घाँस खेतीबाट आम्दानी गर्न थालेपछि महिलाहरु उत्साहित

घाँस खेतीबाट आम्दानी गर्न थालेपछि महिलाहरु उत्साहित
पाल्पा । तानसेन नगरपालिकाभित्रका महिलाहरुले घाँस खेतीबाट प्रशस्त आम्दानी हुने भएपछि यहाँका महिलाहरु व्यावसायिक रुपमा घाँस खेतीतर्फ लागिपरेका हुन । तानसेन नगरपालिका–५ अर्चलेका महिलाहरुले सामुहिक तथा नीजि रुपमा व्यावसायिक रुपमा घाँस खेती गरी १५ हजार देखि २५ हजार सम्म आम्दानी गर्न थालेपछि उत्साहित भएका हुन । तानसेन–५ अर्चलेकी मीना सोमैले झण्डै आठ रोपनीमा सुपर नेपिर र मुलाटो घाँस खेतीबाट पहिला वर्ष नै २० हजार आम्दानी गर्न पाउँदा खुसी लागेको बताइन । घाँस खेतीबाट आम्दानी हुने भए...

अभद्र व्यवहार गर्ने तीन जना रामपुरदेखि पक्राउ, चार जना फरार

अभद्र व्यवहार गर्ने तीन जना रामपुरदेखि पक्राउ, चार जना फरार
तानसेन । रामपुर नगरपालिका वडा नं. १ मा भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा रुपन्देहीको देवदह नगरपालिका ५ बस्ने कर्ण बहादुर पुनको २४ वर्षीय छोरा विक्रम पुन, सोही स्थानका जुद्द बहादुर गुरुङको २४ वर्षीय छोरा मन बहादुर गुरुङ र पाल्पा, रामपुर नगरपालिका वडा नं. ५ बस्ने कमल राज बंशीको २० वर्षीय छोरा गौरव बंशी रहेको प्रहरीले जनाएको छ । यस्तै अभद्र व्यवहार गर्ने अन्य चार जना भने फरार रहेको जिल्ला प्रहर...

उत्पीडित जातीय मुक्ति समाज रामपुर नगर कमिटीको प्रथम बैठक सम्पन्न

उत्पीडित जातीय मुक्ति समाज रामपुर नगर कमिटीको प्रथम बैठक सम्पन्न
रामपुर ।नेपाल उत्पीडित जातीय मुक्ति समाज रामपुर नगर कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। नेपाल उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष डिल बहादुर कौशीको अध्यक्षता र नेकपा एमाले केन्द्रिय सदस्य एंव पुर्व भुमिसुधार मन्त्री माननीय संघीय सांसद दल बहादुर रानाको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । सदियौदेखि पिछडिएका कथित दलित समुदायका उत्थानका लागि र गरिब सर्बहारा वर्गको हितका निम्ति बैठकमा छलफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय दल बहादुर रानाले समाजका टोल/...

माथागढीमा २२ जनालाई तीन दिने आधारशिला तालिम

माथागढीमा २२ जनालाई तीन दिने आधारशिला तालिम
माथागढी। माथागढी गाउँपालिकामा तीन दिने आधारशिला तालिम सम्पन्न भएको छ । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तरगत बेस नेपाल पाल्पाको आयोजना तथा माथागढी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा संचालित तालिम आइतबार सम्पन्न भएको हो । 'भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ ' भन्ने मुलनाराका साथ सुरु भएको तालिममा पालिका भित्रका २२ जना सहभागी भएका थिए । जीवन परिवर्तन र सकारात्मक सोच पैदा गर्न तथा सहभागिता मुलक स्वसमिक्षा तथा योजना तर्जुमाको महत्व ...

डेड्गुका कारण रम्भा एकका वडा सदस्यको मृत्यु

डेड्गुका कारण रम्भा एकका वडा सदस्यको मृत्यु
तानसेन। पाल्पामा डेङ्गुका कारण जनप्रतिनिधिको मृत्यु भएको छ । रम्भा गाउँपालिका वडा नं.१ का वडा सदस्य हुम बहादुर सिंजालीको डेङ्गुका कारण मृत्यु भएको रम्भा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । सिंजालीलाई आइतबारदेखि स्वास्थ्यमा समस्या देखिएरपछि उपचारका क्रममा तानसेनको युनाइटेड मिसन असपतालपछि मंगलबार बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताल क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिए । मंगलबार दिउसो डेड्गु संक्रमण भएको र उपचारका क्रममा बेल...

