...

पहिराेले गाेठ बगाउँदा लैनाे भैसी र हलगाेरू मरे

पहिराेले गाेठ बगाउँदा लैनाे भैसी र हलगाेरू मरे
तानसेन। अविरल वर्षासंगै  गएको पहिरोले गोठ बगाउँदा हलगोरुसहितका पशुचौपाया बगाएको छ । मङ्गलबार बिहान पहिरो खसेकाे पहिराेले  रिब्दीकाेट गाउँपालिका वडा नं.–८, फेक लुम्बाँसमा स्थानीय कर्णबहादुर बमरेलको गोठसहित पशुचौपाया बगाएको प्रहरीले जनाएकाे छ । बमरेलकाे गोठमा रहेका एउटा लैनो भैसी, एक हल गोरु र अन्य पशुचौपाया बगाएर मरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बमरेलको एक तले गोठ माथिबाट खसेको पहिरोले गोठमा रहेको पशुचौपाया बगाएर मरेको छ । सोही स्थानका धनबहादुर विकको समेत...

रिब्दीकोटको १३ औं गाउँसभा सम्पन्न

रिब्दीकोटको १३ औं गाउँसभा सम्पन्न
तानसेन। रिब्दीकाेट गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न भएको छ । मंगलबार बसेको सभाको चोथो बैठकले सभाको अन्त्य गरेको हो। सभाबाट आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ५३ करोड ६८ हजारको बजेट पारित गरेको छ । १३ औं गाउँसभामा उपाध्यक्ष कान्ता अधिकारीले प्रस्तुत गरेको बजेटलाई सभाका बैठकमा छलफलपछि पारित गरिएको हो । संघीय सरकार वित्तीय समानीकरण अनुदान ८ करोड ४९ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत ७ करोड ९३ लाख ३६ हजार ४ सय, संघीय सरकारको समपुरक अनुदान ७५ लाख, संघीय सरकार विशेष ...

पाल्पामा बन्याे ‘नाइट ल्याण्डिङ् हेलिप्याड’

पाल्पामा बन्याे ‘नाइट ल्याण्डिङ् हेलिप्याड’
तानसेन। पाल्पाकाे रैनादेवी छहरामा 'नाइट ल्याण्डिङ् हेलिप्याड' निर्माण गरिएको छ । दुर्गम बस्तीका नागरिकहरूलाई जुनसुकै बेला उद्धार गर्न सकिने गरी रैनादेवी छहराको तिलकथानमा 'नाइट ल्याण्डिङ् हेलिप्याड' बनाइएको हो । गत २०७९ पुसदेखि निर्माण भएको हेलिप्याड चार महिनामा तयार भएको नेपाली सेनाले जनाएको छ । तयार भएको नाइट ल्याण्डिङ् हेलिप्याड रैनादेवी छहरा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको मध्यपश्चिम पृतनापति यामप्रसाद ढकालले रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांग...

माथागढीमा समुदायमै सामाजिक सुरक्षा भत्ता वितरण

माथागढीमा समुदायमै सामाजिक सुरक्षा भत्ता वितरण
तानसेन। पाल्पाकाे माथागढी गाउँपालिकाको ग्रामीण वडाको समुदाय स्तरमै गएर सामाजिक भत्ता वितरण गरिएको छ ।  गाउँपालिकाकाे पञ्जिकरणसेवा इकाईको आयोजना तथा नेपाल ईन्भेष्मेन्ट मेघा बैकको समन्वयमा पालिकाका पाँच  वटा वडामा   चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हाे। सामाजिक सुरक्षा भत्ता अन्तर्गतको विनियोजित चौथो त्रैमासिकको २ करोड ९९ लाख १८ हजार ३ सय २० मध्ये मेघा बैंकबाट १ करोड ५२ लाख ५७ हजार तीन सय उनानव्वे रुपैया वितरण गरिएको छ । गाउँपालिकाले ग्रामीण क्षेत्रका स्थ...

तानसेन खानेपानीको तदर्थ समिति

तानसेन खानेपानीको तदर्थ समिति
तानसेन। तानसेन नगरपालिकाले उपभोक्ताहरुबाट तानसेन खानेपानी उपभोक्ता समितिको तदर्थ समिति गठन गरेको छ । केही दिनअघि भएको उपभोक्ताहरूको भेलाबाट निर्णय भएअनुसार तदर्थ समिति गठन गरेको नगरपालिकाले जनाएको छ । उपभोक्ताहरूको भेलाबाट भएको निर्णय अनुसार नगरकार्यपालिकाको बैठकले तानसेन ७ का मोहनप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए । समितिको सदस्यहरूमा राधेश्याम ज्ञवाली, लालमने पुन, सन्तोषकुमार नेपाल, दिलकुमारी शर्मा, दुर्गादे...

पाल्पाका फाँटहरुमा २० औं धान दिवस मनाइयो [फाेटाेसहित]

पाल्पाका फाँटहरुमा २० औं धान दिवस मनाइयो [फाेटाेसहित]
तानसेन। असार १५ लाई मानो रोपेर मुरी उब्जाउने मुख्उ दिन मान्ने गरिन्छ । किसानले यो दिनमा वर्षभरी खानका लागि धान रोपाइँ गर्ने गर्दछन् । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि हरेक वर्ष १५ असारलाई राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर यो दिवस मानउने प्रचलन देशैभर रहको छ ।   पाल्पाका स्थानीय तहहरु तथा कृषि ज्ञान केन्द...

रामपुरमा एक जना पुरूष मृत फेला

रामपुरमा एक जना पुरूष मृत फेला
तानसेन। पाल्पाको रामपुर नगरपालिका–३, चनौलीका ७० वर्षीय नरबहादुर गुरुङ मंगलबार बिहान मृत फेला परेका छन् । प्रहरीका अनुसार गुरुङ आफ्नै घर नजिकै कच्ची सडकको नालीमा मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भुपेन्द्र थापाका अनुसार गुरुङ मृत फेला परेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय रामपुर रप्रहरी चौकी केलादीबाट अनुसन्धानको टोली खटाइएको छ ।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।

रिब्दीकोट गाउँपालिकाको बजेट ५३ करोड

रिब्दीकोट गाउँपालिकाको बजेट ५३ करोड
तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ६८ हजार रुपैयाँको सार्वजनिक गरेको छ । १३ औं गाउँसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम अनुसार दोस्रो बैठकमा पालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले पुँजीगत २३ करोड ५६ लाख ६४ हजार र चालुतर्फ २९ करोड ४४ लाख ४ हजार खर्च बराबरको बजेट प्रस्तुत गरेकी हुन् । संघीय सरकार वित्तीय समानीकरण अनुदान ८ करोड ४९ लाख, राजस्व बाँडफाँडमार्फत ७ करोड ९३ लाख ३६ हजार ४ सय, समपूरक अनुदान ७५ लाख, विशेष अनुदान १ करोड, ससर्त अनुदान...