पाल्पा। तानसेनको टुँडिखेलमा संचालित दोस्रो रणउजिरेश्वरी कप अन्तरगत महिला भलिबलतर्फको लिग चरणको खेल सक्किएको छ। शुक्रबार सम्पन्न श्रीनगर भलिबल क्लब र कानुङ्ग मगर भलिबल क्लबबीचको खेलमा २-० को सोझो सेटमा कानुङ्ग मगर भलिबल क्लबले जित हात पारेको छ ।
योसंगै शनिबार हुने सेमिफाइनल खेलका लागि चार टिम छनोट भएका छन् भने, आयोजन श्रीनगर भलिबल क्बल बाहिरिएको छ । सेमिफाइनलका लागि चण्डेश्वरी भलिबल क्लब रिब्दीकोट, न्यू होराइजन क्लब तानसेन, कानुङ्ग मगर भलिबल क्लब र निस्दी भलिबल क्लब छनोट भएको श्रीनगर भलिबल क्लबकी उपाध्यक्ष विपना रानाले जानकारी दिइन् ।
प्रतियोगितामा प्रथम हुने समूहले ३० हजार, द्धितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुनेले ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।





















