पाल्पा जेसिजद्धारा बालबालिकालाई खाद्यान्न सहयोग
तानसेन। पाल्पा जेसिजले बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । प्रजातन्त्र दिवसको अवसरमा तानसेनस्थित म्याहालधारामा रहेको पाल्पा सिविआरका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरिएको हो।
उक्त संस्थाले दाल, चामल, आलु तरकारी नुन तेल मसला तथा विभिन्न किसिमका ड्राई खाजाहरु प्रदान गरेको जनाएकाे छ। बुधबार जेसिजका पदाधिकारीहरु सिविआरमै पुगेर खाद्यान्न सहयोग गरेका हुन् ।
खाद्यान्न सहयोग गर्दै जेसिज पाल्पाका संस्थापक अध्यक्ष जेसी छत्रराज शाक्यले मानवताको सेवा जीवनको सर्वोत्तम कार्य ह...







