निस्दीमा आठ दिने महोत्सव हुदैँ
तानसेन। पाल्पाको निस्दी गाउँपालिकामा चैतको अन्तिम सातादेखि दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव हुने भएको छ । स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्धन तथा गाउँपालिकाको पहिचानका लागि चैत २६ देखि २०८१ वैशाख ३ गतेसम्म दोस्रो महोत्सव हुने भएको हो।
‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ नारासाथ निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा पालिकाको केन्द्र रहेको मित्यालमा महोत्सव सञ्चालन गर्न लागिएक...