पत्रकार महासंघ पाल्पाकाे प्रवाह बुलेटिन सार्वजनिक

पत्रकार महासंघ पाल्पाकाे प्रवाह बुलेटिन सार्वजनिक
तानसेन। नेपाल पत्रकार महासंघ पाल्पाद्धारा प्रकाशित प्रवाह बुलेटिन सार्वजनिक गरिएको छ । शुक्रबार जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, वरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघका अध्यक्ष रेखीराम रानालगायतले बुलेटिन सार्वजनिक गरेका हुन् । बुलेटिन सार्वजनिक गर्दै  जिल्ला समन्वय समितिका प्रमुख खनालले  पत्रकार महासंघ पाल्पाले समय –समयमा रचनात्मक कामहरु गर्दै आएकोमा प्रशंसा गरे । उनले  सामाजिक विषयवस्तुमा खवरदारी, निगरानी गर्दै  प्रवाह बुलेटिनको माध्यमबाट  महासंघ तथ...

प्रेस युनियन पाल्पाको साधारणसभा

प्रेस युनियन पाल्पाको साधारणसभा
रामपुर। नेपाल प्रेस युनियन जिल्ला शाखा पाल्पाको वार्षिक साधारण सभा शनिबार रामपुरमा सम्पन्न भएको छ । रामपुर नगरपालिका ६ ज्याग्दी बृहत पार्कमा वनभोज कार्यक्रम सहित वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाको उट्घाटन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस स्वतन्त्रता लोकतन्त्रको सुन्दर गहना भए पनि प्रेसमाथि नै पछिल्लो समय हस्तक्षेप बढ्दै गएको भन्दै यसले लोकतन्त्र माथि नै खतरा खतराको संकेत देखाएको बताए । उनले प्रेस स्वतन्त्रताका लागि फेरि एकजुट ...

‘माथिल्लो तहमा पुगेकाले जे गरेपनि हुन्छ भन्ने गलत सावित भो’ सञ्चार मन्त्री शर्मा

‘माथिल्लो तहमा पुगेकाले जे गरेपनि हुन्छ भन्ने गलत सावित भो’ सञ्चार मन्त्री शर्मा
तानसेन। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको बताएकी छन् । उनले जनतालाई केन्द्रमा राखेर सरकारी सेवा प्रवाह गर्ने काममा क्रमिक रुपमा सुधार आएको बताइन् । शुक्रबार पाल्पाको तानसेस्थित सामुदायिक रेडियो मदनपोखराको पच्चिसौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले भनिन, ‘प्रचण्ड नेतृत्वको सरकारले माथिल्लो तहमा पुगेका मानिसले जे पनि गर्न सक्छ भन्ने कुरालाई गलत सावित गरेको र गल्ती गर्ने...

सञ्चार मन्त्री शर्मा पाल्पा आउँदै

सञ्चार मन्त्री शर्मा पाल्पा आउँदै
तानसेन। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा शुक्रबार पाल्पा आउने भएकी छन् । सामुदायिक रेडियो मदनपोखराको रजत जयन्ती समारोहलाई सम्बोधन गर्न उनी पाल्पा आउने भएकी हुन् । यस्तै पाल्पा जिल्लामा नेपाल टेलिकमको सेवा प्रवाह तथा सञ्चार सेवाका विषयमासमेत उनले सरोकारवालासंग छलफल गर्ने कार्यक्रम रहेको छ । सञ्चारमन्त्री शर्माले शुक्रबार नै ऐतिहासिक पर्यटकीय स्थल रानीमहलको अवलोकन गर्ने कार्यक्रम रहेको छ । यस्तै २४ गते शनिवार पत्रकार भेटघाट तथा नेपाल टेलिकिम र रेडियो नेपाल अ...

