रामचन्द्र नेपाल
पाल्प । पारिवारीक निजी बन संघ पाल्पा शाखाको आयोजनामा जलवायु उत्थानशीलताको लागि तीन दिने क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी तानसेनमा सुरु भएको छ । कार्यशालाको उद्घाटन गर्दै पारिवारीक निजी बन संघ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरीले सरकारले आफ्ना निजी तथा कार्यक्रमहरुमा पारिवारीक निजी बनलाई समेटेर लैजानु पर्ने बताए ।
अहिले देशभरीका पालिकाहरुले बजेट बनाईरहेका छन त्यसमा पारिवारीक निजी बन नसम्ट्ने हो भने त्यो अधुरो नै रहने उनको भनाई छ । कार्यक्रममा पारिवारीक निजी बनका संस्थापक पाल्पा जिल्ला अध्यक्ष एकप्रसाद भण्डारीले आफूहरुले पारिवारीक निजी बनाउन जिल्लामा खेलेको भूमिकाको बारेमा चर्चा गर्दै मानिसहरुलाई बनको वारेमा वुझाउदा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको बताए ।
कार्यक्रममा सामुदायिक बन महासंघका(फेकोफन) लुम्विनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले सामुदायिक बन महासंघ र निजी बनले किसानहरुको आर्थिक आयआर्जनको लागि काम गरिरहेको बताए । यसैगरी कार्यक्रममा सामुदायिक बन तानसेन नगर अध्यक्ष भवानी गौतमले तानसेनमा पहिलेको तुलनामा सामुदायिक बनहरुको राम्रो सँग विस्तार भैरहेको र आउदा दिनहरुमा योजना बनाएर अघि वढने बताए ।
पारिवारीक निजी बन संघ पाल्पाका अध्यक्ष प्रेम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सदस्य यादवराज शर्माले गरेका थिए । कार्यक्रममा प्रशिक्षक सुवासचन्द्र देवकोटाले सामुदायिक बन र पारीवारिक वनको फरक, वर्तमान अवस्थामा जलवायू परिवर्तनले पारेको असर, नेपालमा बनको अवस्थाको वारेमा सहजीकरण गरेका थिए । तालिममा पाल्पा जिल्लाका दशबटै स्थानीय तहका बन सम्वन्धी सरोकारवालाहरुको ३३ जनाको सहभागिता रहेको छ ।





