नेपाल उत्पीडित जातीय मुक्ती समाज रामपुरको भेला तथा अधिवेशन सम्पन्न

नेपाल उत्पीडित जातीय मुक्ती समाज रामपुरको भेला तथा अधिवेशन सम्पन्न
रामपुर । नेपाल उत्पीडित जातीय मुक्ति समाज रामपुर नगरपालिकाको कार्यकर्ता भेला तथा प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज टीका सुनारको अध्यक्षता र नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय सचिवालय सदस्री एंव लुम्बिनी प्रदेश कमिटी सह संयोजक ठाकुर प्रसाद लुहागुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। देशका अधिकांश भुभाग ओगटेका कथित दलित समुदायको हक अधिकार सुनिश्चित गर्न र सदियौदेखि दमन, शोषण, तिरस्कार,...

एमाले रामपुर नगर कमिटीको बैठक सम्पन्न

एमाले रामपुर नगर कमिटीको बैठक सम्पन्न
रामपुर । नेकपा एमाले रामपुर नगर कमिटीको बैठक सम्पन्न भएके छ । नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष राजेन्द्र प्रसाद लम्सालको अध्यक्षतामा बसेको बैडकमा पूर्व मन्त्री तथा संघीय सांसद दल बहादुर रानाको उपस्थिीमा विषेश छलफल भएको नगर कमिटीले जनाएको छ । बैठकमा रामपुर नगरपालिका भित्रका १० वटै वडाको रिपोर्टिङसंगै आगामी दिनमा पार्टीका हरेक तहका नेतादेखि कार्यकर्ताहरुले एकता, समन्वय र सहकार्य गर्दै देशका गाउँ गाउँ र बस्ती बस्तीका समस्या बुझी त्यसप्रतिको समाधानका लागि एकजुट हुने व...

रामपुरमा एक पुरुष मृत फेला

रामपुरमा एक पुरुष मृत फेला
तानसेन । पाल्पाको रामपुरमा एक पुरुष मृत फेला परेका छन् । रामपुर नगरपालिका वडा नं.–६ तिलकपुरका ४५ वर्षीय खग बहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ । कुमाल चिप्लेढुंगास्थित रहको आफ्नै खेतमा पानी लगाउने कुलोको बाँधमा शुक्रबार बिहान बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । खग बहादुरका १७ वर्षीय छोरा सुजन कुमालले बिहान बजे खेतमा पानी लगाउन जाने क्रममा बाबुलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले ...

नेपाली कांग्रेस १४ औं महाधिवेशन पाल्पामा के-के भयाे ?

नेपाली कांग्रेस १४ औं महाधिवेशन पाल्पामा के-के भयाे ?
तानसेन । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पाका नौ स्थानीय तहमा काँग्रेस पदाधिकारी चयन भएका छन् भने एक स्थानीय तहमा निर्वाचन स्थगित भएको छ । दश स्थानीय तह रहेको पाल्पामा सात वटा स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदा दुई  पालिकामा निर्वाचन भएको हो । नेपाली काँग्रेस निस्दी गाउँपालिकाको सभापतीमा पूर्ण बहादुर खाँड, पूर्वखोलामा बिष्णु आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दिपक थापा, तिनाउँमा प्रेम पाण्डे, बगनासकालीमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहर...

नेपाली कांग्रेस तानसेन नगरमा निर्वाचन स्थगित

नेपाली कांग्रेस तानसेन नगरमा निर्वाचन स्थगित
तानसेन । नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्तगत शनिबार भएको पालिका स्तरको अधिवेशनमा तानसेन नगर कमिटी भने चयन हुन सकेको छैन् । शनिबार नयाँ कमिटी चयनको प्रयास भए पनि सभापतीमा दुई जनाको दावी रहेको हुँदा नयाँ समिति बन्न नसकेको हो । सभापतीमा सहमती गर्ने प्रयास असफल भएपछि आज अधिबेशन मात्र गरेर निर्वाचन स्थगन गरिएको नेपाली कांग्रेस तानसेन नगर सचिव लक्ष्मण खड्काले बताए । नगर सभापतीमा व्यवसायी मोहन श्रेष्ठ र सुवर्णमुनी शाक्यको दावी रहेका कारण सहमती हुन नसकेको हो । सकभर सह...