वडाको विकासका सम्वन्धमा ७ प्रश्न
१. वडामा सडकको पहुँच विस्तारमा कस्ता काम गर्नुभएको छ ?
सडकको पहुँच विस्तारका लागि मुख्य प्राथमिकतामा राखिएका तीन सडकको स्तरोन्नति गरी बस चल्न सक्ने बनाइएको छ । अगाखोला–चिदीपानी–यामकुना–फेदी–झडेवा, बिरौटा–धैरेनी–रुमलडाँडा–बिहादी–अगाहाखोला, जाउपोखरा–बुढीकोट–बधवारी वडाका प्रमुख सडक हुन । यसका साथै, दोहोरा–बाहाखोक–भुटुके–खुमडाँडा सडक पनि स्तरोन्नति गरिएको छ । यी मुख्य सडकबाहेक शाखा र टोलका बाटाहरू पनि निर्माण गरिएको छ । सडकको पहुँचलाई सहज बनाउन विभिन्न ठाउँमा पुल र कल्भर्ट पनि ब...







