एकै दिन ५७ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ९१ पुग्यो

एकै दिन ५७ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ९१ पुग्यो
पाल्पा। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा ३९, रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जनामा संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमित सबै पुरुष रहेको र सबैको स्वास्थय अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ।

रुपन्देहीमा ६, कपिलवस्तुमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि

रुपन्देहीमा ६, कपिलवस्तुमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं। नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रुपन्देहीमा ६, कपिलवस्तुमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबारै सप्तरीमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार साँझ थप १३ जनामा पुष्टि भएपछि नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको...

कपिलवस्तुमा थप १० जनामा देखियो कोरोना पोजेटिभ, नेपालमा संक्रमितको संख्या १ सय २० पुग्यो

कपिलवस्तुमा थप १० जनामा देखियो कोरोना पोजेटिभ, नेपालमा संक्रमितको संख्या १ सय २० पुग्यो
पाल्पा। कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तु यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन्। उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन्। एक जना पुरुषको भने उमेर खुलेको छैन। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ स्रक्रमितहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन्। यससँगै नेप...

२४ घण्टामा १३ सय जनाको पीसीआर परीक्षण, थपिएनन् नयाँ संक्रमित

२४ घण्टामा १३ सय जनाको पीसीआर परीक्षण, थपिएनन् नयाँ संक्रमित
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३१६ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै हालसम्म नेपालमा ७३ हजार ५५५ जनाको कोरोना परीक्षण भएको छ। पीसीआरबाट १६ हजार ८९८ र आरडिटीबाट ५६ हजार ५५० को परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। हालसम्म क्वारेन्टाइनमा १३ हजार ६२५ र आइसोलेसनमा १६४ जना छन्। ३४ हजार २५७ ले स्वमूल्याङ्कनमार्फत कोरोना जाँच गरेको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा १...

उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ११० पुग्यो

उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ११० पुग्यो
काठमाडौं। उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको...

नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुग्यो, थप ७ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुग्यो, थप ७ जनामा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उदपयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७, १८ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विर...

नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि

नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि
काठमाडौं। नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित नेपालगञ्जका १६ वर्षिय पुरुष हुन्। भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा ति पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ। तीमध्ये ३० जना निको भएर घर फर्किएका छन्।

कपिलवस्तुमा २ पुरुषमा कोरोना संक्रमण

कपिलवस्तुमा २ पुरुषमा कोरोना संक्रमण
पाल्पा । बिहीबार दुई जना कोरोना संक्रमित भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र दुवै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ। तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् ।

वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण

वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण
काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९९ पुगेको छ। बुधबार एकैदिन थप १७ जना कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ९९ पुगेको हो। उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा वीरगञ्जका १७ जनाको रिपोर्ट पोजिटभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन्। बीरगञ्जमा आज बुधबार थपिएका १७ जनालाई उपचारका लागि नारायणी...

रुपन्देहीका संक्रमित युवकको सम्पर्कमा आएका थप १४ जनाको रिपोर्ट पनि नेगेटिभ

रुपन्देहीका संक्रमित युवकको सम्पर्कमा आएका थप १४ जनाको रिपोर्ट पनि नेगेटिभ
बुटवल। रुपन्देहीको कोटहीमाई –१ का कोरोना संक्रमित युवकसंग सम्पर्कमा आएका थप १४ जनामा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। संक्रमित युवकसंग सम्पर्क भएका उनको ससुरालीका परिवार र उनले खाना खाएको ठाउँका १४ जनामा परिएको पीसीआर टेष्ट रिपोर्ट बुधबार नेगेटिभ आएको अनलाइन खबरमा उल्लेख छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले अनलाइन खबरलाई दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा मंगलबार पठाईएको १४ जनाकै रिपोर्ट नेगेटिभ आएक...