तानसेन। दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिताको उपाधि पाल्पा जिल्ला भलिबल संघले चुमेको छ । श्रीनगर भलिबल क्लबको आयोजनामा गत साउन २९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेलमा फ्रेन्स फरइभर टोकियो जापान भलिबल क्लबलाई ३–२ सेटले पराजित गरेको हो ।
पाल्पा भलिबल क्लबले २५–१७, २२–२५, २६–२८, २५–२१ र १३–१५ को सेटमा टोकियो जापान भलिबल क्लबलाई पराजित गरेको हो । उपाधि जितेसंगै जिल्ला भलिबल संघ पाल्पाले नगद एक लाख ७५ हजार, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता फरइभर टोकियो जापान भलिबल क्लबले नगद १ लाख २५ हजार ट्रफी र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जिएम समाज नवलपुरलाई ३–१ ले पछि पार्दै तेस्रो भएको छ । मणिमुकुन्दले २८–२६, २५–१४, २१–२५ र २५–१६ को सेटमा नवलपुरलाई पछि पारेको हो । तेस्रो भएसंगै ६० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्तवना भएको नवलपुरले ३० हजार नगद ट्रफी र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ५ टिमको सहभागिता रहेको थियो । विद्यागततर्फ उत्कृष्ट खेलाडी हिमाल सुनारी, बेष्ट सर्भर अशोक श्रेष्ठ, डिफेन्सतर्फ राजन दर्लामी, ब्लकर लोचन आले, सेटरमा दिपेश कुँवर, स्पाइकर सञ्जुविक्रम शाह भएको श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण आलेले जानकारी दिए ।
महिलातर्फ निस्दी भलिबल क्लबलाई ३–० को सेटमा पछि पादै चण्डेश्वरी युवा क्लब रिब्दीकोट–६, ठिमुरे पहिलो भएको छ । उसले २५–१३, २५–२० र २५–२३ को सेटमा पछि पार्दै पहिलो भएको हो । पहिलो भएसंगै चण्डेश्वरीले ३० हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । दोस्रो भएको निस्दीले नगद २० हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । महिलातर्फ तेस्रो भएको कानुङ्ग भलिबल क्लब पाल्पाले ३–० को सेटमा न्यु होराइजन भलिबल क्लब तानसेनलाई पछि पार्दै तेस्रो भएको छ ।
तेस्रो हुने कानुङ्ग भलिबल क्लबले १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाए भने सान्त्वना भएको न्यूहोराइजन हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने क्वलबी उपाध्यक्ष विपना रानाले जानकारी दिइन् । विद्यागत महिलातर्फ उत्कृष्ट खेलाडी अनिसा रोका, डिफेन्समा रस्मिता गुरुङ, ब्लकर लोकमाया बयम्बु, सेटरमा प्रतिभा चौधरी, स्पाइकर सोइँ थापा र सर्भरमा रिचा गाहा भएका छन् ।
विजेता टिम तथा खेलाडीलाई लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु, श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण बहादुर आले लगायतले नगद पुरस्कार, ट्रफि, प्रमाणपत्र वितरण गरे।
पुरस्कार वितरण गर्दै स्वास्थ्यमन्त्री सारुले देश तथा विदेशमा नाम राख्ने खेलकुदको माध्यम भएकाले तल्लो तहबाटै खेलकुदलाई प्राथमिकता दिएर अघि बढाउनुपर्नेमा बताए ।





