फेसबुक, म्यासेन्जर र इन्स्टाग्रामा केहीबेर समस्या

फेसबुक, म्यासेन्जर र इन्स्टाग्रामा केहीबेर समस्या
तानसेन। मंगलबार बेलुका मेटाद्वारा सञ्चालित सामाजिक सञ्जालहरुमा एकसाथ समस्या देखिएको छ । राति ९ बजेदेखि करिब एक घण्टा मेटाद्धारा संचालित फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम र समस्या देखिएको हो । सो समयमा तीन वटै सामाजिक सञ्जालका एकाउन्टहरु लग आउट भएर लगइन हुन नसक्ने समस्या देखा परेको थियो। एक्कासी देखिएको समस्याका कारण नेपालका प्रयोगकर्ताले अन्य सामाजिक सञ्जाल र मोबाइल फोनबाट एकअर्कामा चासो गरेका थिए । डाउन डिटेक्टरमा रिपोर्टहरु सतहमा आउन थालेसँगै लोड भइरहेको देखिएको थिएन ...

प्रतिबन्ध हटाउन टिकटकले सरकारलाई पठायो पत्र

प्रतिबन्ध हटाउन टिकटकले सरकारलाई पठायो पत्र
काठमाडाैं।  टिकटकले नेपाल सरकारलाई पुनः पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाई प्रतिबन्ध हटाउन आग्रह गरेको हो । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले फेरी पत्र लेख्दै टिकटकले पाँच वटा बुदामा प्रतिबद्धता जनाएको छ । पत्रमा टिकटकले नेपालले उठाउँदै आएका सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । आफ्नो प्लेटफर्ममा भएका कुनै पनि कन्टेन्...

चौतारीको साधारणसभा सम्पन्न

चौतारीको साधारणसभा सम्पन्न
तानसेन। प्रेस चौतारी नेपाल पाल्पा शाखाको साधारणसभा रामपुरमा समपन्न भएको छ । सधाराणसभाको समुद्घाटन गर्दै संस्थाका महासचिव हिरामान लामाले पत्रकार महासंघले थालेको शुद्धिकरण अभियानलाई आस्थाको आधारमा गरिएको शुद्धिकरण अमान्य हुने बताए। उनले उस्तै प्रकृतिका पत्रकारलाई राख्ने ,गोप्पे रुपमा उजुरी दिने जस्ता कामले विश्वासको अभाव भएको बताए । उनले हालको महासंघ पत्रकारको हितमा नभएको दावी गरे । कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले संचार क्षेत्रले लोकतन्त्र वहाली...

२० औं स्थापना दिवसमा दीप प्रज्वलन

२० औं स्थापना दिवसमा दीप प्रज्वलन
तानसेन। प्रेस सेन्टर नेपाल पाल्पा शाखाले २० औँ स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ। स्थापना दिवसको अवसरमा तानसेनको सितलपाटी दीप प्रज्वलन गरी दिवस मनाएको संस्थाले जनाएको हो। कार्यक्रममा शुभकामना दिँदै नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले कृष्णसेन लगायतका महान सहिदको त्याग र तपस्याले बनेको संगठनले समाजमा लगेका र पछि परेका समुदायको विषय उठानलाई जोड दिनुपर्ने बताए । उनले पछिल्लो समय पत्रकारितामा देखिएको सतहिपनले गर्दा समाज रुपान्तरण हुन नसक्ने भन्दै...

अफवाह फैलाउने युट्युवसहित थप १८ मिडियालाई कारबाही

अफवाह फैलाउने युट्युवसहित थप १८ मिडियालाई कारबाही
काठमाडौं।प्रेस काउन्सिल नेपालले दर्ता-सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, सित पार्ने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण भइ आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो । मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युव च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धा...

प्रेस युनियनद्वारा १५ विभाग गठन, आचारसंहिता कार्यान्वयन संयोजकमा अर्याल

प्रेस युनियनद्वारा १५ विभाग गठन, आचारसंहिता कार्यान्वयन संयोजकमा अर्याल
पाल्पा।  नेपाल प्रेस युनियनले १५ वटा विभाग गठन गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोकेका हुन् । प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन– २०७९) परिच्छेद ४, धारा २८ बमोजिम नेपाल प्रेस युनियनका १५ वटा विभिन्न विभागहरू गठन गरिएको हो ।   प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के.सी.ले अनुशासन विभागको जिम्मेवारी पाएका छन् । त्यसैगरी, उपाध्यक्षहरु नकुल अर्यालले प्रशिक्षण, भीष्मराज ओझाले समन्वय, दिपेन्द्र बान्त...