पाल्पाबाट एसईईमा ६ जनाले ल्याए ४ जीपीए

तानसेन। पाल्पा जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागीमध्ये ६ जनाले ४ जीपीए ल्याउन सफल भएका छन् । पाल्पाबाट कुल तीन् हजार ७ सय २० जना सहभागी भएकोमा दुई छात्रा र दुई छात्रले ४ जीपीए ल्याएका हुन् ।

शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ को एसईईको नतिजा अनुसार जिल्लाको तीन सामुदायिक विद्यालयका र एक नीजि विद्यालयले ४ जीपीए ल्याउन सफल भएको हो । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर बाट दुई जना, देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय तानसेनबाट एक जना र न्यू होराईजन सेकेण्डरी स्कुल तानसेनबाट तीन जनाले चार जीपीए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।

रामतुलसी नमुना माविबाट विविशा घिमिरे र अनुजा श्रेष्ठले चार जीपीए ल्याउँदा देववाणी देववाणी संस्कृत तथा साधारण मावि बाट शुलभ भट्टराई, न्यू होराईजन मावि सेकेण्डरी स्कुलबाट निश्चल भण्डारी, कामना राना र दिया कार्की चार जीपीए ल्याउन सफल भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका बोम बहादुर थापाका १ सय ३९ विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थी मध्ये ६० दशमलव ४५ प्रतिशतले ग्रेड पुरा गरेका छन् ।

नियमित साधारणतर्फ ५९ दशमलव ९३ प्रतिशत र प्राविधिक तर्फ ६८ दशमलव ४२ प्रतिशत विद्यार्थीले ग्रेड पुरा गरेको थापाले बताए। नतिजा अनुसार साधारण तर्फ चार जीपीए ल्याउने विद्यार्थी ६ जना, ३.६१ देखि ४ जीपीए ल्याउने २३२ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५१ जना, २.८१ देखि ३.२० ल्याउने ७५३ जना, २.४१ देखि २.८० जीपीए ल्याउने ५३८ जना, २.०१ देखि २.४० जीपीए ल्याउने २० जना, १.६० देखि २.० ल्याउने शुन्य र १.६० जीपीए भन्दा कम ल्याउने विद्यार्थी संख्या एक हजार ४ सय ४ रहेको छ ।

प्राविधिकतर्फ चार जीपीए ल्याउने विद्यार्थी शुन्य, ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६२ जना, २.८१ देखि ३.२० ल्याउने ६१ जना, २.४१ देखि २.८० जीपीए ल्याउने १५ जना र १.६० जीपीए भन्दा कम ल्याउने विद्यार्थी संख्या ७२ जना रहेको छ ।

तपाईको प्रतिक्रिया