तानसेन। रिब्दीकोट गाउँपालिकाले वडा सचिव र कम्प्युटर अपरेटरलाई क्षमता विकास तालिम प्रदान गरेको छ । साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता वितरणमा बायोम्याट्रिक प्रणाली लागू हुने भएपछि सबै वडाका सचिव एवं कम्प्युटर अपरेटरलाई एक दिने तालिम प्रदान गरिएको हो ।
तालिमको उद्घाटन गर्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले नागरिकलाई सेवा दिने विषय प्रमुख भएका कारण क्षमता विकास गरेर सेवालाई प्रभावकारी बनाउन सबै कर्मचारीलाई आग्रह गरे । अध्यक्ष कार्कीले पालिकाले नागरिकमैत्री सेवालाई डिजिटल माध्यमबाट थप प्रभावकारी बनाउने प्रयत्न गर्दै आएको जनाउँदै सिकेको सीपलाई बाट नागरिकलाई सहज र सरल तरिकाले सेवा प्रवाहमा लागू गर्न निर्देशन दिए।
तालिममा गाउापालिकाकी उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल, पालिकाका प्रवक्ता प्रकास रायमाझी, वडा नं. २ का अध्यक्ष, ओमप्रसाद पोखरेल, वडा नं. ७ का अध्यक्ष दानबहादुर कुवंरलगायतले नागरिकलाई श्रावण १ गतेदेखि सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीहरुको राष्ट्रिय परिचयपत्र अनिवार्य भएको र भत्ता नविकरण बायोमेट्रिक प्रणालीबाट हुने विषयमा सबै सबै सेवाग्राहीलाई जानकारी दिने तथा सेवाग्राहीलाई सहज रुपले नवीकरण र आवश्यक कामका सहजीकरण गर्न कर्मचारीलाई अनुरोध गरेका थिए ।
तालिमका सहभागीलाई आइटी शाखा प्रमुख सुदीप पौडेलले बायोमेट्रिक मेसिनको जडा प्रयो र समग्र प्रणालीको बारेमा जानकारी दिएका थिए । तालिम पालिकाका प्रशासन शाखा प्रमुख रुकलाल भट््टराईको संचालनमा सम्पन्न भएको थियो ।





















