पाल्पामा डेंगु संक्रमण बढेपछि खोज र नष्ट अभियान
तानसेन। पाल्पामा डेंगु संक्रमण बढेपछि नियन्त्रणका लागि खोज र नष्ट अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय, तानसेन नगरपालिका र नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको संयुक्त पहलमा अभियान सुरु भएको हो ।
अभियानको पहिलो चरणमा तानसेन नगरभित्र सञ्चालित ग्यारेज, कबाडी संकलन गर्ने स्थल, वर्कसपलगायतका स्थानमा स्वास्थ्यकर्मीसहितको टोली पुगेर लामखुट्टेको लार्भा भएका पानीहरु फाल्न लगाउने, सचेतना जगाउने जस्ता कार्य गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
अभियानलाई नगरभित्रका सबै ...